site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विपन्नलाई खाद्यान्न व्यवस्थापन रकम विनियोजन
Sarbottam CementSarbottam Cement


बागलुङ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका म्याग्दीका विपन्नलाई खाद्यान्नको व्यवस्थापन गर्न रु १२ लाख विनियोजन भएको छ । जिल्ला समन्वय समितिले कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न र मजदूर वर्गलाई खाद्यान्नको व्यवस्था मिलाउन बजेट विनियोजन गरेको हो । 

जिसस म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले बैठकले वडा र पालिकाको सिफारिसमा जिल्ला विपद् व्यवस्थापन समितिसँगको सहकार्यमा रोजगारी गुमेपछि बिहान बेलुकी हात मुख जोर्न नसक्नेहरुलाई खाद्यान्नको व्यवस्था मिलाउने जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

बेनी नगरपालिका, धवलागिरि, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विपन्नलाई खाद्यान्न व्यवस्थापनका लागि जिससको कोषबाट रु दुई/दुई लाखका दरले एकमुष्ठ रु १२ लाख विनियोजन गरेको जिसस प्रमुख केसीले बताए  । 

उनका अनुसार बेनी अस्पतालमा कोरोनाका बिरामीको उपचार, क्वारेन्टाइन र आइसोलेसनका लागि आवश्यक औजार, औषधि, सामग्री खरिद तथा व्यवस्थापन गर्न रु तीन लाख विनियोजन भएको छ ।

Global Ime bank

“लकडाउन लम्बिदै जाँदा दैनिक श्रम गरेर परिवार पाल्ने मजदुर वर्गलाई पर्ने समस्या सम्बोधन गर्न बजेट विनियोजन गरिएको हो, जिसस प्रमुख केसीले भने, “जिल्ला विपद् व्यवस्थापन समितिसँगको सहकार्यमा समस्यामा परेका घरधुरीको लगत सङ्कलन गरेर चामल, दाल, खाजा र तरकारी उपलब्ध गराउने व्यवस्था मिलाउछौँ ।”

विपन्नको खाद्यान्नको व्यवस्थापनका लागि यसअघि निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जीसी र उनका भाइ किसान जीसीले रु एक लाख सहयोगको घोषणा गरेका छन्। स्थानीय तहहरुले लकडाउनबाट प्रभावित र जोखिममा परेका विपन्न, अशक्त, असहायका लगत सङ्कलन सुरु गरेका छन् ।

कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि बेनी नगरपालिकाले रु पचास लाख, रघुगङ्गा गाउँपालिकाले रु तीस लाख, मालिका गाउँपालिकाले रु बीस लाख र धवलागिरि गाउँपालिकाले रु पाँच लाख बिनियोजन गरेका छन् । 

जिल्ला विपद् व्यवस्थापन समितिले बेनी अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि आइसोलेसन स्थापना र व्यवस्थापनका लागि रु पाँच लाख विनियोजन गरेको छ । बेनी अस्पतालमै आइसोलेशन निर्माण गर्न लागिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए  । रासस
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  २३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC