site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोनाबाट इटालीमा ९ हजारभन्दा बढीको मृत्यु, जर्मनीमा १५ प्रतिशतले संक्रमित बढ्दै
Ghorahi CementGhorahi Cement

रोम । नोभेल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या इटालीमा ९ हजारभन्दा बढी पुगेको छ । युरोपको कोरोना इपिसेन्टर भनिएको इटालीमा कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ९ हजार १३४ पुगेको छ । 

त्यसैगरी कोरोना संक्रमितको संख्या पनि चीनभन्दा धेरै पुगेको छ । इटालीमा कोरोना संक्रमितको संख्या ८६ हजार ४९८ पुगेको छ । हालसम्म१० हजार ९५० जनाको कोरोनाको उपचारपछि डिस्चार्ज गरिएको इटालियन अधिकारीले जानकारी गराएका छन् । 

Agni Group

त्यसैगरी जर्मनमा कोरोना संक्रमितको संख्या १५ प्रतिशतले बढिरहेको बताइएको छ । इटालीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ६ हजार २९४ ले बढेर ४८ हजार ५८२ पुगेको छ । होम क्‍वारेन्टाइनमा रहेकी जर्मन चान्सलर एन्जेला मर्केलले सोसल डिस्टेन्सिङले कोरोना संक्रमणलाई नियन्त्रण गर्न सकिने बताएकी छन् । 

त्यसैगरी बेलायतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५९ पुगेको छ भने संक्रमिको संख्या १४ हजार ५०० पुगेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, स्वास्थ्यमन्त्री म्याट हानकक र राजकुमार चार्ल्सलाईसमेत कोरोना संक्रमण भएको छ । बेलायत सरकारले जनतालाई अत्यावश्यक घरबाहिर निस्किन प्रतिबन्ध लगाइएको छ । 

Global Ime bank

इरानमा भने पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३९ जनाको मृत्यु भएको छ । इरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ५१७ पुगेको छ भने संक्रमितको संख्या ३५ हजार ४०९ पुगेको इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कयनउस जाहानपउरले जानकारी दिएका छन् । इरानले बिहीबारदेखि दुई साताका लागि आवतजावतमा प्रतिबन्ध लगाइएको छ । 

अमेरिकामा भने कोरोना संक्रमण निकै तीव्र रुपमा वृद्धि भएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या एक लाखभन्दा बढी पुगेको छ भने मृत्यु हुनेको संख्या १७ सयभन्दा बढी पुगेको छ । 

कोरोना पहिलो पटक देखिएको मुलुक चीनमा कोरोना संक्रमण नियन्त्रणतर्फ रहेको बताइएको  छ । चीन, दक्षिण कोरिया र सिंगापुरमा भने स्थानीय संक्रमणभन्दा पनि बाहिरबाट आएका व्यक्तिहरुमा देखिने संक्रमण बढेको छ ।- सीएनएन

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  २२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC