site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हेटौँडामा ग्यास अभाव
Ghorahi CementGhorahi Cement

मकवानपुर । वाग्मती प्रदेशको राजधानी हेटौँडालगायत मकवानपुर  जिल्लामा खाना पकाउने ग्यासको अभाव भएको छ । कोरोना भाइरस नियन्त्रण गर्न सरकारले आह्वान गरेको लक डाउनले बजारमा सहजरुपमा ग्यास उपलब्ध नभएको उपभोक्तहरुले गुनासो  गरेका छन् । 

ग्यास बिक्रेताले ग्यास अभाव रहेको र ग्यास उद्योगमा थप ग्यास नआएकाले आ–आफ्ना पसल बन्द गरेको बताएका छन् । लक डाउनले बाहिर निस्कने अवस्था नरहेको र ग्यास अभाव भएको उपभोक्तलाई समस्या परेको ग्यास बिक्रेता नवीन अधिकारीले बताए  ।

Agni Group

उता नेपाल आयल निगम अमलेखगञ्ज डिपो कार्यालका प्रमुख भरत रेग्मीले आवश्यकताभन्दा बढी ग्यास  सिलिण्डर राख्ने कारणले समस्या भएको बताए  । उनले वीरगञ्ज नाकाबाट दैनिक ३० देखि ४० ग्यास बुलेट आइरहेको र बिक्रीवितरण प्रणाली व्यवस्थित गरेमा समस्या नहुने बताए  । 

लक डाउनले होटेलहरु बन्द भएको र ग्यास बुलेटका चालक तथा सहचालकलाई आफ्नो अमलेखगञ्जस्थित डिपोमा निःशुल्क खाना खुवाउने गरेको प्रमुख रेग्मीले जानकारी  दिए । 

Global Ime bank

त्यसैगरी हेटौँडामा पम्पहरु बन्द हुँदा पेट्रोलियम पदार्थको समेत समस्या भएको सर्वसाधारणको गुनासो छ । हेटौँडामा रहेको एक दर्जन पम्पले पेट्रोलियम पदार्थ बिक्री वितरण बन्द गरेका छन् तर  डिपो प्रमुख रेग्मीले मौज्दात पूरा रहेको छ भने । लक डाउनले हेटौँडा बजार अहिले सुनसान भएको छ । सर्वसाधारण घरमा बसेका छन् भने स्थानीय प्रहरी बजारमा व्यापक रुपमा परिचालन गरिएको छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  २२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC