site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ह्वात्तै बढ्यो तरकारी र फलफूलको मूल्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । गत सातासम्म प्रतिकिलो रु ५० पर्ने गोलभेँडाको अहिले बजार मूल्य रु १५० छ । एउटा कागतीको बजार मूल्य रु पाँच रहेकामा अहिले त्यसको तेब्बर अर्थात रु १५ पुगेको छ । 

यो अवधिमा सागको मूल्य प्रतिमुठा रु पाँचबाट बढेर रु १५ पुगेको छ । तरकारीसँगै काठमाडौँ उपत्यकामा फलफूलको पनि मूल्य ह्वात्तै बढेको पाइन्छ । स्याउको मूल्य गत सातासम्म १५० रहेकोमा अहिले त्यो रु ३०० पुगेको छ भने केराको मूल्य रु १०० बाट बढेर रु २०० पुगेको छ । 

सरकारले गरेको ‘लकडाउन’ को चौथो दिनसम्म आइपुग्दा बजार केही खुल्न थाले पनि तरकारी, फलफूललगायका आवश्यक खाद्य सामग्रीको मूल्य ह्वात्तै बढेको छ । ‘कोभिड–१९’ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले सकेसम्म घर बाहिर ननिस्कन र आवश्यक सामग्री किन्नु परे नजिकैका पसलमा खरिद गर्न आमनागरिकलाई भनिरहेको छ । तर नजिकको पसल अझै नखुलेकाले केही टाढासम्म पुग्नुपरेको कोटेश्वरकी नम्रता शर्माले बताइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले स्टक नराख्न भने पनि उनले खाद्यान्न केही महिनालाई पुग्ने राखेका थिइन् । तरकारी, फलफूल र दूध किन्न दैनिकजसो बाहिर निस्कनु परेको उनले बताइन् । थोरै पसल मात्रै खुलेकाले पनि पसलले चर्को मूल्य लिएको उनको भनाइ छ । उनले भने, “कुनै कुनै पसल मात्रै खुलेका छन् जति भन्छन् त्यति तिनु हाम्रो बाध्यता हो ।”

काठमाडौँ उपत्यकाका आसपासका क्षेत्रले शहरी क्षेत्रमा तरकारी र दूधको आपूर्ति गर्दै आएकामा यातायातका साधन नहुँदा त्यस क्षेत्रबाट ती सामग्री आउन सकेका छैन । खाद्य वस्तु बजारसम्म पुर्‍याउन नपाउँदा दूध र तरकारी त्यसै खेर गइरहेको उनीहरुको गुनासो छ । बजारमा अहिले पनि कतिपयले सङ्कटलाई कमाउने अवसरका रुपमा लिन थालेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका माधव तिमिल्सनाले बताए  । 

Global Ime bank

बजारमा अहिले कृत्रिम अभाव सिर्जना गर्ने, सामान मूल्यभन्दा बढीमा बिक्री गर्ने त कतिले अवधि सकिन लागेको खाद्यसामग्रीको बिक्री गरिरहेको पाइन्छ । तरकारी र फलफूल ‘लकडाउन’ पहिलेभन्दा अहिले दोब्बरदेखि तेब्बर मूल्यमा बिक्री हुँदासमेत अनुगमन हुन नसकेको उनले बताए  । उनले भने, “जनता घरभित्रै थुनिएकाले राज्यले आफ्नो उपस्थिति बढाएर सबैलाई राहत दिनुपर्छ ।”

धेरै ठाउँमा आफ्नो घर नजिकका पसल नखुलेकाले उपभोक्ता टाढाटाढासम्म जान बाध्य भइरहेको घिमिरेले बताए  । घर र पसल नजिकै भएका पसलेले सरकारले तोकेको समयमा खोले पनि टाढाबाट आउनुपर्नेले सवारी साधन नहुँदा खोलेका छैनन् । काँठ क्षेत्रबाट मोटरसाइकलमै राखेर दूध, तरकारीलगायत ढुवानी हुने गरेकामा ‘लकडाउन’ का कारण त्यो ठप्प छ ।

शहरी क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, मजदुर, चालक, सहचालकलगायत दैनिक ज्यालादारी गर्नेहरु मारमा परिरहेको उनले बताए  । 

सरकारले गरिब परिचयपत्र वा रासनकार्डको अहिलेसम्म व्यवस्था नगर्दा लक्षित वर्गमा चाहँदा पनि सहुलियत दिन कठिन हुने उनको भनाइ छ । बजारमा अहिले सबैभन्दा अभाव ग्यासको रहेको छ । उनले भने, “सरकारले महिनौँसम्म पुग्ने ग्यास छ भनेकाले कतिपयले हतारिएर किनेनन् तर अहिले समस्या परिरहेको छ ।”

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक दीपक पोखरेलले सरकारले ‘लकडाउन’ घोषणा गर्नुभन्दा केही दिन पहिलेबाट तरकारी र फलफूलको मूल्य बढ्न थालेको बताए  । बजारमा तरकारी तथा फलफूलको आयात नै कम भएको उनले बताए  । देशभित्रै पनि उपत्यका र उपत्यका बाहिरबाट खाद्यान्न ल्याउनका लागि यातायातको असुविधा रहेको उनले बताए  ।

आफूले कालीमाटी तरकारी तथा फलफूल बिक्री केन्द्रमा सम्पर्क गर्दा त्यहाँ दैनिक तरकारी र फलफूलको आयात कम रहेको जानकारी पाएको उनले जानकारी दिए । उनले भने, “बाहिरबाट मात्रै होइन नजिकका स्थानबाट पनि यी खाद्यान्न ल्याउन सवारी साधनको समस्या देखिएको छ ।”

विभागले सङ्कटका समयमा आमउपभोक्तालाई पर्न सक्ने समस्या तत्काल सुन्न र सम्बोधन गर्न टोल फ्री नम्बर ११३७ सुरु गरेको छ । यो टेलिफोनमा सबैभन्दा बढी ग्यास, माक्स र सेनिटाइजर नपाएको भनी गुनासो आएका छन् । त्यससँगै तरकारी, फलफूलको अभाव र मूल्यसम्बन्धी गुनासो पनि आउन थालेको उनले बताए  । रासस
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  ००:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC