site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ट्राफिक प्रहरीलाई मास्क र सेनिटाइजर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राविधिकहरूको सहयोगमा आफैं सेनिटाइजर उत्पादन गरी ट्राफिक प्रहरीलाई वितरण गरेको छ । कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै डिउटीमा खटिएका ट्राफिक प्रहरीहरूलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले फिल्डमा गई मास्क र सेनिटाइजर वितरण गरेका हुन् ।

विश्वव्यापी रूपमा फैलिइरहेको कोभिड–१९ सङ्क्रमणका कारण बजारमा सेनिटाइजर अभाव देखिएपछि विश्व स्वास्थ्य सङ्गठनले तोकेको निर्देशिकाअनुसार सेनिटाइजर तयार पारिएको ढकालले बताए  । पहिलो चरणमा ३० लिटर उत्पादन गरिएको र आवश्यकतानुसार थप उत्पादन गरिने उनले बताए  । 

महाशाखाले आफ्ना प्रत्येक ट्राफिक प्रहरीलाई सेनिटाइजरसँगै मास्क पनि वितरण गरेको छ । विषम परिस्थितिमा लकडाउन ट्राफिक प्रहरी र देशका लागि नौलो प्रयोग भएकाले चाहिने आवश्यक सबै सुरक्षा सामग्रीको पर्याप्त जोहो गर्न महाशाखाले विभिन्न क्षेत्रसँग सहकार्य गरिरहेको छ । नेपाल सरकारद्वारा कोरोना रोकथामका लागि गरिएको लक डाउनलाई कार्यान्वयन गराउन ट्राफिक प्रहरी फ्रन्टलाइनमा रहेर काम गरिरहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  ०१:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC