site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
'कोरोनाविरुद्धको खोपको विकास तीव्र गतिमा हुँदै'
Sarbottam CementSarbottam Cement

लन्डन । नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमणबाट विश्वभरका मुलुक आतंकित बनेका छन् । हालसम्म ६ लाखभन्दा बढी संक्रमित भएका छन् भने २८ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । 

विश्वभर संक्रमणको दर यसरी बढ्दै जाँदा यसको उपचार र खोपको कहिले भन्‍छ भन्‍ने आमचासो बढेको छ । संसारका मानिसहरुले कोरोना भाइरसविरुद्धको खोप कहिले बन्छ भनेर विश्वभरबाट चासो व्यक्त गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बेलायतको अक्सफोर्ड विश्‍वविद्यालयको खोप विकास टोलीको नेतृत्व गरिरहेकी प्रोफेरसर सारा जिलबेर्टले आफूहरु जतिसक्दो चाँडो खोप विकास गर्न लागिरहेको बताएकी छन् । उनले खोप पूर्णरुपमा विकास भएर प्रयोगमा आउन १२ देखि १८ महिनासम्म लाग्‍ने बताएकी छन् । 

उनले बीबीसीलाई भनिन्, "हामी अहिलेसम्मकै द्रुत गतिमा खोपको विकास गर्न लागिरहेका छौं । तर, महत्वपूर्ण कुरा के छ भने खोप सुरक्षित हुनुपर्छ र आमरुपमा प्रयोगमा आउनुअघि यसले पूर्णरुपमा काम गरेको र अन्य असरहरु गर्नु हुँदैन भन्‍नेमा विशेष सचेतता अपनाएका छौं ।" 

Global Ime bank

"दुर्भाग्य खोप विकासका लागि केही समय लाग्छ । महामारीसँगै खोप विकासको काम पनि तीव्ररुपमा भइरहेको छ । जुन अहिलेसम्म यति तीव्ररुपमा अन्य रोगका खोपहरु विकास गरिएका थिएनन् । तर, हामीले कनै पनि चरण छुटाउनु हुँदैन," उनले भनिन् ।

विश्वविद्यालयले क्षमता बढाउने काममा पनि ध्यान दिएको उनले बताइन् । उनले भनिन्, "ठूलो परिमाणमा खोप विकास गर्न क्षमता बढाउने काम भइरहेको छ ।"  यसअघि अमेरिकामा पनि खोपको विकास गरेर मानव परीक्षण गरिएको थियो । तर, उक्त खोप आमरुपमा प्रयोगमा आइसकेको छैन । 

अहिले विभिन्‍न मुलुकका वैज्ञानिकहरु खोपको विकासमा जुटिरहेका छन् । यससँगै द्रुत गतिमा कोरोना परीक्षण किट बनाउने अभियानमा पनि लागिरहेका छन् । - बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  २०:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC