site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ललितपुर महानगरले श्रमिकलाई राहत दिने
Ghorahi CementGhorahi Cement

काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो महानगरभित्र कोही पनि भोकै बस्न नपरोस् भनेर श्रमिक र उनीहरुको परिवारका लागि राहत दिने निर्णय गरेको छ ।

महानगरका प्रवक्ता राजु महर्जनले जारी गरेको विज्ञप्तिमा भनिएको छ–विश्वव्यापी कोरोनाभाइरसको संक्रमण फैलन सक्ने खतरालाई मध्यनजर गर्दै नेपाल सरकारले समय सापेक्ष लागु गरेको बन्दाबन्दी (लकडाउन) को निर्णयका कारण दैनिक श्रम गरेर खानुपर्ने श्रमिक र उनीहरुको परिवारको जीवनयापन कठिन भएको छ । दिनभर काम गरेर बिहान बेलुकाको छाक जोहो गर्नुपर्ने श्रमिक वर्गको जीवनयापनलाई सहज बनाउन ललितपुर महानगरपालिकाले त्यस्ता व्यक्ति र परिवारका लागि राहत दिने निर्णय गरेको छ ।”

Agni Group

यो अवस्थामा महानगरपालिकाभित्र कोही पनि भोकै बस्न नपरोस् भनेर उक्त निर्णय गरिएको महानगरपालिकाले जनाएको छ ।

“यो अवस्थामा महानगरपालिकाभित्र कोही पनि भोकै बस्न नपरोस् भनेर उक्त निर्णय गरिएको हो । तसर्थ, समस्यामा पर्नुभएका नगरवासीलाई आफ्नो वडाको वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई सम्पर्क गर्न अनुरोध गरिन्छ । त्यस्ता श्रमिकहरुको स्थितिअनुसारको राहतको व्यवस्था वडा कार्यालयले महानगरपालिकाको समन्वयमा मिलाउनेछ । परीक्षाको यस घडीमा ललितपुर महानगरपालिकालाई साथ दिन महानगरवासी, सामाजिक र व्यवसायिक संघसंस्थालाई अनुरोध गरिन्छ ।”

Global Ime bank

त्यसैगरी महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले कोरोना संक्रमणको विषम परिस्थितिमा पनि पाटन अस्पतालले नियमित सेवा सँगसँगै कोरोना संक्रमित बिरामीका लागि समेत जिम्मेवारीपूर्वक सेवा उपलब्ध गराएकोमा विशेष धन्यवाद दिएका छन् ।

उनले दिएको विशेष धन्यवादमा भनिएको छ, “यस अस्पतालमा आवद्ध चिकित्सक, नर्स, चिकित्साकर्मी र बिरामीको सेवामा अहोरात्र खटिनुभएका सम्पूर्ण व्यक्तिहरुको योगदानको महानगरपालिका उच्च प्रसंशा गर्दछ । मुलुकलाई अप्ठ्यारो परेको बेलामा संयमतापूर्वक यहाँहरुले पूरा गर्नु भएको जिम्मेवारी र पेशाप्रति प्रतिबद्धता अतुलनीय छ । ललितपुर महानगरपालिका यहाँहरुको योगदानको सम्मान गर्दै स्वास्थ्य क्षेत्रलाई अझै मजबुत बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । साथै, अवस्था सामान्य भएपछि यहाँहरुको योगदानको सम्मान गर्दैै ललितपुर महानगरपालिकाले यहाँहरुलाई दिवास खानाको लागि आमन्त्रित गर्ने अवगत गराउँदछु ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC