site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोनाबाट त्रसित विश्वलाई आशा बाँड्दै दक्षिण कोरिया 
Sarbottam CementSarbottam Cement

सिओल । नोभेल कोरोना भाइरसको संक्रमणबाट ग्रसित बनेको विश्वलाई दक्षिण कोरियाले नयाँ आशा प्रदान गरेको छ । दक्षिण कोरियामा पहिलो पटक अहिले रहेका संक्रमितभन्दा बढी मानिसहरु उपचारपछि सञ्‍चो भएको तथ्यांक सार्वजनिक गरेको छ । 

दक्षिण कोरियामा शनिबार १४६ जना कोरोना संक्रमित फेला परेका छन् । हालसम्म दक्षिण कोरियामा ९ हजार ४७८ जना कोरोना संक्रमित पुगेका छन् । जसमध्ये चार हजार ८११ जना कोरोना संक्रमितलाई भने उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस महामारीलाई नियन्त्रणमा लिन सफल भएकोमा विश्‍व समुदायले प्रशंसा गरेको छ । दक्षिण कोरियाले अन्य संक्रमितसँग सम्पर्कमा रहेकाहरुलाई खोजी गर्ने कामलाई तीव्रता दिएको छ । 

दक्षिण कोरियाले ठूलो संख्यामा मानिसहरुको परीक्षण र संक्रमणको लक्षण देखिएकाहरुलाई आइसोलेसनमा राखेको थियो । जसका कारण कोरोना संक्रमित चाँडै पत्ता लागेको, थप संक्रमण फैलिने जोखिम कम हुनुका साथै प्रविधिको उच्च प्रयोगले कोरोना संक्रमण नियन्त्रणमा लिइएको जनाइएको छ। 

Global Ime bank

तर, कोरोना संक्रमणलाई नियन्त्रणमा लिएका एसियाली मुलुकहरु दक्षिण कोरिया, चीन र सिंगापुरमा भने बाहिरबाट स्वदेश फर्किएकाहरुमा कोरोना संक्रमण हुने दर बढ्दा जोखिम थपिनेसमेत चिन्ता व्यक्त गरिएको छ । - बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC