site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ग्यास उद्योगीले अर्को कम्पनीको सिलिन्डर भरेर बेच्‍न सक्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । डिलरहरूले आइतबार दिउँसो १ बजेपछि १४.२ केजी ग्यास भरिएको ग्यास सिलन्डर मौज्दात राखे कारबाही हुने भएको छ ।

नेपाल आयल निगमले शुक्रबार दिएको निर्देशनमा केही बुँदा थप गर्दै उनीहरूलाई आफूसँग भएका सबै भरी सिलिन्डर १ बजेसम्म बेचिसक्न आग्रह गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

शनिबार थप भएको निर्देशनमा डिलर तथा विक्रेतालाई दैनिक सुरुवाती मौज्दात र उद्योगबाट प्राप्त भएको ग्यासको विवरण सर्वसाधारणले देख्ने गरी जानकारी टाँस्नुपर्नेछ । निगमले १ बजेसम्म भरी सिलिन्डर बिक्री नभए सम्बन्धित ग्यास उद्योगलाई फिर्ता गर्न निर्देशन पनि दिएको छ ।

यदि भण्डारण गरेको पाइएका सिलिन्डर विक्रेता डिस्टिब्युटरलाई कारबाही हुने निगमले चेतावनी दिएको छ । पहाडी जिल्लाको हकमा उपरोक्त अनुसारको व्यवस्था सम्बन्धित जिल्ला प्रशासनले तोके बमोजिम हुनेछ ।
निगमले उद्योगीहरूलाई एक–अर्काको कम्पनी सिलिन्डर भरी आपूर्ति व्यवस्था गर्न सक्ने सुविधा दिएको छ । निगमबाट अर्को व्यवस्था वा निर्देशन नभएसम्मका लागि ग्यास व्यवसायीले आपसमा सहमति गरेर यसो गर्न सक्नेछन् ।

Global Ime bank

शनिबारदेखिआधा सिलिन्डरमात्र बिक्री हुने

एक–अर्काको उद्योगको सिलिन्डर रिफिल गरेर गुनासोरहित ढंगबाट सहज, सरल र समानुपातिक तवरबाट बिक्री गर्ने व्यवस्था मिलाउन सक्ने व्यवस्था निगमले गरेको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC