site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
 चामल तेल दाल उद्योग संचालनमा सहयोग गर्न माग 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल चामल तेल दाल उद्योग संघले चामल, तेल, दाल दैनिक अत्यावश्यक वस्तुको उत्पादन र ओसार पसारमा सहजिकरणका लागि सरकारसँग अनुरोध गरेको छ । कोरोनाका कारण मुलुक लकडाउनमा रहेको र यी खाद्यान्न अत्यावश्यक रहेकाले सहज आपूर्तीका लागि संघले काम गरिरहेको पनि जनाएको छ । संघले आज प्रेस विज्ञप्ती जारी गर्दै ५ दिनदेखी खाद्य उद्योगमा उत्पादन र ओसार पसार ठप्प भएको अवस्था रहेको जनाएको छ । संघले केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानिय सरकारको सहयोगमा उद्योग निरन्तर संचालनमा आउनु अत्यावस्यक भएकोले यसको सहजिकरको लागि सरकारसंग अनुरोध गरेको हो । 
 
संघले यस कठिन अवस्थामा सरकारको नीति, कार्यक्रम र योजनाप्रति ऐकेवद्दता प्रकट गर्दै कोरोना भाईरस (कोभिड १९) पूर्ण रोकथाम नहुंदासम्म सरकारसँग् हातेमालो गर्दै निरन्तर सहयोग गर्ने प्रतिवद्दता पनि जनाएको छ । 

संघका अध्यक्ष सुबोध कुमार गुप्ताले दैनिक जिवनमा आवश्यक पर्ने बस्तुका उद्योगमा काम गर्ने कर्मचारी, श्रमिक मजदुरको स्वास्थलाई ध्यानमा राखी स्नीटाइजर, मास्क, एवं सामाजिक दुरी कायम लगायतको सुविधा उद्योगमा उपलब्ध गराई सरकारको सल्लाह सुझाबलाई मध्यनजर गरी बजारमा सहज आपूर्तिको लागि खाद्य वस्तु उत्पादन गर्ने प्रतिबद्दता व्यक्त गरेका छन् । 

तसर्थ, चामल, तेल , दाल लगाएतका अन्य बस्तुहरु एक ठाउंबाट अर्को ठाउमा पठाउने प्रणालीलाई निरन्तरता दिनु जरुरी भएको संघले जनाएको छ । त्यसका लागि उचित व्यवस्था सहित लकडाउन अवधिभर खाद्यान्नमा उपभोक्तलाई सहज बाताबरणको महसुस गराउन निजी क्षेत्र सदैव गम्भिर रहेको भन्दै सहजिकरणका लागि अनुरोध संघले गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

संघको पाँचबुँदे माग यस प्रकार छः

१) श्रमिक कर्मचारीहरुको मनोबल उच्च बनाउन सके अत्यावश्यक बस्तु उत्पादन गर्ने र उद्योगमा गई काम गर्ने बाताबरण बन्ने हुंदा उनिहरुको परिवारलाई सुरक्षित महसुस गराई श्रमिक कर्मचारीलाई काममा जाने उच्च मनोबलको बाताबरण सिर्जना हुनु जरुरी छ ।  

Global Ime bank

२) खाद्य बस्तु ढुवानी गर्ने माल बाहक र खाली सवारी साधानहरु विगत ४ दिनदेखी बिभिन्न ठाउमा अडकिएको अवस्था छ । चालकहरु सवारी साधन छोडेर आ आफ्नो घरमा गईसकेकाछन् । उनिहरुलाई उचित व्यवस्था सहित उच्च मनोवल बृद्दी गरी खाद्य बस्तु निर्वाध रुपमा देशका बिभिन्न ठाउमा पठाउनु जरुरी छ । 

३) हरेक उद्योग संचालनको लागि दैनिक लगभग एक देखी पांचलाख सम्म नगद आवस्यक पर्ने हुंदा शहरबाट उद्योग क्षेत्र सम्म नगद लैजाने सहज बातावरण सिर्जना हुन पर्ने । 

४) दैनिक जिवनमा नभेनहुने बस्तुका उद्योग ५ दिनदेखी बन्द र देशका बिभिन्न ठाउंका पसलहरु आंसिक रुपमा मात्र खोलिएको अवस्थामा स्थानिय अधिकारीको रोहवरमा पसल खोल्न लगाई उचित व्यवस्था गर्नु पर्ने । 

५) घरबाट निस्कने बाताबरण नभएकोले श्रमिक कर्मचारीहरु उद्योगमा नजानेहुदा उद्योगबाट उत्पादित सह उत्पादन भुस, राईसब्रान, कनिका, चुन्नि भुसी, पिना एक ठाउबाट अर्को ठाउमा पठाउन समेत असहज भएको हुंदा यसले तयारी बस्तु उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने भएको छ । 

 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC