site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘तत्काल कर्णालीमा खाद्य अभाव नहुने’
Sarbottam CementSarbottam Cement

सुर्खेत । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि कर्णालीका जनतामा खाद्य समस्या हुने हो कि भन्ने चिन्ता थपिएको देखिन्छ । खाद्य अभाव एवं सङ्कट हुनेमा तत्काल कुनै चिन्ता लिनुपर्ने अवस्था नरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश सुर्खेत कार्यालयले जनाएको छ । 

 कार्यालयका प्रमुख भीमबहादुर थापाले अढाई महिनासम्म कर्णालीमा खाद्य सङ्कट नहुनेमा ढुक्क रहन नागरिकलाई आग्रह गरे । थापाले भने, “हामीसँग हाल ४४ हजार ७८३ क्विन्टल खाद्यान्न सञ्चित छ । यसले कर्णालीको करीब १८ लाख जनसङ्ख्यालाई दुई महिना १५ दिन पुग्छ । यही परिमाणको चामल निजी क्षेत्रसँग पनि छ ।” सुर्खेत कम्पनीले जिरा मसिनो, जापानी, सोना र मोटो चामल रहेको र ती चामलको क्रमश प्रतिकेजी रु ५५, ५१।५०, ४५ र ४२ मा नागरिकलाई उपलब्ध गराउँदै आएको उनले जनाए ।  

Prabhu Bank
Agni Group
NIC Asia

लकडाउनकै अवधिमा मुगुको कालैमा ४४०, पुलुमा १०० र डोल्पाको जुफलामा १११ क्विन्टल चामल निर्यात गरिएको उनको भनाइ छ । त्यस्तै डोल्पामा एक हजार २००, हुम्लामा ५००, मुगुमा एक हजार ५००, जुम्लामा तीन हजार ५०० र कालीकोटमा तीन हजार ५०० गरी जम्मा १० हजार ५०० क्विन्टल चामल साबिकको कर्णालीको निजी क्षेत्रसँग रहेको उनले अवगत गराए ।  

यता उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष धनबहादुर रावतले सुर्खेतमा मात्र २५ हजार क्विन्टल बढी चामल रहेको र बाँकी खाद्यान्नको तथ्याङ्क सङ्कलन गर्न थालिएको बताए । अध्यक्ष रावतका अनुसार एलपी ग्यासको हालसम्म अभाव नभएको र अब भने ७.१ केजीको ग्यास सिलिन्डर उपलब्ध गराइनेछ । 

Global Ime bank

खासगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी र निजी क्षेत्रसँग भएको चामललाई हिसाब गर्दा कर्णालीमा चारदेखि छ महिना पुग्ने खाद्यमा विशेषगरी चामलको अभाव नहुने कार्यालय प्रमुख थापाले बताउनुभयो । उहाँका अनुसार व्यापार कम्पनीमा रहेको सिमी ६३ क्विन्टल सिमी र ५८ क्विन्टल फापर क्रमशः रु १२० र ५० मा बिक्रीवितरण हुँदै आएको छ ।    

कर्णाली प्रदेश सरकारले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं आपूर्ति व्यवस्थापन समितिका संयोजक नन्दसिं बुढाले हुम्लाबाहेक कर्णाली प्रदेशका नौ जिल्लामा तत्काल उपभोग्य वस्तुको अभाव नभएको बताए । हुम्लामा खाद्यान्न केही कमी भएको खबर सुनिएकाले त्यहाँको सङ्कट समाधानका लागि सङ्घीय सरकारसँग पहल भइरहेको मन्त्री बुढाले जनाए । लक डाउन अवधि बढेमा तेल चिनीमा देखिने समस्या सङ्घ र प्रदेश सरकारको समन्वयमा समाधान गरिने उनको भनाइ छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC