site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
नेपालमा अर्को कोरोना संक्रमित भेटिए, पाँचजना पुग्यो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा अर्को एकजनामा कोरोना संक्रमण देखिएको छ । बेल्जियमबाट कतार हुँदै काठमाडौं आइपुगेकी १९ वर्षकी युवतीलाई कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकासराज देबकोटाले जानकारी दिए ।

उनको अवस्था अहिले सामान्य भएको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रवक्ता देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि उनमा कोरोना देखिएको पुष्टि भएको हो ।

उनले शनिबार दिउँसो जानकारी गराएका हुन् । “काठमाडौं उपत्यकाभन्दा बाहिरको केस हो,” उनले भने, “उहाँ अहिले चिकित्सकको सम्पर्कमा हुनुहुन्छ । उहाँको अवस्था अहिले सामान्य छ ।”

Global Ime bank

उनले अहिले फैलिन सक्ने पूर्वानुमान भएकाले यो घरभित्रै बसेर सहयोग गर्न आग्रह पनि गरे ।

कोरोना संक्रमित युवती प्रदेश ४ की भएको बताइएको छ । काठमाडौं उपत्यकाबाहिर यो दोस्रो केस हो ।

यसअघि शुक्रबार धनगढीस्थित सेती अस्पतालमा एकजनामा कोरोना संक्रमण फेला परेका थिए ।

काठमाडौंमा २ जना उपचाररत छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC