site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
तारा
Sarbottam CementSarbottam Cement

लक्ष्मीप्रसाद देवकोटा

।। क ।।

“आमा खै बा ! काँ जानुभो ?” त्रस्त जिज्ञासाले नरमाएकी पानीदार बाललोचनले बाबुको विषादमय आँखाको मुटुतिर ताकेर, सानी, मीठो तोते बोल्ने ताराले सोाधिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आकाशको कालो बादल १/ थोपा बरबर भएर रोकियो । झिलिक्क बिजुली चम्क्यो । झन् दोब्बर अन्धकार भयो । घरर्र नभस्तल गड्गडायो । वर्षाकालका दिन थिए ।

सहसा ताराका फूलथुँगालाई च्यापेर गाला जोरेर बाबुचाहिँले दलिनतिर आँखा लगाए । पिलपिले बत्ती झोक्काले तर्संदै वर्षाकालको संसारमा आफ्नो सारहीन जीवनमा अल्प आत्मसमर्थनले धर्मराइरहेको थियो । तन्ना खज्मजिएको सानो कोठरीको झ्यालमा रहेको विशालको अन्धकारतिर बाबुछोरीले एकछिन चुपचाप हेरे ।

Global Ime bank

बालजिज्ञासा दोहरियो । बाबुले आँसुमा पग्लँदँ भने, “प...र आकाशमा बाबा !”

ताराको शिशुकल्पनाले आमा कहाँकहाँ अँध्यारोमा बसेर रोएको जस्तो मिर्मिर चित्र खडा गर्‍यो । उनी एकैछिन टोह्लाइन्, “किन नआएको होला !” आत्माले सजल स्वरमा कहाँकहाँबाट बर्बराउँथ्यो ।

“आमा आए कस्तो हुन्थ्यो हगि बा !”

“हो बाबा, कस्तो हुन्थ्यो ।”

“बा किन लुनुभएको हँ ?”

घुँक्क गरेर घुँक्क आफैं शरमले बीचगलामा रोकियो ।

“म रोएको छैन बा !” अद्र्धविरुद्ध स्वरले काँपेर प्रत्युत्तर दियो, त्यो स्नेहमय त्रासमा जो शिशुहृदयमा प्रौढ–वेदना झल्काउनदेखि तर्सिन्छ ।

“हेर न आकाश रोइरहेछ, बिजुली चम्किरहेछ, मेघ गर्जिन्छ ।”

“किन बा ! किन लोएको हँ ? मलाई डल लाग्छ बाबै ।”

गलामा पुष्पपेशल लघुभारको बाहुमाला लिप्टाएर आधार खोज्दो शिशुहृदय खँदिलो पैत्रिक स्पर्श अपनाएर टाँस्सिँदै लिप्टियो ।

शीघ्र प्रत्युत्तरदायक हृदयले “नडराऊ बाबा !” भनेर मुटुको टुप्पो माथि उचाल्दै चपक्क च्यापिराख्यो– त्यस जुहारतलाई, जो उनको अफिसमा कल्पनावरिपरि घुम्थिन् ।

।। ख ।।

डाक्टर मधुसूदन वाग्मती किनारतिर घुम्दै आइरहेका थिए । साँझ पर्ने बेला थियो । एकतले सानो घर उनको दायाँपट्टि दरिद्रताको क्षुद्र प्रतिनिधिझैं पिँढी छोप्ने झिँगटी र ठाउँठाउँमा खज्मजिएको हुनाले, गरीबीझैं गर्वहीन सत्यतासँग रहेको थियो । धनी र गरिब तुलना गर्दै डाक्टरसाहेब लम्किरहेका थिए– हात हल्लाउँदै, गहिरो निश्वास लिँदै ।
अकस्मात कोकोहलो सुनियो ।

“ए चिसी भै ! चिसी भै ! मुटुमा शीत पुगिसक्यो । छुनु हुन्न छाडिदेऊ ! छाडिदेऊ ! काखमा रहन आएकी रहिनछ । पृथ्वीमातालाई चढाइदेऊ ! बरु, तुलसी, ए तुलसी ! शालिग्रामको जल । हेर बिजोग !”

पछिल्ला दुई शब्द मुत्यु र बिजोगका अगाडि सबै मानव–हृदयका नित्य सुस्केराले सजीव थिए । “मेरा बाबा ! मेरा बाबा !!” छातीको कोकोहलो काँप्दै मृत्युले खोसिन लागेको कलेजालाई पुकार्दै, डाँकोमा रुन थाल्यो– बाबुहृदय !, “मलाई लैजाऊ नि बाबा ! फर्क नि बाबा ! मेरी रतन ! मेरी बाबा !”

काखमा झन च्यापिएकी शिशुका एकोहोरा आँखा हेर्न नसकी, हैरान प्रकृति निराशले डाँको छोड्दै पल्टिई– बेहोशमा तर काखमा बालिका छँदै थिई ।

कोही दौडेर बालिकालाई भुइँमा सुताइदियो । एउटाले शालिग्रामको जल छर्किदियो । आर्कोले तुलसी ल्यायो ।

एउटाले बाबुचाहिनीको टाउको उठाउन खोज्यो । मुर्छामा ठर्रो परेको थियो । तर काखमा अझ बालिका छ कि भनेझैं, ढाड भाँचिएको झैं पछाडितिर फर्केर ढ्वाङ्ग लडेका थिए ।

डाक्टर मधुसूदन पनि दगुरे “के हँ ? के हँ ? के भो हँ ?” भन्दै ।

देखे, निमुनियाको क्राइसिस । छामे, सास बाँकी थियो । भर्भराइरहेको जो अजान बाबुको स्नेहको आज्ञाले फुक्न लगाई बालिकाको चिसाउँदो पयर आखिरी निराशाले सेक्नलाई तयार गरिएको थियो– अरूहरूका बेमञ्जुरी हुँदाहुँदै ।

डाक्टरले हातखुट्टा चलाइदिए । बोसी मागे । सेक्न लगाई खल्ती छामे । ‘साइमन गेलेसियाको’ सानो बोतल भाग्यले आज साथमै थियो, आर्को निमुनियाको केस एक ठाउँमा परेकोले । एकदुई थोपा मुख च्यातेर हालिदिए । पानी तताउन लगाए । सेक्ने चटाका गरे । बालक बौरिँदै आयो । आधा घण्टासम्म प्राण झुण्डेझैं भयो । तब अलिअलि आशा पह्लाउँदै आयो । त्यो रात त्यहीँ बसेर डाक्टरले उपचार गरे । बालकको जिउनु लेखेको थियो ।

।। ग ।।

डाक्टर मधुसूदन एक दिन त्यहाँ आएर ताराको बाबु कोमलप्रसाद सापकोटाका एकोहोरो एक डबलका आँखालाई सम्बोधन गरेर सोधे, “पण्डितजी, किन यसो गर्नुभयो ? तपाईंकी छोरी तारा जिउँदै छिन् ! केही भएको छैन, बुझ्नुभो ?” उनले पीठमा धाप दिए ।

तर पं. कोमलप्रसाद तर्सिएर चार हात पर पुगे । यसो यताउति लाटोझैं हेरेर डाक्टरको मुखमा पुलुक्क हेरे ।

“तपाईकी छोरी तारा बाँचिन् । केही भएको छैन बुझ्नुभो ?”

पं. कोमलप्रसाद पक्क परे । एउटा किताब ल्याएर डाक्टरको हातमा दिए ।

“यो किन ल्याउनुभएको पण्डितजी ?”

पण्डितजीले पक्क परेर फेरि हेरे । छातीमा हात लगाएर के भएको हो भनेजस्तो इशारा गरे ।

“बोल्नोस् न बोल्नोस् ।”

पण्डितजी घोरिए ।

एक जना छिमेकी भित्र पस्यो । “के चोट पर्‍यो के चोट ?”

त्यसले भन्यो, “त्यस दिनदेखि पण्डितजीको होशहवास छैन । लाटोजस्तो हुनुहुन्छ । हामी त गुह्येश्वरीको भाउते लागेको हो कि भन्ने शङ्का गर्छौं । के हो अब ?”

डाक्टरले गौड गरे, “यत्तिकै हो आजकल ? पहिले पहिले त यस्तो हुनुहुन्थिएन ?”

“कहाँ पहिले त के भन्नुपर्‍यो अब । पुराण बाच्न, ठट्टा गर्न कसले पो भेट्टाउने हो नाइँ । बजै स्वर्गे भएदेखि झोक्राइरहनुहुन्थ्यो, उस्तो बोल्नुहुन्नथ्यो । तर तारा नानीको चोट परेपछि वाक्कै बन्द । टोह्लाउँछन् । उहुँ बोल्ने हैनन् । बराबर निसास्सिएझँं गर्छन् ।” 

“तारा नानी कहाँ त ?”

“तिही पल्लो कोठामा हुनुहुन्छ । मेरो जहान हेरविचार गरेर बसेकी छ ।”

डाक्टर त्यस कोठामा मान्छे लिएर पसे ।

सानो आँखीझ्याल भएको अँध्यारो कोठामा टाटा लागेका चिथराहरूमा तारा निदाएकी थिइन् म्लान कुसुमझैं, बौरिँदो होशझैं, उघ्रिँदी रजनीझैं ।

डाक्टर नजिकमा बसे । एकैछिन घोरिए । नाडी छामे । तारा ब्युँझिइन् । आँखा घुमाइन्, मानौं केही खोजेझैं । डाक्टरको मुखमा हेरिन्, अनि पुनः आमैको चेहरामा । अनि टोह्लाएर बसिन् ।

“नानीलाई निको भो बाबै; अब पापा खाने है !” भनेर एउटा सेतो डबल हातमा राखिदिए । 

तारा पुलुपुलु मुखमा हेर्न थालिन् । हातको डबल आधा च्यापेर खसालिन् तब पिल्पिले नजरले पुनः आमाको मुखमा हेरेर “बा खै ?” भनेर रुन थालिन्– त्यो कल्पिँदो आधार खोज्दो हृदयको जो नजिकको स्नेहपूर्ण चेहरा र सच्चा तवरले हृदय बुझ्न सक्ने हृदयको ध्वनि प्रतिध्वनि चाहन्थ्यो ।

डाक्टरले पुनाचालाई “पण्डितजीलाई बोलाएर ल्याउनू” भनी आज्ञा दिए । डोर्‍याउँदै ल्यायो, नजिकै बसाल्यो ।

डाक्टरले भने, “हेर्नुस् पण्डितजी ! तारा ! तारा अब बाँचिन्, चिन्नुभो ? तपाईंकी छोरी, केही भएको छैन । केही भएको छैन । हेर्नुहोस् ।” 

पण्डितजीले यताउति केही खोजेजस्तो गरे छामछाम छुमछुम टोह्लाएर यसो हेरे । कपाल कन्याए ।

“चिन्नुभो पण्डितजी ? तारा तपाईंकी छोरी ।”

पण्डितजी झस्के ।

“किन झस्किनुभएको ? केही भएको छैन ! निकी भइन् ।” पण्डितजीले च्यूँडो समाते ।

ताराले बोलिन्, “बा ! बा !” बल्लबल्ल बिचरी पलाउँदो ताकतले तब पिल्पिलाइन् !

पण्डितजीले सुस्केरा हाले ।

तारा झन् पिल्पिलाइन् । उनको चिर–बिछोड पाएको हृदय टाँस्सिन खोज्यो, बाबुको छातीमा लिप्टिन चाहन्थ्यो । अँगालो हालेर गाला जोर्न, पितृस्नेहको स्पर्श अनुभव गर्न, वृत्तको स्पर्श छुट्ला भनेर डराएकी फूलझैं, स्मृति छुट्ला भनेर डराएकी आशाझैं, परेला छुन खोज्दी आँशुझै ! तर त्यो हृदयको पहिलो छिटो प्रत्युत्तर थिएन । बाबुको चाल बेग्लै थियो; शिशुहृदयले आधा बुझ्यो, आधा बुझ्न चाहेन ।
“बाबा !” तारा पिल्पिलिन लागिन् । माथ मुसार्ने हात लाटा बनेका थिए । छातीको चाल बोधो थियो ।

डाक्टरले रुमाल झिकेर त्यसको आँशु पुछिदिए ।

“एकैछिन काखमा राखिदेऊ” उनले भने ।

तारा काखमा बसेर सहानुभूतिका रस बाबुको आँखामा खोज्दथिन् । बाबु न पकडन्थे; न फेक्दथे । वाल्ल परिबस्थे । “चिन्नुभो ? यी तपाईंकी छोरी तारा !”

पं. कोमलप्रसाद झस्के । फेरि टोह्लाए ।

डाक्टरले पुनः आमालाई केही उपदेश दिएर केही बेरपछि बिदा भए । पिल्पिलाउँदै तारा पुनः आमाको काखमा फेरि निदाइन् । 

पण्डितजीलाई पुनाचाले कोठामा लगेर राख्यो । उनी मेसिन थिए । खुवाए खाइदिन्थे, नुहाए नुहाइदिन्थे । हिँडाए हिँडिदिन्थे । बसाए बसिदिन्थे । तारा हिँड्न थालिन् पण्डितजी झोक्राउन थाले । तारा भन्थिन् “बा ।” पिल्पिलाउँदै पण्डित एकोहोरो नजरले नचिनेझैं गरेर हेर्दथे । मानो अब बाबुछोरीको बोलचाल विधिले निषेध गरेको थियो । मानो कर्मको आज्ञा थियो, “तँ नबोलेस्, तँ नचिनेस् । चिनिस्, बोलिस् भने तेरो छोरी संसारमा रहन्न्न, तँ छोरी निम्ति मरिसकिस्, ब्यूँताउन मात्र लाटो बनाएर अधमरो अवस्थामा राखिदिएको ।”

।। घ ।।

परमेश्वरको इच्छालाई बदलेर शिशुको जीवन मागी आफ्नो जीवन अर्पिने पितृस्नेह जो हुमायूमा देखिएथ्यो, कति कोमलतासँग परिणाममा निठुर हुन जान्छ । तारा जिउँदै आइन्, बाबु मर्दै गए । तीन हप्ताको म्याद थियो, बाबुले मानेनन्– बोल्न, चिह्न, सुमसुम्याउन, शिशुको हृदयमा संसारमा के के बिग्रेजस्तो लाग्थ्यो, सबै कुरा बदलिएझैं, सब चीजका अनुहारमा सहानुभूति परपर भएझैं । उनको आत्मा भन्थ्योे, “बा किन बोल्नुहुन्न ?” अनि हृदय पिल्पिलाउँथ्यो । मुटुमा गाँठो पथ्र्यो, तर उनी यी कुरा बताउन सक्तिनन् । परपर हुँदाहुँदै आखिर पं. कोमलप्रसाद एक रात संसारबाट चूपचापसँग बिदा भए ।

(लक्ष्मी कथासङ्ग्रहबाट) 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १४:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC