site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
हाम्रा धार्मिक चाडपर्व
Sarbottam CementSarbottam Cement

हाम्रा धार्मिक चाडपर्व
(संस्कृति विवेचन : चेतोनाथ शर्मा आचार्य)
धार्मिक विषयलाई लिएर कैयन् कृति प्रकाशनमा आएका छन् । धर्म, संस्कृति र चाडपर्वको सन्दर्भलाई समेटेर प्रकाशित भएको एउटा अर्को कृति हो ‘हाम्रा धार्मिक चाडपर्व’ । यस पुस्तकलाई लेखेका हुन् धार्मिक क्षेत्रका चर्चित व्यक्तित्व चेतोनाथ शर्मा आचार्यले । 

यो पुस्तक दोस्रो संस्करणका रुपमा प्रकाशनमा आएको छ करिब ३१ वर्षपछि । यसअघि पुस्तकलाई सनातन धर्म सेवा समितिले प्रकाशनमा ल्याएको थियो । र, तीन दशकपछि फेरि पुस्तकको आवश्यकता महसुस गरी प्रकाशन गरिएको हो । पाँच वटा धार्मिक कृति प्रकाशनमा ल्याइसकेका कृतिकारका अनुसार ‘स्वधर्म र संस्कृतिको स्वरुप बुझ्ने इच्छा, अभिलाषा भएकाहरुलाई पुस्तकले सहयोग पु¥याउने’ अपेक्षा गरिएको छ ।

धर्म, संस्कृतिका विविध आयामहरुलाई सङ्कलित गरी पुस्तककार दिइएको यस कृतिमा पाठकले नववर्षदेखि मत्स्येन्द्र अवतार, घोडेजात्रा, श्रीराम जयन्ती, हनुमान जयन्ती, मातातीर्थ औंशी, अक्षय तृतीया, कृष्णाष्टमी, गाईजात्रा, तीज पञ्चमी, दसैं, तिहार, छठ, स्वस्थानी, शिवरात्रि, होली, ग्रहणसहित करिब ६० वटा पर्वबारे विस्तृत जानकारी पाउने छन् । साथै, हिन्दू धर्म, संस्कृतिको मूल शिक्षा र सन्देशका विषयमा पनि एउटा आलेख यस समावेश छ । 
रत्न पुस्तक भण्डारद्वारा प्रकाशित ५०० पृष्ठको यस पुस्तकको मूल्य ५९५ रुपैयाँ कायम गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मृत्युको अघिल्तिर
(कविता : मणि लोहनी)
कवि मणि लोहनी कवि मात्र नभएर कुशल कथाकार तथा निबन्धकार पनि हुन् । उनले कविता र कथालाई समानान्तर रुपमा आफ्नो विधा बनाएका छन् । बितेको साढे दुई दशकदेखि उनी लेखनमा क्रियाशील छन् भने लामो समयदेखि टेलिभिजन पत्रकारितामा पनि सक्रिय छन् ।
उनको लेखन पृथक छ । कथा र कविता दुवै विधामा कहिले प्रयोग त कहिले समसामयिकतालाई टिप्दै आएका कवि मणि सुख्खा पहिरो मुन्तिर...मा लेख्छन्
यो सुख्खा पहिरोमा 
मलाई खाइरहेछ मुत्युको चिसोले
‘मृत्युको अघिल्तिर’मा ३२ वटा साना–ठूला कविताहरु सङ्गृहित छन् । यसअघि पनि उनको ‘मलामी साँझ’ काव्यकृति प्रकाशित भएको थियो । त्यस अतिरिक्त उनको ‘परास्त प्रेम’ र ‘निर्वस्त्र मन’ कथाकृति प्रकाशनमा आइसकेको छ ।
मृत्युको अघिल्तिर शीर्षकको कवितामा उनी लेख्छन्
हत्केलामा च्यापेर
एक मुठ्ठी सपना
उभिएको छु मृत्युको अघिल्तिर
जीवनको के भर
खसेजस्तै आकाशबाट उल्कापिण्ड
खस्नेछन् दुवै आँखाको सौन्दर्य 
र मारिनेछु म
जसरी मारिन्छन् मानिसहरू
मणिको यस कवितासङ्ग्रहका कविता तीन भागमा विभक्त छन् । केही देशका नाममा, केही प्रेमको लयमा र केही जीवनको उज्यालोमा । 
शिखा बुक्सले प्रकाशनमा ल्याएको सय पृष्ठको ‘मृत्युको अघिल्तिर’को मूल्य २०० रुपैयाँ राखिएको छ । 

प्रेमचन्दका पाँच कथा
(अनुवाद कथा : प्रेमचन्द)
भारतका प्रख्यात आख्यानकार प्रेमचन्दका उपन्यास र कथा मन नपराउने पाठक कमै होलान् । पुराना पुस्ताका अधिकांशले प्रेमचन्दलाई पढेका छन् । नयाँ पुस्ताले पनि प्रेमचन्दलाई पढेको उनका कृति नेपालीमा पनि अनुवाद भएर आउनुले देखाउँछ । \

Global Ime bank

भारतीय साहित्यकार मुन्सी प्रेमचन्दले आफ्नो जीवनमा तीन सयभन्दा बढी कथा, निबन्ध र अन्य साहित्यिक रचना सिर्जना गरेको बताइन्छ । उनको एक दर्जनजति उपन्यास नै प्रकाशित छ । उनको गबन, गोदान, प्रेमाश्रम, कायाकल्प, निर्मलाजस्ता उपन्यासलगायत पुसकी रात, ठाकुरका कुआँ, रामलीला, प्रायश्चित, ममताजस्ता कथाकृतिहरु प्रकाशित छन् । उनको चर्चा आज पनि साहित्यिकवृत्तमा हुने गरेको छ । चाहे त्यो हिन्दी साहित्यको क्षेत्र होस् अथवा नेपाली साहित्यिक वृत्त ।

उनै प्रशिद्ध साहित्यकार प्रेमचन्दका पाँच कथाहरुको सँगालो हो ‘प्रेमचन्दका पाँच कथा’ । जसमा उनको पाँच चर्चित कथाको नेपाली अनुवाद छ । पुसको रात, पुरस्कार, ठाकुरको कुवा, कात्रो, तथा सती, यसमा समाहित कथाहरू हुन् । र, यी कथा अनुवाद गरेका छन्– अंशु झा, रुचि शाह, रुपम पाठक, गिरिजानन्द झा र मोहनकुमार नेपालले ।

त्रिविवि, हिन्दी केन्द्रीय विभागले बीपी कोइराला भारत नेपाल फाउन्डेसनको सहयोगमा प्रकाशनमा ल्याएको यस कथा सङ्ग्रहको मूल्य तोकिएको छैन ।  

जन्म–मृत्यु रहस्य
(प्रवचन : स्वामी हरिदासजी)
जीवन जगत्को सन्दर्भ आउँदा पूर्वीय सभ्यताको अवतारवाद र डार्विनको विकासवाद कहीँकतै मेल खान्छन् कि अथवा यो संयोग मात्रै हो ? जलचर, उभयचर अनिमात्र स्थलचरको परिकल्पना अवतारवाद र विकासवादका समान दृष्टि हुन् । एकातिर भगवान्को परिकल्पना र अर्कोतिर जीवन र जगत्को । विश्वासका आधार आआफ्नै हुन सक्छन् । जन्म र मृत्यु प्राकृतिक या शाश्वत ? खोजीका अनन्त यात्राहरू निरन्तर चलेकै छन् । 

जर्मन साहित्यकार नित्सेले ईश्वर मृत्युको घोषणा गरेपछि पाश्चात्य सभ्यतामा विसङ्गतिवादको उदय भयो । पूर्वीय सभ्यतामा जीवन विसङ्गत छँदै छैन । सङ्गतका शृङ्खला ८४ लाख जुनीसम्म पनि टुङ्गिँदैनन्, मोक्ष प्राप्ति नभएसम्म । यो गुढ रहस्य जान्नेबुझ्ने आकाङ्क्षा कसलाई छैन होला र ? 

स्वामी श्रीहरिदासजीका प्रवचनको सँगालो ‘जन्म–मृत्यु रहस्य’ ले जीवनका अनन्त यात्रा र सम्भावनाहरूको खोजी गर्ने प्रयास गरेको छ । यसो भनौं कृतिको शीर्षकमा जन्म–मृत्यु उल्लेख भए पनि कृतिले जीवनका सम्भावनाहरूलाई नै केलाउने प्रयास गरेको छ । अधिकतम जीवनवादी दृष्टि राखेरै संसारका विकसित सभ्यताहरूलाई केलाउने प्रयास गरिएको छ । 

कृतिमा १५ दिनका १६ प्रवचन समेटिएका छन् । श्री राधा माधव समिति नेपालले प्रकाशन गरेको यो कृतिले पक्कै पनि जिज्ञाषुहरूलाई पूर्वीय सभ्यतामा चच्छुप्रवेश गराउनेमा आशा गर्न सकिन्छ । ३४८ पृष्ठको यो कृतिको मूल्य एक हजार निर्धारण गरिएको छ ।

    
 


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १४:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC