site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
त्यो एउटा अविस्मरणीय क्षण 
Sarbottam CementSarbottam Cement

इन्द्रराज सिंह
२०२२ सालको कुरा हो । म जिल्ला भूमिसुधार कार्यालय बारा, कलैयामा सहकारी सबइन्सपेक्टर थिएँ । कार्यालयबाट त्यहाँकापाँचपञ्चायतको जिम्मादिई मलाई वार्डवार्डमाभएको बचत भकारीको रेखदेख र सहकारिताको प्रचारप्रसारमा फिल्ड खटाइएको थियो । फत्तेपुर पञ्चायतको फत्तेपुर गाउँमा हेडक्वार्टर राखीआफ्नो जिम्मा रहेको पाँचपञ्चायतमाकामगर्थें ।

एक पटक जीतपुर गाउँपञ्चायतको एक गाउँमा रातिबास बस्ने गरी गएको थिएँ । दिउँसो वार्डको हिसाबखाताबही हेर्ने कामभयो । रातिगाउँलेहरुसँग बसी सहकारिताबारे कुराकानीगर्ने कार्यक्रमथियो ।
त्यो गाउँमादुईभाइअर्कसिया (काठ चिर्ने मान्छे) ले आफ्नो बृद्ध पिताको हेरविचार समेत नगरी बाबुलाई सारै दुःखीअवस्थामा राखेकोले गाउँलेहरुलाई समेत बडो अपसोच भएको रहेछ । प्रसङ्गवशएकजनापञ्चले पनितीअर्कसियाहरुको कुरा उठाउँदै तिनलाई सम्झाइदिनमलाई भन्नु भयो । गाउँलेहरुकोसमेत यस्तै आग्रहथियो । उनीहरुले भने– ‘‘तपाईं सहकारिताबारे धेरै राम्राराम्रा कुराहरु भन्नु हुन्छ, आजतपाईंले तीदुई भाइअर्क्सियालाई सम्झाई बृद्ध बाबुलाई खुवाउने र राम्रो हेरविचार गर्न मञ्जुरी गराउनु भएहामी सारै खुसीहुनेछौं ।’’ मैले भनेँ– राम्रो कुरा हो । मप्रयास गर्नेछु । राति सबैजनाबसौं र तीदुईभाइलाई पनिबोलाऊँ ।
गाउँको चौकिदारमार्फत् तीअर्कसियाहरु र अरु गाउँलेलाई पनि राति बैठकमा भेलाहुन सूचनागरियो । खानाखाईगाउँलेहरु बैठकमा भेलाभए । अर्कसियादुई भाइपनिआए ।

मैले सबैलाई भेलाहुनेबारे कारण बताई तीदुवै भाइअर्क्सियासँग बृद्ध पितालाई वास्तानगरेको बारे प्रश्न गरेँ । तिनीहरुले ठाडो शब्दमाभने–हामीगरिब छौं, बडो मुस्किलले कमाएर बालबच्चाको पालनपोषण गर्छौं । पिताले कमाएर राखेको भएपो हामीपितालाई खुवाउँथ्यौं, हेरविचार गर्थौं । हामीआफैंलाई पुग्दैन, पितालाई के खुवाउने के हेरविचार गर्ने भनीजवाफदिए । उनीहरुको कुरा सुनीमलाई पनि सारै दुःखलाग्यो । मेरो मनमा कुरा आयो उनीहरु गरिब भएकोले होइन बरु पिताप्रतिश्रद्धा र प्रेमनभएकोले पितालाई खुवाउन समेत वास्तानगरेकाहुन् । मैले सम्झाएर भनेँ– हेर भाइहरु, गरिब भएकोले होइनपिताप्रतिश्रद्धा र प्रेम नभएको कारणलेनै तिमीहरुलेपितालाई वास्तानगरेको मलाई लागेको छ । आखिर काम गरी तिमीहरुले आफ्नो परिवार रजहानबच्चाहरुको पालनपोषण गरी नै रहेका छौ । अर्को एकदुईवटा बच्चाजन्मेपनितिमीहरुले पालनपोषण गर्ने नै छौ । श्रद्धा र प्रेमभएको भएपिताजीलाई पनि परिवारको एक जना सदस्यहो भन्ने सम्झीजो छ त्यही बाँडीचुँडी खाने थियौ र सेवापनिगथ्र्यौ !

Prabhu Bank
Agni Group
NIC Asia

पितालाई खुवाउन समेत वास्तानगरेको ठीक भएनभनी सम्झाउनप्रयास गरेँ । बृद्ध पितालाई खुवाउने, हेरविचार गर्ने छोराको धर्म हो र कानुनतःबाध्य कुरा पनिहो । त्यसैले पितालाई खुवाउन समेत वास्तानगरेको ठीक भएनभनी सम्झाएँ। पहिले त धर्मको कुरा वताएँ । धर्मको कुरा बताउँदै मैले सम्झाएँ– हेर भाइहरु,तिमीहरु बच्चा छँदा बाबुले तिमीलाई खुवाई, हेरविचार गरी र सबै तरहबाट रक्षा गरी हुर्काएको हो । त्यो बेलातिमीहरु असमर्थ थियौ । अबतिमीहरु जवानभएर कमाउनथाल्यौ । अबबाबु बृद्ध भयो, असक्तभयो । अबबाबुलाईखुवाउने र हेरविचार गर्ने तिम्रो पालो हो । बाबुले धनआर्जन गरी पछिको निम्तिपनिदिन सकेको भएझन् राम्रो हुने थियो । बढीधनआर्जन गरी दिननसकेपनितिमीहरुलाई पालनपोषण गरी ठूलो त बनाएकै छन् नि । 

तिमीहरुले बृद्ध पितालाई आफ्नो परिवारको सदस्य सम्झीखुवाउनु र हेरविचार गर्नु नै पर्छ । यो तिम्रो ठूलो धर्म हो । बाबु मरेपछि सेवागरुँभने पनित्यो अवसरपाइँदैन । आफ्नो धर्म र कर्तव्य निर्वाह गर्नुपर्छ । धर्म र कर्तव्यको कुरा नगर्ने हो भने पनिबाबुको ऋण तिर्न पनितिमीले बाबुलाई खुवाउनै पर्छ । कानुनअनुसारपनितिमीले अहिले जिउँदै वा मरेपछि पनि ऋण सधाउनै पर्ने हुन्छ । अबतिमीहरुमाथिबाबुलाई तिर्नु पर्ने ऋणको हिसाब गरौं । 

Global Ime bank

तिमीजन्मेदेखि १५–१६ वर्षसम्म त बाबुकै कमाइखाएको होला । १५–१६वर्षपछिनै तिमीहरुले कमाउनथालेकोहोला । बाबुको कमाइखाएको १५ वर्षसम्मकै मात्रप्रत्येक दिन १ पाउ (२५० ग्राम) चामलमात्रतिमीले खाएपनि एक महिनामा ३० पाउअर्थात् साढेसातकिलो चामलतिमीले खायौ । यसैगरी १ वर्षमा ९० किलो र १५ वर्षमा १३५० किलो अर्थात् १३ क्विन्टल ५० केजीचामलतिमीलेपिताको ऋण तिर्नु पर्ने भयो । अरु लत्ताकपडाआदिपनि हुन्छ । 

तिमीहरुलाई बाबुले १५ वर्षसम्मखुवाए । तिमीले त अबबाबुलाई कति नै खुवाउनु पर्ने हो र ! पिता ८०–८१ वर्षको भैसके, हदबाँचे अब २–३ वर्ष । तिमीहरुले त दुईतीनवर्ष मात्रखुवाएपनि पुग्छ । तिमीहरुलाई फाइदा नै छ । त्यसकारण धर्मको विचार गरी बृद्ध पितालाई खुवाउने र हेरविचार गर्ने  काम गर । होइन, धर्मतिर नलाग्ने भएबाबुको ऋण सधाउनेतिर लाग । 

आजगाउँले पञ्च सबैसमक्ष मैले मोटामोटी न्यूनतमहिसाबगर्दा तिमीदुईभाइमाप्रत्येकले पितालाई १३ क्विन्टल ५० केजीका दरले चामलतिर्नुपर्ने देखिएको छ । सो बमोजिममात्रभएपनितिमीहरुले बाबुको ऋण तिर । त्यसो गर्‍यौभने तिम्रो बृद्ध पिताको अरु कसैले पनि हेरविचार गरिदिन सक्नेछ । होइनधर्म सम्झीतिमीहरु बृद्धपिताको हेरविचार आफैं गर्न चाहन्छौ भने, त्यो झन् राम्रो भइहाल्यो । तिमीहरुकोभलो नै हुनेछ । तिमीहरु देखिगाउँलेहरु पनिखुसीहुनेछन् । आखिर पञ्चहरुलेनै गाउँलेहरुको धेरै विवादगाउँमै समाधानगर्ने गरेका छन् । मलाई आशा छ यो समस्यापनिपञ्चहरुले समाधानगर्नेछन् । 

मरेपछि ऋण सधाउनपर्‍यो भने भगवान्को अदालतमामुलाहिजा पटक्कै हुँदैन । एकएक पैसाको हिसाब गरी ब्याज समेत तिर्नुपर्ने हुन्छ । म विशेष के भनुँ,तिमीहरु आफैं सोच । मेरो कुरा सुनी भेलाभएकापञ्चभलाद्मीहरुले पनितिनीहरुलाई सम्झाए । दाजुले त केहीबोलेन, तर भाइचाहिँको मनमाबाबुप्रतिश्रद्धा र प्रेम जागृत भयो । बडो विनयी भै भाइचाहिँले सबैको सामुन्ने बाबुलाई खुवाउने र राम्रो हेरविचार गर्ने कुरा सकार्‍यो ।

आफूले सम्झाउँदा एउटा बृद्धको उपकार हुने भएकोले त्यो मेरो जीवनको एक अविस्मरणीय क्षण बन्नपुगेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १५:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC