इन्द्रराज सिंह
२०२२ सालको कुरा हो । म जिल्ला भूमिसुधार कार्यालय बारा, कलैयामा सहकारी सबइन्सपेक्टर थिएँ । कार्यालयबाट त्यहाँकापाँचपञ्चायतको जिम्मादिई मलाई वार्डवार्डमाभएको बचत भकारीको रेखदेख र सहकारिताको प्रचारप्रसारमा फिल्ड खटाइएको थियो । फत्तेपुर पञ्चायतको फत्तेपुर गाउँमा हेडक्वार्टर राखीआफ्नो जिम्मा रहेको पाँचपञ्चायतमाकामगर्थें ।
एक पटक जीतपुर गाउँपञ्चायतको एक गाउँमा रातिबास बस्ने गरी गएको थिएँ । दिउँसो वार्डको हिसाबखाताबही हेर्ने कामभयो । रातिगाउँलेहरुसँग बसी सहकारिताबारे कुराकानीगर्ने कार्यक्रमथियो ।
त्यो गाउँमादुईभाइअर्कसिया (काठ चिर्ने मान्छे) ले आफ्नो बृद्ध पिताको हेरविचार समेत नगरी बाबुलाई सारै दुःखीअवस्थामा राखेकोले गाउँलेहरुलाई समेत बडो अपसोच भएको रहेछ । प्रसङ्गवशएकजनापञ्चले पनितीअर्कसियाहरुको कुरा उठाउँदै तिनलाई सम्झाइदिनमलाई भन्नु भयो । गाउँलेहरुकोसमेत यस्तै आग्रहथियो । उनीहरुले भने– ‘‘तपाईं सहकारिताबारे धेरै राम्राराम्रा कुराहरु भन्नु हुन्छ, आजतपाईंले तीदुई भाइअर्क्सियालाई सम्झाई बृद्ध बाबुलाई खुवाउने र राम्रो हेरविचार गर्न मञ्जुरी गराउनु भएहामी सारै खुसीहुनेछौं ।’’ मैले भनेँ– राम्रो कुरा हो । मप्रयास गर्नेछु । राति सबैजनाबसौं र तीदुईभाइलाई पनिबोलाऊँ ।
गाउँको चौकिदारमार्फत् तीअर्कसियाहरु र अरु गाउँलेलाई पनि राति बैठकमा भेलाहुन सूचनागरियो । खानाखाईगाउँलेहरु बैठकमा भेलाभए । अर्कसियादुई भाइपनिआए ।
मैले सबैलाई भेलाहुनेबारे कारण बताई तीदुवै भाइअर्क्सियासँग बृद्ध पितालाई वास्तानगरेको बारे प्रश्न गरेँ । तिनीहरुले ठाडो शब्दमाभने–हामीगरिब छौं, बडो मुस्किलले कमाएर बालबच्चाको पालनपोषण गर्छौं । पिताले कमाएर राखेको भएपो हामीपितालाई खुवाउँथ्यौं, हेरविचार गर्थौं । हामीआफैंलाई पुग्दैन, पितालाई के खुवाउने के हेरविचार गर्ने भनीजवाफदिए । उनीहरुको कुरा सुनीमलाई पनि सारै दुःखलाग्यो । मेरो मनमा कुरा आयो उनीहरु गरिब भएकोले होइन बरु पिताप्रतिश्रद्धा र प्रेमनभएकोले पितालाई खुवाउन समेत वास्तानगरेकाहुन् । मैले सम्झाएर भनेँ– हेर भाइहरु, गरिब भएकोले होइनपिताप्रतिश्रद्धा र प्रेम नभएको कारणलेनै तिमीहरुलेपितालाई वास्तानगरेको मलाई लागेको छ । आखिर काम गरी तिमीहरुले आफ्नो परिवार रजहानबच्चाहरुको पालनपोषण गरी नै रहेका छौ । अर्को एकदुईवटा बच्चाजन्मेपनितिमीहरुले पालनपोषण गर्ने नै छौ । श्रद्धा र प्रेमभएको भएपिताजीलाई पनि परिवारको एक जना सदस्यहो भन्ने सम्झीजो छ त्यही बाँडीचुँडी खाने थियौ र सेवापनिगथ्र्यौ !
पितालाई खुवाउन समेत वास्तानगरेको ठीक भएनभनी सम्झाउनप्रयास गरेँ । बृद्ध पितालाई खुवाउने, हेरविचार गर्ने छोराको धर्म हो र कानुनतःबाध्य कुरा पनिहो । त्यसैले पितालाई खुवाउन समेत वास्तानगरेको ठीक भएनभनी सम्झाएँ। पहिले त धर्मको कुरा वताएँ । धर्मको कुरा बताउँदै मैले सम्झाएँ– हेर भाइहरु,तिमीहरु बच्चा छँदा बाबुले तिमीलाई खुवाई, हेरविचार गरी र सबै तरहबाट रक्षा गरी हुर्काएको हो । त्यो बेलातिमीहरु असमर्थ थियौ । अबतिमीहरु जवानभएर कमाउनथाल्यौ । अबबाबु बृद्ध भयो, असक्तभयो । अबबाबुलाईखुवाउने र हेरविचार गर्ने तिम्रो पालो हो । बाबुले धनआर्जन गरी पछिको निम्तिपनिदिन सकेको भएझन् राम्रो हुने थियो । बढीधनआर्जन गरी दिननसकेपनितिमीहरुलाई पालनपोषण गरी ठूलो त बनाएकै छन् नि ।
तिमीहरुले बृद्ध पितालाई आफ्नो परिवारको सदस्य सम्झीखुवाउनु र हेरविचार गर्नु नै पर्छ । यो तिम्रो ठूलो धर्म हो । बाबु मरेपछि सेवागरुँभने पनित्यो अवसरपाइँदैन । आफ्नो धर्म र कर्तव्य निर्वाह गर्नुपर्छ । धर्म र कर्तव्यको कुरा नगर्ने हो भने पनिबाबुको ऋण तिर्न पनितिमीले बाबुलाई खुवाउनै पर्छ । कानुनअनुसारपनितिमीले अहिले जिउँदै वा मरेपछि पनि ऋण सधाउनै पर्ने हुन्छ । अबतिमीहरुमाथिबाबुलाई तिर्नु पर्ने ऋणको हिसाब गरौं ।
तिमीजन्मेदेखि १५–१६ वर्षसम्म त बाबुकै कमाइखाएको होला । १५–१६वर्षपछिनै तिमीहरुले कमाउनथालेकोहोला । बाबुको कमाइखाएको १५ वर्षसम्मकै मात्रप्रत्येक दिन १ पाउ (२५० ग्राम) चामलमात्रतिमीले खाएपनि एक महिनामा ३० पाउअर्थात् साढेसातकिलो चामलतिमीले खायौ । यसैगरी १ वर्षमा ९० किलो र १५ वर्षमा १३५० किलो अर्थात् १३ क्विन्टल ५० केजीचामलतिमीलेपिताको ऋण तिर्नु पर्ने भयो । अरु लत्ताकपडाआदिपनि हुन्छ ।
तिमीहरुलाई बाबुले १५ वर्षसम्मखुवाए । तिमीले त अबबाबुलाई कति नै खुवाउनु पर्ने हो र ! पिता ८०–८१ वर्षको भैसके, हदबाँचे अब २–३ वर्ष । तिमीहरुले त दुईतीनवर्ष मात्रखुवाएपनि पुग्छ । तिमीहरुलाई फाइदा नै छ । त्यसकारण धर्मको विचार गरी बृद्ध पितालाई खुवाउने र हेरविचार गर्ने काम गर । होइन, धर्मतिर नलाग्ने भएबाबुको ऋण सधाउनेतिर लाग ।
आजगाउँले पञ्च सबैसमक्ष मैले मोटामोटी न्यूनतमहिसाबगर्दा तिमीदुईभाइमाप्रत्येकले पितालाई १३ क्विन्टल ५० केजीका दरले चामलतिर्नुपर्ने देखिएको छ । सो बमोजिममात्रभएपनितिमीहरुले बाबुको ऋण तिर । त्यसो गर्यौभने तिम्रो बृद्ध पिताको अरु कसैले पनि हेरविचार गरिदिन सक्नेछ । होइनधर्म सम्झीतिमीहरु बृद्धपिताको हेरविचार आफैं गर्न चाहन्छौ भने, त्यो झन् राम्रो भइहाल्यो । तिमीहरुकोभलो नै हुनेछ । तिमीहरु देखिगाउँलेहरु पनिखुसीहुनेछन् । आखिर पञ्चहरुलेनै गाउँलेहरुको धेरै विवादगाउँमै समाधानगर्ने गरेका छन् । मलाई आशा छ यो समस्यापनिपञ्चहरुले समाधानगर्नेछन् ।
मरेपछि ऋण सधाउनपर्यो भने भगवान्को अदालतमामुलाहिजा पटक्कै हुँदैन । एकएक पैसाको हिसाब गरी ब्याज समेत तिर्नुपर्ने हुन्छ । म विशेष के भनुँ,तिमीहरु आफैं सोच । मेरो कुरा सुनी भेलाभएकापञ्चभलाद्मीहरुले पनितिनीहरुलाई सम्झाए । दाजुले त केहीबोलेन, तर भाइचाहिँको मनमाबाबुप्रतिश्रद्धा र प्रेम जागृत भयो । बडो विनयी भै भाइचाहिँले सबैको सामुन्ने बाबुलाई खुवाउने र राम्रो हेरविचार गर्ने कुरा सकार्यो ।
आफूले सम्झाउँदा एउटा बृद्धको उपकार हुने भएकोले त्यो मेरो जीवनको एक अविस्मरणीय क्षण बन्नपुगेको थियो ।