site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हाचिको भेट्न सिबुया
Ghorahi CementGhorahi Cement

मीनराज बसन्त

एकः

केही समयअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका जनप्रतिनिधिले छाडा कुकुरलाई व्यवस्थित गर्ने भन्दै धोबी–धुलाइ गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । पसलजस्तो देखिने घरको अगाडि उभिएको कुकुरलाई एकजनाले डोरी लगाई नियन्त्रणमा लिन्छन् । र, अर्कोले चिर्पटले मरणासन्न हुने गरी चुट्छन् । बीचमा भाग्न, बाँच्न कुकुर उफ्रिन्छ । तर नियन्त्रणमा परेपछि सक्दैन । लगातारको प्रहारपछि ऊ ढल्छ । ढलेपछि पनि प्रहारको सिलसिला रोकिँदैन । अन्त्यमा मर्‍यो भन्ठाने पछि उसलाई घिसार्दै लगिन्छ । कुनै फिल्मी दृश्य जस्तो लाग्ने (फिल्ममा पनि यस्तो कहाँ हुन्छ र ?) निर्मम तर यथार्थ घटनाको साक्षी उक्त भिडियो हेरेपछि मेरा आँसु थामिएनन् । अलि कोमल स्वभावको र भावुक जो छु । 

Agni Group


दुईः

‘यो कुकुर होइन, मेरो छोरा हो’ यो कुरा व्यवसायी अमन तामाङले भनेका हुन् । बीबीसी नेपालीसँग भिडियो कुराकानी गर्दै आफ्नो टिबेटन म्यास्टिफ जातको कुकुरबारे उनले यसो भनेका थिए । तीन महिनाको हुँदा चीनबाट मगाउँदा त्यसको मूल्य उतिबेला साढे दुई लाख रुपैयाँ थियो । उक्त कुकुरका लागि खानामा मात्र मासिक ३५ हजारसम्म खर्च हुँदो रहेछ । भ्याक्सिन देखि साबुन–स्याम्पुसम्म बजेट छुट्याउने अमनले म्यास्टिफ आफ्नो परिवार रहेको र उसकालागि पनि आफूले कमाउनु पर्छ भनेको सुन्दा फेरि कुकुरप्रति प्रेम र सम्मान पनि जाग्यो । 

Global Ime bank

माथिका यी दुवै फरक प्रकृति र सन्दर्भका घटना हुन् । यस्तै घटनाले मलाई हाचिकोको सम्झना गराउँछ । सडक छेउछाउमा जब अपहेलित, घाइते वा मायालु कुकुर देख्छु, त्यतिखेर पनि सम्झना हाचिकोकै आउँछ । सबै कुकुरलाई हाचिकोको सङ्ज्ञा दिन त मिल्दैन, तर प्राकृतिक संरचना एउटै देख्दा त्यसको झल्को आउनु अन्यथा होइन । 

०००

हिजोआज किताब र फिल्म मेरो वुद्धिबिलासका साधन बनिरहेका छन् । तर यीदुवै फरकफरक कुरा हुन्भन्ने कुरामाम सचेत छु । धेरै अर्थमा मलाई फिल्मभन्दा किताब नै प्रिय लाग्छन् । मन पर्छन् । किताबबाट आउने सुबास, त्यसको स्पर्श र किताब पढेर गर्न सकिने कल्पना सायदै फिल्म हेरेर गर्न सकिएला । तर फिल्मले हाम्रो कल्पनाशक्तिको आयतनलाई खुम्चाइरहेको पनि एउटा कोणबाट सत्य हो । 

स्टिफनकिङको भाषामा भन्ने हो किताब र फिल्म भनेका स्याउ र सुन्तला जस्तै हुन् । दुवै फलफूल त हुन्, तर स्वाद बिलकुलै फरक । किङको यो भनाइप्रति मेरो आंशिक सहमति छ ।किनकि स्याउको स्वादका लागि सुन्तला खानु मूर्खतासिवाय अरू केही हुँदैन । 

कहिलेकाहीँ किताबले जस्तै फिल्मले पनि दर्शक भित्र हुटहुटी जगाइदिने काम गर्छ । त्यसका केहीपात्र, चयनित स्थान र दृश्यले दर्शकलाई कतिबेला त्यहाँ पुगूँ भन्ने बनाइदिन्छ । किताबको सन्दर्भमा कुरा गर्दा, त्यहाँका शब्दलाई पाठक आफैंले सेट निर्माण गर्दै, कल्पनागर्दै, पढ्नुपर्ने हुन्छ । अमेरिकी गीत–सङ्गीतकार ट्रेन्ट रेज्नर भन्छन्, ‘‘फिल्मभन्दा किताब नै उत्तम हुन् । किनकि तपाईंले सेटको निर्माण त्यसरी नै गर्नुहुन्छ, जसरी हेर्न चाहनुहुन्छ ।’’

यस्तै क्रममा केहीफिल्म हेरेपछि मलाई तत्तत् स्थानसम्म पुग्ने तीव्र आकाङ्क्षा पलायो । तपाईंहरूलाई पनि यस्तो भएको हुन सक्छ वा हुन्छ होला पनि । उसो त सबै फिल्म हेरेर वा किताब पढेर निर्देशित–लिखित स्थानसम्म पुग्न सम्भव हुँदैन । नहुँदा नहुँदै पनि मन भने पुग्छ । अनि शरीर पुग्न चाहन्छ । जब दुई फिल्म– ‘हाचिको’ र ‘माझी द माउन्टेन म्यान’ हेरेँ त्यसपछि जीवनको कुनै कालखण्डमा क्रमशःहाचिको आफ्नो प्रोफेसरलाई नित्यपर्खिरहने स्टेसन सिबुया, जापान र दशरथ माझीले कडा परिश्रमका साथ हम्मरले चट्टानी पहाड काटेर निकालेको सडक एवम् गाउँ हेर्न बिहारस्थित गेहलौर जाने मन भयो । तीदुई स्थानमा एकपटक पुग्छु भन्ने आफैंसँग सङ्कल्पगरेँ । थाहा छैन, कसरी यस्तो मीठो सपनाको माकुरे जालोमा अल्झिएँ । 

सौभाग्य नै भन्नुपर्छ ! दूरी, खर्च अनिआवत–जावतको हिसाबले नजिक पर्ने गेहलौ र भन्दा पहिले टोकियो, जापान पुगेँ । त्यहाँ पुगेपछि कम्तीमा सिबुयान पुगूँ, यो हुनै सक्दैनथ्यो । बरू विविध कारणले हिरोसिमा–नागासाकी पुग्न सकिनँ । डिज्नी ल्यान्डर स्काई ट्री घुम्न भ्याइनँ । तर हाचिको भेट्न सिबुया पुगेरै छोडेँ ।

रियलहाचीको

सन् १९२३ माओदाते सहर नजिकै अकिता प्रिफेक्चरमा जन्मेको अकिता जातको कुकुर हो, हाचिको । हाचिको अर्थात् एउटा बफादार कुकुर । जापानमा वफादारीको पर्याय बनिसकेको हाचिकोलाई हिदेसाबुरो उएनोले सिबुयास्थित आफ्नो घर ल्याएर पालेका थिए । उनी टोकियोस्थित तत्कालीन इम्पेरियल विश्व–विद्यालयका प्राध्यापक थिए । जब उएनो दैनिक विश्व–विद्यालय जान्थे,हाचिको उनलाई छोड्न सिबुया स्टेसन सम्म पुग्थ्यो । घर फर्किंदा पनि त्यहीँ पुगेर हाचिको आफ्नो मालिकको प्रतीक्षा गरिबस्थ्यो । यसरी उनीहरू सँगै घर फर्किन्थे । 

सन् १९२५ को एक दिन । ब्रेन ह्यामरेज काकारण विश्व–विद्यालयमै उएनोको मृत्यु हुन्छ । बिहान मालिकलाई छोडेको हाचिको दिउँसो लिनउही पुरानो ठाउँ पुग्छ । पर्खिन्छ, पर्खिन्छ तर उएनो फर्केर आउँदैनन् । 

यसबीचमा थुप्रै वसन्त ऋतु बहार बोकेर आउँछन् । थुप्रै शिशिरले उजाडेर लैजान्छन् । हिउँ खस्छ । पानी पर्छ । तर हाचिको भने मालिक फर्कने समयमा स्टेसन पुग्न छोड्दैन । यसरी उसले नौ वर्ष नौ महिना १५ दिन पर्खाइमै गुजार्छ । र, मार्च १९३५ (११वर्षको उमेर) माउसको मृत्यु हुन्छ । धैरेपछि गएर हाचिकोको मालिक प्रतिको प्रेम, बफादारी र विश्वासलाई लिएर १९८७ मा जापानमै फिल्म बन्यो, हाचिको मोनोगातरी (हाचिको किंवदन्ती) । बक्सअफिसमा त्यो वर्षको सर्वाधिक हिट फिल्म । जसलाई काजुयोसी ओकुयामा र ज्युनइचीसिन्दोले मिलेर बनाए । यसमा सेइजिरो कोयामाको निर्देशन थियो । 

फिल्म र फिल्म

सन् २००९ मा रिलिजभएको फिल्महो– हाचीः अ डग्स टेल । सन् १९८७माबनेको ‘हाचिको मोनोगातरी’को अङ्ग्रेजी भर्जन मानिन्छ । जसलाई लेजस हलस्ट्रोमले निर्देशन गरेका छन् । तर जापानीजबाट अङ्ग्रेजीमागएसँगै फिल्ममा केही फरकपनपनि देखिन्छ । (यहाँनेर दुवै फिल्मको कथासारांश लेखेर यो लेख तन्काउनचाहिनँ ।) हामीमध्ये धेरैले ‘हाचीः अ डग्स टेल’ त हेर्‍यौं होला । तर ओरिजिनल ‘हाचिको मोनोगातरी’ हेरेका छैनौ कि ! मैले पनि जापानबाट फर्केपछि मात्रै हेरेको हुँ । जब यो हेरेँलाग्यो, वास्तविककथानक हेरेकोझैंलाग्यो । जस्तो किजापानिज भर्जनमाअकिताजातिको कुकुर प्रोफेसरलाई उपहारस्वरुप घरमै पु¥याइएको छ भने अङ्ग्रेजी भर्जनमाजाँदाबीच बाटोमा टोकरी खसेर त्यसबाट ऊ निस्केर भागेको छ । यस्तै दुवै फिल्मको कथा उठान र बैठान पनिअलगअलगतरिकाले गरिएको छ । यीबाहेक धेरैकुरा रिमेक गरिएको फिल्ममा छुटेको महसुस हुन्छ । 

सिबुया स्टेसन

मृत्युपछि हाचिकोको प्रशंसा चारैतर्फ फैलियो । मृत्युपूर्व पनि, प्रोफेसरलाई कुरिरहेको बेला ‘आसाहीसिम्बुन’नामकपत्रिकामा ऊ छापियो । उसबारे सुनेर त्यहाँका स्थानीयले पैसा जम्मा गरे । र, सिबुया स्टेसन बाहिर स्ट्याचु बनाए । तर दोस्रो विश्व युद्धको समयमात्यो छिन्नभिन्न भयो । त्यसपछि सन् १९४८ मा फेरि त्यसको पुनःनिर्माण भयो । आजसिबुयाहाचिकोको सम्झनालाई जोगाइराख्ने ठाउँ मात्रै होइनपर्यटकीय स्थलपनिबनेको छ । यस्तै प्रत्येक वर्ष मार्च ८ कादिन ‘च्युकेन हाचिको मातसुरी’ समारोह हुँदोरहेछ । हाचिकोप्रति सम्मानव्यक्तगर्दै जीवन्त प्रेम, अटुट विश्वास र जीवनभरको साथकालागिकसमपनिखाइने कुरा त्यहीँपुगेर थाहाभयो । 

०००

फराकिलो ठाउँ । अर्ध चन्द्राकारमा सामूहिक रुपमा बस्ने कुर्सी । वरिपरि साकुराका वृक्षहरू । र, बीचमा मस्टो आकारमा ठडिएको एउटा उँचो चौको । त्यसैमाथि पछाडिका दुई खुट्टामारी अगाडिका दुई खुट्टा टेकेर उभिएको छ हाचिको याने किउसको स्ट्याचु । हेर्दा आँखा चिम्लिए जस्तो लाग्ने । बोलाउँदा बोल्छ जस्तो पनि । रङमा स्वर्ण–खैरो । त्यसकै तल जापानी भाषामा लेखिएको छ– च्युकेन हाचिको । अर्थात् बफादार कुकुर, हाचिको । यो दृश्य सिबुया स्टेसन बाहिरको हो । 

अप्रिल अन्तिम साता म सिबुया पुग्दा हिउँ परिरहेको थिएन । बरू चरक्क चर्किएको थियो घाम । न त्यहाँ फिल्ममा देखिएको जस्तो हाचिको बस्ने गोलो चौतारी थियो न त्यो पुरानो संरचना । पछि पो थाहा पाएँ उक्त फिल्म वुनसकेट रोड–आइल्यान्डमा छायाङ्कन भएको रहेछ । सिबुयामा खोजेर के पाइन्थ्यो र ? तर पनि सिबुयाका रेल–पटरी देख्दा हिउँले ढपक्क ढाकिएको सम्झिएँ । रोकिएका रेल देख्दाकतै त्यसको मुनिहाचिको लुकेको छ किभन्ने पनिलाग्यो । किन कि फिल्ममा त्यही दृश्य बढी जीवन्त देखाइएको छ । 

त्यसै त जापान व्यस्त देश । व्यस्त मान्छे र तिनैका कारण अति व्यस्त बनिरहेका हरेक स्टेसन । गोल्डेन विक चलिरहेकोले गर्दा पनि होला, भीडभाड झेलि नसक्नुको थियो । त्यही भीड छिचोलेर हाचिकोको स्ट्याचु अगाडि उभिएँ । र, एउटा फोटो खिचाएँ । मेरा लागि यो स्वर्णिम पलथियो जीवनको । अनि साथीरूसँग फर्किएँ । 

तर हाचीको भने आफ्नो मालिकलाई अझै पनि पर्खिरहेकै छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC