site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोही चेतना जगाउँदै, कोही भ्रम सिर्जना गर्दै– कमाउँदै
Ghorahi CementGhorahi Cement

संसारलाई सन्त्रस्त बनाइरहेको कोरोना भाइरसविरुद्ध जनचेतना फैलाउने गीत सार्वजनिक भएका छन् । विश्वमा महामारीकै रुपमा फैलिएको कोरोना भाइरसबाट कसरी जोगिने भनेर चेतना जगाउने सन्देशयुक्त गीत सार्वजनिक भएका हुन् ।

चीनबाट केही समयअगाडि विश्वभर फैलिएको कोरोनाबाट कसरी आफू जोगिने र अरुलाई पनि जोगाउने भनेर गीतमा सन्देश दिन खोजिएको छ । रोगभन्दा बढी त्रास फैलिएको भन्दै भ्रममा नपर्न पनि गीतले सुझाएको छ । 

मास्क तथा स्यानिटाइजर लगाउने, भीडभाडमा नजाने, सुख्खा रुघाखोकी तथा हाच्छ्युँ आएका खण्डमा स्वास्थ्य संस्था जाने, हात नमिलाउने, लसुन, अदुवा तथा तातो पदार्थ खाने र घाममा बस्ने सन्देश दिँदै सविन लामाको शब्द रचना तथा विनय केटुको सङ्गीत रहेको गीत मेलिना राई, विनय कार्की, सविन लामा र ससन कणेलले गाएका छन् । 

Agni Group

गीतको म्युजिक भिडियोमा सरोज खनाल, उत्तम केसी, दमन रुपाखेती, सुबास गजुरेल, शिशिर भण्डारीलगायतले अभिनय गरेको छन् भने जनकराज अधिकारीले यसलाई खिचेका हुन् । विकास दाहालले सम्पादन गरेको भिडियो ससन कणेलले निर्देशन गरेका हुन् । 

Global Ime bank

आयो कोरोना... बोलको अर्को गीत बाबु, कर्साङ, सन्तोष र आकाशले गाएका छन् । जेम्स तामाङको ¥याप रहेको गीत बाबु जिम्बाले लेखेका हुन् । लोकलयमा आधारित यस गीतको सङ्गीत कर्साङ लामाले गरेका छन् । 

आशीष जिम्बाले खिचेको गीतको भिडियो निर्देशन बाबु जिम्बाले गरेका छन् । रामचन्द्र अधिकारी र सुरवीर पण्डितलगायतले यसमा अभिनय गरेका छन् । 

गीतले कोरोना भाइरस कसरी सर्छ र यसबाट बच्ने उपाय पनि सुझाएको छ । सहरदेखि गाउँसम्म मास्क लगाएर हिँड्न, खानपानमा ध्यान दिन, एक्सरसाइज गर्न र नाचेर शरीर तताउन सन्देश दिइएको छ ।

गीतले भीडभाडमा नजान आग्रह गरे पनि भिडियो भने ठूलो भीड जम्मा गरेर खिचिएको छ । भीडमा जानु हुँदैन भन्दै भीड नै जम्मा गरेर छायाङ्कन गरिएको गीतको भिडियो निर्देशकमा अक्कल नपुग्दा सकारात्मक सन्देश दिन खोज्दा गलत सन्देश जाने सम्भावना पनि रहेको छ ।  

राजु परियार पनि कोरोनाविरुद्धको चेतनामूलक गीत लिएर आइपुगेका छन् । दोहोरीमा राजुलाई मञ्जु सुनाले साथ दिएकी छन् । शब्द रचना तथा सङ्गीत रोमहर्ष भण्डारीको रहेको गीतले कोरोना सर्ने तरिका र बच्ने उपाय सुझाएको छ । 

गीतले कोरोनाको महामारीको समयमा नाजायज फाइदा उठाउँदै कालोबजारी मौलाउन सक्ने चेतावनी त दिएको छ नै साथमा कोरोना काल बनेर आउन सक्ने भन्दै घरबाहिर ननिस्किन सचेत पनि गराएको छ । भ्रममा नपर्ने र लापरवाही नगरे कोरोनाबाट सुरक्षित रहन सक्ने गीतमा सन्देश छ । 

रेशम सापकोटा र मञ्जु गुरुङको स्वरमा पनि कोरोनासम्बन्धी गीत सार्वजनिक भएको छ । शब्द–सङ्गीत पनि रेशम सापकोटाकै रहेको गीतको भिडियो पनि उनैले निर्देशन गरेका छन् । 

कोरोना भाइरस सर्ने तरिका र बच्ने उपाय सुझाउन खोजिएको गीत पनि भ्रमपूर्ण नै छ । भीडमा नपर्नु भन्दै निर्माण गरिएको गीतको भिडियोमा भीड नै जम्मा गरिएको छ । 

कोरोना लाग्नासाथ ज्यान लिने भन्दै गलत सन्देश दिएको गीतमा अमेरिका र चाइना हार खाएको बताइएको छ । दोहोरी फम्र्याटमा तयार गरिएको गीतले पनि खाली समय र मौकाको फाइदा उठाउने प्रयास गरेको देखिन्छ । झट्ट सुन्दा ठीकै लागे पनि गीतमा प्रयोग भएका शब्दले के अर्थ दिन्छ र दर्शक तथा स्रोताले के बुझ्छन् भन्नेमा सर्जक सचेत हुन सकेको देखिँदैन । 

कोरोना भाइरसका लक्षण, सचेत हुने तरिकाबारे चेतना जगाउने अर्को गीत हो, सरोज ओलीको । दीपक शर्माले सङ्गीत भरेको गीत डेभिड शङ्कर र बेनिशा पौडेलले गाएका छन् । शङ्कर धितालले निर्देशन गरेको भिडियोमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, सरोज खनाल, सुनिल थापा, सरिता लामिछाने, शम्भुजित बाँस्कोटालगायत फिचर्ड छन् । 

गीतमा कोरोनाका लक्षण र बच्ने तरिका सिकाइएको छ । सरकारले जारी गरेको हात धुने तरिका, हाच्छ्युँ गर्दा अपनाउनुपर्ने सजगतालगायतका जानकारी भिडियोमा समावेश छ । यो छोटो भिडियोलाई उपयोगी मान्न सकिन्छ । 

पुरुषोत्तम न्यौपाने र माया गुरुङले पनि कोरोनाविरुद्ध सचेतना जगाउन दोहोरी गीत सार्वजनिक गरेका छन् । मिर्मीमुनि काली थुनेको भाकामा गाइएको दोहोरीले कोरोनाको लक्षण, सङ्क्रमणबाट बच्ने तरिका बताएको छ ।

एकजना कोरोनाबारे सोध्ने र एकजनाले जानकारी दिइएको छ । तारानाथ आचार्यले निर्देशन गरेको भिडियो दोहोरी गायनकै फम्र्याटमा छ । यो गीतको भिडियोमा पनि ठूलै सङ्ख्यामा स्क्रिनमा कलाकार देखिन्छन् । 


अर्को चेतनामस्लक भिडियो निर्माण गरेका छन्, पशुपति शर्माले । मास्क लगाउन, साबुनपानीले हात धुन, भीडभाडमा नजान आग्रह गर्दै उनले निर्माण गरेको भिडियोमा भने आर्थिक लाभका लागि भन्दा पनि आमनागरिकलाई सचेत गराउने उद्देश्य स्पष्टै देखिन्छ । 

कोरोना भाइरसको सङ्क्रमणले विश्व नै आक्रान्त भइरहेका बेला यसबाट सचेत रहन कलाकारहरुले आवाज उठाउँदै आएका छन् । केही गायकगायिकाले गीतमार्फत् नै चेतना जगाउने प्रयास गरेका छन् भने फिल्मी कलाकारहरुले भिडियो सन्देश तथा स्टाटसमार्फत् सचेत रहन आग्रह गर्दै आएका छन् । 

चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका अधिकांश देशमा फैलिसकेको छ । यसबाट २७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । 

विडम्बना नै भन्नुपर्छ, यसको संवेदना नबुझी केवल कमाउनकै लागि अहिले युट्युबमा गीत, र्यापसहित थुप्रै सामग्री अपलोड गरिएका छन् । तथापि, यो अप्ठ्यारो घडीमा केहीले साँच्चै सचेत गराउने उद्देश्यले चेतनामूलक सामग्री राखेका देखिन्छन् भने केही मौकाको फाइदा उठाउँदै कमाउने नियतले उत्पादन तथा प्रशारणमा लागेको भेटिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC