site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लकडाउनमा कठोर बन्दै प्रहरी, पक्राउ गर्न विशेष फोर्स
Ghorahi CementGhorahi Cement

काठमाडौं । जनस्वास्थ्यलाई मध्यनगर गर्दै सरकारले आह्वान गरेको लकडाउनको अवज्ञा गर्ने क्रम बढेपछि प्रहरी कठोर बन्ने भएको छ । बिना काम नागरिक सडकमा आउने, मर्निङ वाकलगायतमा निस्कने क्रम नरोकिएपछि प्रहरी कठोर रुपमा प्रस्तुत् हुन लागेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौंसहित महातका तीनओटै जिल्लाका प्रहरी परिषरलाई लकडाउनको अवज्ञा गर्नेविरुद्ध कडाईका साथ प्रस्तुत् हुन निर्देशन दिएको छ । 

रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले भने, “सुरुका केही दिन नागरिकका लागि लकडाउन नयाँ थियो । यसअघि माइकिङ र सडकमा गुडेका सवारी साधनलाई सम्झाइबुझाइ छाडेका थियौं । तर अब त्यो अवस्था छैन । अब पनि अवज्ञा गर्नेलाई तत्काल नियन्त्रणमा लिन्छौं ।”

Agni Group

अत्यावश्यक कामका लागि निस्केकालाई भने कुनै अवरोधल नगरिएको उनले बताए । लकडाउन अन्य समयभन्दा केही फरक भएको भन्दै यसमा सबैभन्दा बढी जिम्मेवार स्वयंम हुनुपर्ने सरकारका मन्त्रीदेखि सबैले बताउँदै आएका छन् । नेपालमा हालसम्म चारजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

सरकारले व्यक्तिव्यक्तिबीचको दूरी कायम गर्दै अत्यावश्यक वस्तु किन्न पाउने व्यवस्था समेत लागु गरेको छ । डीआईजी पोखरेलले भने, “यो मानव समाजकै लागि ठूलो महामारी हो । एकजनाको गल्तीको सिकार पूरै समाज हुनसक्छ । त्यसैले अनावश्यक रुपमा बाहिर ननिस्कौं । अत्यावश्यक काममा हामीले पनि सहजीकरण गरिदिएकै छौं । हामी जनताकै सुरक्षाका लागि खटिएका हौं ।” 

Global Ime bank

पछिल्लो समय प्रहरीले लकडाउनको अवज्ञा गर्नेलाई धमाधम नियन्त्रणमा लिन थालेको छ ।

पक्राउ गर्न विशेष फोर्स

प्रहरीले लकडाउनको अवज्ञा लगायत अन्य अवस्थामा पक्राउ गर्न विशेष फोर्स (टोली) गठन गर्न लागेको छ । प्रहरीलाई समेत संक्रमणको जोखिम बढ्नसक्ने भन्दै आवश्यक बचावटको समाग्रीसहित नियन्त्रण÷पक्राउ गर्न छुट्टै टोली गठन गर्न लागिएको हो । डीआईजी पोखरेलले यसबारे आवश्यक गृहकार्य भइरहेको बताए ।

यस्तै काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्नेलाई प्रविधिको प्रयोग गरी प्रहरीले नियन्त्रणमा लिन थालेको छ । लकडाउन उल्लघन गरी हिँड्नेलाई नियन्त्रणमा लिन महानगरीय प्रहरी कार्यालयले मातहतका कार्यालयहरूलाई १५ थान Multifunctional Arrest and Rescue Device दिएको छ ।

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कनुस भित्रै बस्नू भन्दाभन्दै  केही मानिस बिना काम बाहिर निस्किरहेकाले नियन्त्रणमा लिँदा प्रहरीलाई पनि खतरा हुन सक्ने भएकाले जोखिम कम गर्न डिभाइसको सहायताले नियन्त्रणमा लिन लागिएको पोखरेलले जानकारी दिए ।

नियन्त्रण लिनु पर्ने मानिस भन्दा २÷३ मिटर टाढैबाट नियन्त्रणमा लिन सकिने पोखरेलले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC