site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
समय जुरायो लकडाउनले : कलाकार
Sarbottam CementSarbottam Cement

नरेश फुयाँल


सुरक्षा (पन्त)का औंला कागज र किवोर्डमा मात्रै होइन क्यानभास रङ्गहरुको अर्थपूर्ण संयोजन गर्ने कुचीमा पनि चल्थे । तर इन्जिनियरिङको पढाई, अभिनयको काम अनि काठमाडौंको दौडधुप,  क्यानभासमा उनले रङ् पोत्न छोडेको थुप्रै भयो । कुची उनका लागि बिरानो बन्दै गयो । कहिलेकाँही त उनलाई लाग्छ अब रङ पोतिनेभन्दा पनि लत्पतिने पो हो की ? तर अब क्यानभासमा लकपिन लागेका औंलालाई उनी फेरी सिल्पी बनाउँन खोज्दैछिन् । त्यसका लागि रङ् र कुचीको जोहो गरिसकेकी छिन् । लक डाउनमा घरबाहिर निस्किनु नपरेपछि सुरक्षा पुन : एकपटक कुची समाएर रङ्हरुमार्फत आफूलाई मनलागेको कुरा क्यानभासमा भन्न तम्सिएकी छिन् । 

सुरक्षालाई बिहीबार टेलिफोन गर्दा उनी चलचित्र हेरिरहेकी थिइन् । दिनकै दुईतीन ओटा चलचित्र हेर्नु उनको अहिलेको दैनिकी हो भने पनि हुन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कुन दिन के गर्ने समयतालिका बनाएर नै उनी लकडाउनमा आफूलाई व्यवथित गरिरहेकी छिन् । त्यसो त उनी यही बेला थेसिसको पनि काम गरिरहेकी छिन् । 

“चलचित्र हेर्ने, पुस्तक पढ्ने काम भइरहेको छ,” सुरक्षा भन्छिन्, “दुईतीनवटा स्क्रिप्ट पनि पढेँ तर मन परेन । केही सर्ट मुभीको स्क्रिप्ट पनि आएको छ । त्यो पनि पढ्दैछु ।” घरमै बस्नुपर्ने यो समयमा उनी सर्टमुभीको कथा लेख्ने सोचमा पनि छिन् । 

Global Ime bank

यसबाहेक दैनिक कोरोनाको संक्रमण, जोखिम, अवस्था तथा सरकार तथा निजी क्षेत्रको दैनिक अपडेट लिइरहेकी उनी आफ्नो भ्वाइस प्रयाक्टिस पनि गरिरहेकी छिन् । 

“व्यस्थताका कारण भ्वाइसमा धेरै काम गर्न सकिरहेको थिइनँ । तर यो फुर्सदिलो समयमा भ्वाइसको प्राक्टिस गरिहेको छु,” उनी भन्छिन्, “केही भ्वाइस मोवाइलमा रेकर्ड गरेर राखेको पनि छु, चलचित्रको कुनै क्यारेक्टरमा काम लाग्न सक्छ भनेर ।” भ्वाइसमा क्यारेक्टर खोज्ने उनको प्रयास हो । उनलाई यो अवसर जुटाइएिको हो, लक डाउनले । 

विश्वभर महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९)का कारण अहिले नेपाल लकडाउन छ । नागरिक घरभित्र छन् । सरकारले नेपालमा यसले महामारीको रूप नलियोस् भनेर देश लकडाउन गरेको हो । लकडाउनसँगै देश नागरिक घरभित्र छन् । दैनिक कामकाज छोडेर घरभित्र बसेका अभिनेता तथा अभिनेत्रीहरु के गरिरहेका छन् । कसले कसरी समय कटाइरहेको छ ? 

विश्वभर महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९)का कारण अहिले नेपाल लकडाउन छ । नागरिक घरभित्र छन् । यसले महामारीको रूप नलियोस् भनेर सरकारले लकडाउन गरेको हो ।

लकडाउनसँगै दैनिक कामकाज छोडेर घरभित्र बसेका अभिनेता तथा अभिनेत्रीहरु के गरिरहेका छन्, कसले कसरी समय कटाइरहेको छ ? हामीले केही केही कलाकारसँग कुराकानी गरेका छौं । 

महामारीको विपत्तिले मनोवैज्ञानिक त्रास र भ्रम सिर्जना गरिरहेका बेला फ्यान फलोइङ राम्रो भएका र विश्वासिला व्यक्तिहरुले भ्रम चिर्न सन्देशमुलक सूचना तथा जानकारी दिनुपर्नेमा सुरक्षा जोड दिन्छिन् ।

स्वस्तीमा खड्का अहिलेकी रोजाइकी नायिका । उनलाई आएका अभिनय अफरको सङ्ख्या ठूलो छ । स्टोरी सुनेर मन परे स्क्रिप्ट माग्छिन् र पढ्छिन् । मन पर्‍यो भने मात्रै साइन गर्छिन् । तर स्क्रिप्ट पढ्न समय लाग्छ । प्रायः उनको हातमा स्क्रिप्टको खाँचो हुँदैन । लकडाउनमा उनले दुईवटा स्क्रिप्ट पढिसकिन् । अझै तीनवटा पढ्न बाँकी रहेको उनी बताउँछिन् । 

“स्क्रिप्ट पढ्ने र चलचित्र हेर्ने अहिलेको मेरो मुख्य काम हो,” स्वस्तीमा भन्छिन्, “दिनको दुइटासम्म चलचित्र हेरिरहेको छु ।”

इन्टरनेट स्ट्रिमिङ साइटहरु लोकप्रिय हुँदै गएपछि युट्युबमा चलचित्र अपलोड हुन छोड्यो । त्यसैले स्वस्तीमा अचेल नेटफिल्क्समा चलचित्र हेर्छिन् । ट्रेलर हेर्छिन्, मन पर्‍यो भने पूरै हेर्छिन् । “सायद लकडाउनभरिको मेरो दैनिकी यही नै हो,” उनी भन्छिन् । 

अभिनेत्री लक्ष्मी वर्देबा चलचित्र छायांकनको सिलसिलामा रामेछाप पुगेकी थिइन् । त्यहीबेला सरकारले लकडाउनको निर्णय गर्यो । लक्ष्मी मुगटारमै अलपत्र परिन् । उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई काठमाडौं फर्किने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । भन्छिन्, “सायद सिडिओले पास उपलब्ध गरायो भने आज अथवा भोलि दुईतीवटा गाडिमा हामी फर्किन्छौं होला ।”

काठमडौंमा जन्मे हुर्केकी लक्ष्मीलाई उनी थुनिएको गाउँ रमाइलो नै लागिरहेको छ । त्यसैले केही कविता फुरिरहेको छ । फुरेका कवितलाई कागजमा लिपिबद्ध गरिरहेकी छिन् । बाँकी समय रुममेट सँग गफ गरेर कटिरहेको छ । 

लक्ष्मी चलचित्रमा अभिनय मात्रै गर्दिनन्, म्युजिक भिडियो निर्देशन पनि गर्छिन् । म्युजिक भिडियोमा नयाँ पन दिने उनको विशेषता हो । त्यसैले पेन्डिङ रहेका केही म्युजिक भिडियोमा कसरी काम गर्ने दिमागमा खेलिरहेको छ । तर काठमाडौं कहिले जाने भन्ने हुटहुटीले उनलाई बढी पिरोलीरहेको छ । त्यसैले क्रिएसनभन्दा पनि काठमाडौं फर्किने चाहले उनलाई बढी सताएको छ । 

अभिनेत्री सिर्जना सुब्बालाई सानो बच्चाका कारण कलासाहित्यमा समय खर्चिने फुुर्सद छैन । तर बच्चाकै कारण केही महिनायता घरमै बस्दै आएका कारण लकडाउनमा कसरी घरमै समय कटाउने भन्ने छट्पटीले उनलाई सताएको छैन । उनी १२ जनाको परिवारसँगै काठमाडौंमा बस्छिन् । 

“१२ जनाको परिवार छ, ट्याङ्करको पानी चलाउनुपर्छ । बजार बन्द छ । तरकारीको समस्या छ,” सिर्जना भन्छिन्, “फ्रिजमा स्टोर गरेको तरकारीले धेरे दिन धान्दैन । लकडाउनले पानी र तरकारीको अभाव झेल्नुपरिरहेको छ ।” ठूलो परिवार भएकाले कसैलाई कुनै बेला केही भइहाल्ला कि भन्ने त्रास पनि उत्तिकै छ । 

सरिता गिरी यो समय पढ्न बाँकी रहेका पुस्तक पढिरहेकी छन् । पछिल्ला पाँच दिनमा उनले तीनवटा किताब– काठमाडौंमा एक दिन, योगमाया र रानीवन पढिन् । त्यसपछि उनले सुरु गरिन्, द वल्र्ड्स अफ ब्रम्हपुत्र । थाती रहेका पुस्तक पढ्नुका अलावा सरिता चलचित्र हेर्छिन् । 

“चलचित्र त यसै पनि हेरिने नै भयो । हेरिरहेकै छु,” सरिता भन्छिन्, “तर लक डाउनमा अरुलाई घरमा बस्न कठिन भइरहेको छ । म भने कोठाको एउटा कुनामा महिनौं बस्न सक्छु । यो मेरो बानी नै हो ।”

नायिका करिष्मा मानन्धरको अहिलेको दैनिकी चलचित्र हेर्ने र परिवारसँग बसेर समय कटाउने हो । “म त चीनमा कोरोनाको हल्लादेखि नै घरबाट खासै बाहिर निस्किएको छैन । होली पनि कोरोनाकै कारण मनाइनँ,” करिष्मा भन्छिन्, “घरमा बस्ने, चलचित्र हेर्ने, समाचारको अपडेट लिने तथा पढेर दिन कटाइरहेको छु ।”

नायक पल शाह कोरोना सङ्क्रमणको जोखिमकै कारण दुई नम्बरी चलचित्रको सुटिङ रोकेर काठमाडौं फर्किए । काठमाडौं फर्किनबित्तिकै लकडाउन भयो । लकडाउनमा उनले पनि खासै क्रिएटिभ वर्क केही गरेका छैनन् । बुवाआमाका पुराना गफ सुन्ने, समाचारको अपडेट लिने, टेलिभिजन हेरेर समय कटाइरहेका छन् । 

“दिनको दुईवटाजति चलचित्र हेर्ने, मुवाबुवासँगै बसेर टेलिभिजन हेर्ने, मुवाका पुराना गफ सुनेर दिन बितिरहेको छ,” पल भन्छन्, “एउटा स्क्रिप्ट आएको थियो, बुधबार एकै दिन पढेर सकेँ । नयाँ खास केही गरेको छैन ।”

अभिनेता प्रमोद अग्रहरि लकडाउनको सदुपयोग गर्दै स्क्रिप्ट लेखिरहेका छन् । निकै पहिला नै सुरू भएको स्क्रिप्टले लकडाउनमा तीव्रता पाएको उनी बताउँछन् । 

“अड्किएर बसेको स्क्रिप्ट यो लकडाउनमा लेखिरहेको छु,” प्रमोद भन्छन्, “हेरौं यो लकडाउनमा कति लेख्न सकिँदोरहेछ ।”

स्क्रिप्टसँगै उनको दिमागमा केही क्यारेक्टर पनि घुमिरहेका छन् । दिमागमा बसेका क्यारेक्टरको विकास पनि प्रमोद यही समयमा गर्दैछन् । 

उनी एक्लै बस्छन् । त्यसैले होटलपसल बन्द भएकाले खाना पनि आफैं बनाउनुपर्छ । “एकछिन लेख्छु, फेरि खाना बनाउनुपर्छ, फेरि लेख्छु,” उनी भन्छन्, “तर म हप्तौंसम्म एक्लै कोठामा बस्न सक्ने भएकाले कठिन महसुस गरेको छैन । त्यसमा पनि यो विपद्को समयमा सरकारलाई सहयोग गर्नु हाम्रो कर्तव्य पनि हो ।”

बुद्धि तामाङ पनि लकडाउनलाई पुस्तक पढेर र चलचित्र हेरेर बिताइरहेका छन् । उनका लागि यो आराम गर्ने मौका पनि हो । चलचित्रमा सानोठूलो रोल आइरहन्छ, त्यसमै उनी व्यस्त भइरहन्छन्, त्यसैले उनका लागि यो घरमै आराम गरेर बस्ने मौका पनि बनेको छ । 

“इन्डियाबाट रङ्गकर्मसम्बन्धी पुस्तक ल्याएको थिएँ, त्यही पढिरहेको छु,” बुद्धि सुनाउँछन्, “बाँकी समय चलचित्र हेरेर बितिरहेको छ ।” यतिबेला उनी रमाइलोका लागि साउथ इन्डियन चलचित्र हेरिरहेका छन् । 

अभिनेता विजय बराल यतिबेला आफैं नोस्टाल्जिक हुने चलचित्र हेरिरहेका छन्, जस्तै ‘चक एन्ड डस्टर’ । आफूलाई मन परेका चलचित्र हेर्नु, मन परेका अभिनेत्री तथा अभिनेताका अन्तरवार्ताहरु हेर्नु उनको दैनिकी हो । विश्वलाई हल्याउने कोरोनाका समाचार छुटाउने त कुरै भएन । 

त्रासदि र एकनासका दुःखद समाचारले मन नै भरङ्ग पारिरहेका बेला आध्यात्मिक प्रवचन सुनेर मनलाई शान्त बनाउने उपाय पनि अवलम्बन गरेको उनले बताए । 

“आफ्नो कामको मूल्याङ्कन गर्दै आफूले गरेका कमीकमजोरी के हो र कसरी सुधार्ने अनि युट्युबमा हेरेर अभिनय पनि सिकिरहेको छु,” विजय भन्छन्, “जसरी हुन्छ, आफू र अरुलाई बचाउनै पर्‍यो, सरकारको निर्देशन पालना गर्दै महामारी हुन नदिन उपाय अवलम्बन गर्नैपर्‍यो ।” 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  ०९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC