site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जुनीभरिको कमाइ
Ghorahi CementGhorahi Cement

जुनीभरिको कमाइ

मेरा केही शत्रुहरु छन् 
जसले घृणा गर्छन्
मेराविरुद्ध षड्यन्त्र गरिरहन्छन्
अलिक बढी विरोधीहरु छन्
जसले कुरा काट्छन्
मेरो आलोचना मात्रै गर्छन्

मेरा सपनाहरुको उपेक्षा गर्ने आफन्तहरु छन्
रहरहरुलाई वेवास्ता गर्ने छिमेकीहरु छन्
आकाङ्क्षाहरु अस्वीकार गर्ने समाज छ
मेरो प्रेम तिरस्कार गर्ने
एउटी पे्रमिका पनि छे

Agni Group

साथीहरुले दिएका धोकाहरु छन्
मित्रहरुले गरेका घातहरु छन्
उपहार स्वरूप आएका आरोपहरु
पुरस्कार स्वरूप पाएका अपमानहरु
सम्मान स्वरूप स्वीकारेका बेइज्जतीहरु छन्

भुइँमा पछारिने गरी लागेका ठेसहरु
टाउको रन्किने गरी खाएका ठक्करहरु 
र, होसै हराउने हण्डरहरु छन्

Global Ime bank

मसँगै हुर्केको अभाव छ
मेरो उमेरसँग मिल्दाजुल्दा समस्याहरु छन्
अग्लिँदै गएको कठिनाइको पहाड
चुलिदै गएको चुनौतीको शिखर
जित्न नसकेका लडाइँहरु
र, लड्न बाँकी युद्धहरु छन्

मसँग केही तीता यादहरु
केही पिरा सम्झनाहरु
र नमिठा स्मृतिहरु छन्
सहनै नसकिने चोटहरु छन्
नमेटिने घाउहरु छन् 
ननिख्रिने वेदनाहरु
र बल्झिरहने व्यथाहरु छन्

त्यसो त मसँग
पोलिरहने मुटु, पग्लिरहने हृदय
डुलिरहने मन र सुसाइरहने धड्कन छ
रसाइरहने आँखा, खसिरहने आँसु
बिझेको पैताला र चर्किएको छाती पनि छ

बाँकी मसँग–
जिन्दगीभर कमाएको
दुःख नामको एउटा दौंतरी छ
जो मलाई असाध्यै माया गर्छ ।

० ० ०

जीवन र ईश्वर

बाँच्नलाई एउटा बहाना चाहिन्छ
बाँच्ने बहाना बाँकी नरहे पनि
यमराजले अवकाश नदिएसम्म
जिन्दगीको जागिरबाट
हात धुन सकिँदो रहेनछ

जीवनलाई जोखिमबाट बचाउन 
जीवनले नै जोखिम मोल्नुपर्छ
जीवनसँग बार्गेनिङ गर्दागर्दै
जीवनकै मूल्यभन्दा बढी घाटा सहनुपर्छ
समयको हुरीले भाँचे पनि हाँगाबिँगा
जरा पक्रेर जीवनपथमा लम्किनुपर्छ ।

मनभित्र यदि मन्दिर छ भने 
मानवभित्रै देव भेटिन्छ
होइन, फोहोरको डङ्गुर छ भने
दुर्गन्ध र दानव भेटिन्छ
ईश्वर रहेछ भने रहस्यमयी रहेछ
रहेनछ भने रहस्य मात्र रहेछ
सबैभन्दा ठूलो कुरा विश्वास रहेछ

भौतिक पाटो जैविक भएझैं
आध्यात्मिक बाटो मनोवैज्ञानिक हुन्छ
मान्छेलाई गाँस, बास र कपासपछि
पूmल, जून र धुन चाहिन्छ
काउली र मखमली सँगै फुलाए
भात र गीतको सन्तुलन मिलाए
जीवन आपैंm सुन्दर बन्छ
प्रत्येक सुन्दर कार्य 
आपैंmमा धार्मिक हुन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  ०७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC