site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
महामारी र लकडाउनका पाँच अवसर 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वको १७० देशमा फैलिसकेको छ । करिब २१ हजारभन्दा बढीको ज्यान लिइसकेको यो विश्वव्यापी महामारीबाट संक्रमित हुनेको संख्या पाँच लाख पुग्न लागेको छ । संक्रमणको जोखिम रोकथाम र नियन्त्रणको नेपालमा पनि एक साता लामो बन्दाबन्दी (लकडाउन) घोषणा गरिएको छ । जनजीवन असहज र भयभीत छ । यो रहर नभएर संक्रमण रोकथाम र नियन्त्रणका निम्ति विश्वले नै अवलम्बन गरेको सबैभन्दा उत्तम उपाय हो । 

प्रकोप र महामारीका सकारात्मक पक्ष पनि हुन्छन् । यो ज्ञान, चेतना र प्रयोगमा निर्भर हुन्छ । आगो विनाशक तत्त्व वा ऊर्जा दुवै हुनसक्छ । सतर्क र संयमित भएर सोचे थुप्रै अवसर देख्न सकिन्छ ।   

ज्ञान, चेतना र आत्मबल आर्जनको अवसर : अहिलेका केटाकेटीले समस्या र अभावको अनुभव अलि कमै गरेका हुन्छन् । अभिभावकले ऋणै लिएर भए पनि सन्तानलाई सकेसम्म सुविधा दिन चाहन्छन् । फलस्वरूप, नयाँ पुस्ता भ्रमपूर्ण सम्पन्नतामा हुर्किरहेको छ । केटाकेटी उमेरअनुरूप परिपक्व देखिँदैनन् । आत्मबल, आत्मविश्वास र निर्णय क्षमताको कमी देखिन्छ । सहने क्षमताको अभावका कारण सामान्य समस्या वा अभावमै गहिरो मानसिक पीडा र तनाव महसुस गर्छन् । प्रतिकूलतासँग जुध्न तत्पर देखिँदैनन् । सानो असफलताबाटै हार मानेर निराशा (डिप्रेसन)को सिकारसम्म बन्न पुग्छन् ।

Agni Group

यस्तो महामारी समाजमा शिक्षा, ज्ञान, चेतना र परिवर्तनको सशक्त माध्यम पनि बन्न सक्छ । समग्र मानवलाई विशेषतः बालबालिकालाई जीवनको सुखदुःखको बोध गराउन सक्छ । विद्यालय, कलेज बन्द, परिक्षा स्थगन हुँदा सामान्य भन्दा फरक परिस्थितिको सामना गर्न प्रशिक्षित गर्छ । चुनौती र असहजताको सामना गर्न आत्मविश्वास र आत्मबल प्रदान गर्छ । साथै मर्यादित र अनुशासित जीवन जिउनसमेत अभिप्रेरित गर्छ । 

परिवारका सदस्यको निगरानीको अवसर : व्यस्त दिनचर्याका कारण परिवारलाई पर्याप्त समय दिन मानिसहरू असमर्थ हुँदै गएका छन् । एउटै छानोमुनी बस्ने परिवारका सदस्यबीच पनि भावनात्मक दूरी फराकिलो बन्दै गएको छ । घरमा सँगै भएका बेला पनि मोबाइल, टेलिभिजनजस्ता उपकरणले परिवारका सदस्यबीच दूरी बढाउँदै लगेको छ । उमेरसँगै बालबालिकामा आउने शारीरिक, मानसिक परिवर्तनप्रति अविभावक बेखबर हुन्छन् । तिनको आवश्यकता र रुचिमा आएको परिवर्तनप्रति ध्यान पुग्दैन । अपेक्षित निकटता, मायाममता र अविभावकत्व नपाउँदा केटाकेटीले घरभित्रै एक्लोपन महसुस गरिरहेका हुन्छन् । निगरानी र स्वतन्त्राबीच सन्तुलन नहुँदा केटाकेटीमा खराब संगत, गलत आचरणका साथै दुव्र्यसनको समेत जोखिम बढेको छ । 

Global Ime bank

बन्दाबन्दीले सम्पूर्ण परिवारलाई पूरै समय घरमै बस्ने अवसर जुराएको छ । यस अवधिमा सबै अविभावकले आफ्ना सन्तानको निगरानी गरेर तिनको आनिबानी बुझ्न सक्छन् । उनीहरुले मोवाइल, ल्यापटपमा हेर्ने, पढ्ने सामग्री र नियमित सम्पर्क, संगत गर्ने साथी पत्ता लगाएर तिनको स्वभावको अनुमान लगाउन सक्छन् । लामो समय एक्लै कोठाभित्र बस्न नदिएर उनीहरुको चुरोट, सुर्तीलगायतका अम्मल भए नभएको पत्ता लगाउन सकिन्छ । दुव्र्यसनी भए तिनलाई परिवारका सामु लागू औषध पदार्थ गर्न नपाउदा पक्कै सहज हँुदैन । उनीहरुको शारीरिक, मानसिक अवस्थामा परिवर्तन आउन सक्छ भने अस्वाभाविक व्यवहार र लक्षण देखाउन सक्छन् । त्यस्ता स्वभाव र लक्षण हेरेर दुव्र्यसनमा भए नभएको ठम्याउने अवसर अविभावले पाउँछन् ।  

व्यक्तिगत रुचिमा रमाउने अवसर : साताभरको भागदौडपछि सप्ताहान्तको एक दिनको छुट्टी घरायसी काममै बितिहाल्छ । घरमा बसेर अलि फरक शैलीमा छुट्टी मनाउने योजना पटक पटक तुहिन्छ । यो बाध्यकारी ‘लकडाउन’ले अहिले एउटा अवसर दिएको छ । त्यसको सदुपयोग आफ्नो रुचिअनुसारको सृजनामा, किताब पढेर, सिनेमा हेरेर, योग, ध्यान वा अन्य फरक कार्य गरेर गर्न सकिन्छ । यस घडीमा तनाव बिर्सेर विभिन्न लिखित, श्रव्यदृश्य सन्देशमूलक सामग्री तयार गर्न सकिन्छ । सामाजिक सञ्जालको माध्यमबाट आफ्नो देशका साथै विश्वलाई नै सावधान गराउन सकिन्छ । भय र वियोगले विह्वल बन्न पुगेकालाई सान्त्वना दिएर गलत कदम चाल्नबाट रोक्न सकिन्छ । तिनमा आत्मबल र आत्मविश्वास जगाएर परिस्थितिको सामना गर्ने प्रेरणा दिन सकिन्छ ।

पारिवारिक र सामाजिक एकताको अवसर : यो ‘लकडाउन’को क्षणलाई पारिवारिक र सामाजिक एकताको अवसरका रुपमा पनि लिन सकिन्छ । सम्पर्क र भेटघाट पातलियो भनेपतिपत्नीबीच समेत कटुता पैदा हुन्छ । असमझदारी शंका, उपशंका जन्मिन्छन् । यस अवधिमा परिवारका सदस्यसँगै बसेर मीठा र ताजा परिकार खाएर बिताउन सकिन्छ । खुलस्त संवाद र अभिव्यक्तिका माध्यमबाट पारस्परिक बेमेल र असमझदारी हटाउन सकिन्छ । आफ्नो पारिवारिक पृष्ठभूमि र इतिहासको वस्तुगत चर्चा गरेर पारिवारिक एकतालाई अझै बलियो बनाउन सकिन्छ । केटाकेटीहरुलाई पारिवारिक उद्गम थलो, संघर्ष र सफलताको कथा सुनाएर अझै गर्विलो इतिहास रच्न पे्ररणा दिन सकिन्छ । परिवारमा आपसी विश्वास, समझ्दारी, मेलमिलाप र सहकार्य बढाउन सकिन्छ ।

यो फुर्सदीलो समयमा लामो समय सम्पर्क टुटेका देश विदेशमा बस्ने आफन्तजन, ईष्टमित्र, साथीभाइ, छरछिमेकलाई विभिन्न सामाजिक सञ्जाल, फोनमार्फत सम्पर्क राख्न सकिन्छ । कसैमा संक्रमणको लक्षण देखिए उचित परीक्षण र उपचारका लागि स्थानीय सरकार वा नजिकको स्वास्थ्य केन्द्रमा समन्वय गरेर सहयोग गर्न सकिन्छ । महामारी रोकथाम र नियन्त्रणका लागि सरकारद्वारा घोषित बन्दाबन्दीको इमानदार पालनाका लागि सामूहिक ऐक्यबद्धता प्रकट गर्न सकिन्छ । बन्दाबन्दीका कारण मर्कामा परेका विपन्न छिमेकीलाई आफ्नो गच्छेअनुसारको सहयोग गरेर सामूहिक भावनालाई पनर्जीवित गर्न सकिन्छ ।

सामाजिक सञ्जाल र सूचना प्रविधिको गलत प्रयोग गर्नेलाई सुधार्ने अवसरः एकथरी मानिसले सूचना प्रविधि र सामाजिक सञ्जालको चरम गलत प्रयोग गरिरहेका छन् । सिरिएल, मनोरञ्जन, स्टाटस, भिडियो, तस्बिर पोष्ट, च्याट गर्नु र टिकटक निर्माण गर्नु नै यसको सदुपयोग हो भन्ने यिनको बुझाइ देखिन्छ । तर, समय समयमा आइपर्ने प्रकोप, महामारी र बन्दाबन्दीले सूचना प्रविधि र सामाजिक सञ्जालका संवेदनशीलता र महत्त्वप्रति त्यस्ता व्यक्तिको बुझाइमा व्यापक परिवर्तन ल्याउने गरेको छ । सूचना, समाचार, ज्ञान, चेतना र समाज परिवर्तनमा यस्ता प्रविधि र माध्यमका प्रभावकारी भूमिका बोध र चेतसमेत प्रदान गर्ने गरेको पाइन्छ । फलस्वरूप यस्ता प्रयोगकर्ताको सूचना प्रविधि र सामाजिक सञ्जालको प्रयोगको क्षेत्र, विषय, उद्देश्य र समयमा समेत सकारात्मक सुधार आउने गरेको छ । मनोरञ्जनबाहेक खबर, सूचना, शिक्षाको सशक्त माध्यमका रुपमा पनि प्रविधिको प्रयोग गर्न सकिन्छ । 

मान्छेमा यस्ता दुःखद, पीडादायी घटनाले सकारात्मक परिवर्तन पनि ल्याउने हुनाले महामारी र बन्दाबन्दीका नकारात्मक पक्षबाट नआत्तिई सकारात्मकरूपमा सदुपयोग गरौँ । सतर्क र सावधानहुन भने कुनै हालमा पनि नभुलौँ । 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  २०:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC