site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
न्यूनतम आवागमन खुला गर्ने समन्वय समितिको निर्णय 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको बैठकले कोरोना संक्रमण फैलिन नदिन लिएको निर्णय र त्यसले जनजीवनमा पारेको प्रभावबारे समीक्षा गर्दै समितिले तत्कालका लागि न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

भारतको कोलकत्ताबाट नेपालको भन्सार बिन्दुसम्म आएर अड्किएका सामान  मुलुक भित्र्याउन, खाद्य सामाग्री बोकेका ढुवानीको सामान रोकिएको भन्सार बिन्दुदेखि बजारसम्मको बाटोमा सवारी साधन सञ्‍चालन गर्न सहजिकरण गर्न, विभिन्‍न स्थानमा अलपत्र परेका पर्यटकहरुलाई सडकमार्गबाट ल्याउदा पूर्ण सुरक्षाका साथ ल्याउने र सम्बन्धित देशमा पठाउन प्रयास गर्न तथा कारखाना बन्द भएपछि अप्ठ्यारोमा परेका श्रमिकलाई गन्तव्यसम्म सुरक्षित ढंगले पुर्याउने व्यवस्था मिलाउनका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरिएको अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए ।

समितिले कोलकोत्ताबाट नेपालको भन्सारमा बिन्दुसम्म आएर अड्किएका सामानहरु आवश्यक कागज बनाइ छुटाउनको साथै ती सामानहरु उपभोक्ता सम्म पुर्याउने व्यवस्था मिलाउनका लागि सहजीकरण गर्न व्यवसायीलाई आह्वान गरेको छ ।

Global Ime bank

समितिले विदेशमा बेखर्ची भएका विद्यार्थीलाई नेपालबाट पैसा पठाउने व्यवस्था मिलाउन वित्तिय संस्थालाई आग्रह गर्नुको साथै एकैपटक भीडभाड हुने गरी बाहिर ननिस्कन र दूरी कायम गरेर अत्यावश्यक वस्तुको किनमेल गर्न सर्वसाधरणलाई अपिल गरेको छ ।

समितिले शुक्रबार सबै प्रदेशका मुख्य मन्त्रीसँग कोरोना भाइरसको संक्रमणसंग जुध्नका लागि गरिएका प्रयास बारे पनि जानकारी लिएको छ । प्रदेशका मुख्यमन्त्रीहरुले स्वास्थ्य सामाग्री र उपकरणको अभाव वर्तमान संकटका कारण भविश्यमा आइपर्न सक्ने वित्तिय दायित्वको समस्यालाई सम्बोधन केन्द्र सरकारसंग माग गरेको मन्त्री खतिवडाले जानकारी दिए । 

उनले क्‍वारेन्टान केन्द्र सञ्‍चालनसम्बन्धी केन्द्र सरकारले पठाएको मापदण्ड अनुसार काम गर्ने र संक्रमण फैलन नदिन हरसंभव प्रयास गर्ने सम्बन्धमा सबैले प्रतिबद्धता जनाएको पनि बताए ।

पोखरामा अवस्थित पश्‍चिमाञ्‍चाल अस्पताललाई कोरोना संक्रमितको उपचार केन्द्र बनाउनका लागि केन्द्र सरकारले स्वीकृति दिएको छ । प्रदेश सरकारले सो अस्पताललाई कोरोना संक्रिमतको उपचार गर्ने गरि केन्द्र बनाउन गरेको आग्रहलाई केन्द्र सरकारले स्वीकृति दिएको हो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  २०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC