site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना भाइरसका विषयमा ट्रम्प र सीबीच कुराकानी - 'सँगै मिलेर काम गर्ने'
Ghorahi CementGhorahi Cement

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच नोभेल कोरोना भाइरसबारे छलफल गरेको चिनियाँ सरकारी सञ्‍चारमाध्यम सीसीटीभीले जनाएको छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि शुक्रबार ट्‌विट गर्दै आफू र सीबीच 'सँगै मिलेर काम गर्ने' विषयमा कुराकानी भएको उल्लेख गरेका छन् । "चीनले भाइरसलाई पहिचान गरेर यसविरुद्धको अभियानमा बलियो भएर उभिएको छ,"  'चिनियाँ भाइरस' उच्चारण नगरेरै ट्रम्पले भने । यसअघि भने ट्रम्पले धेरै पटक कोरोना भाइरसलाई 'चिनियाँ भाइरस' को संज्ञा दिएका थिए । 

Agni Group

त्यसैगरी चिनियाँ राष्ट्रपति सीले अमेरिकालाई भाइरस नियन्त्रणका लागि ठोस कदम चाल्‍न आग्रह गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । उनले भने,"अमेरिकामा महामारी फैलिएको विषयमा मेरो ध्यानाकर्षण भएको छ । चीन अमेरिकाजस्तो सुपरपावरलाई आवश्यक सहयोग गर्न तयार छ ।" 

यसअघिको पत्रकार सम्मेलनमा ट्रम्पले चिनियाँ राष्ट्रपति सीसँग कुरा गर्ने बताएका थिए । उनले यसअघि चीनमा संक्रमितको संख्या नाटकीय रुपमा घटेप्रति लक्षित गर्दै भनेका थिए, "पहिलो कुराचीनमा कति संक्रमित छन् भन्‍ने यकिन तथ्यांक छैन ।" 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC