site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
संयुक्त राष्ट्र संघमा राखिएको कोभिड-१९ को छलफलको प्रस्ताव चीनद्वारा रद्द
Sarbottam CementSarbottam Cement

न्युयोर्क । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद बैठकमा नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को विषयमा छलफल गर्न राखिएको प्रस्ताव रद्द गरिएको छ । करिब २४ हजारभन्दा बढी मानिसको मृत्यु भएको, शान्त विश्वलाई त्रसित बनाउनुका साथै विश्वको सुरक्षा चुनौती बनेको विषय कोभिड-१९ का विषयमा राष्ट्र संघको सुरक्षा परिषद् बैठकमा छलफल हुन सकेन । 

कोरोना भाइरसको उद्‌गम थलो रहेको चीन मार्च ३१ सम्म सुरक्षा परिषदको अध्यक्ष राष्ट्र हो । कूटनीतिक स्रोतका अनुसार रुस र दक्षिण अफ्रिकाले कोरोना भाइर र विश्वशान्ति र सुरक्षाबीच कुनै लिंक नभएको बताएपछि चीनले कोरोना भाइरसको विषयमा राखिएको प्रस्ताव रद्द गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

रुस र दक्षिण अफ्रिका चीनका व्यापार साझेदार हुन् । इस्टोनियन (युरोपेली मुलुकका प्रतिनिधि) कोभिड-१९ प्रकोपको पारदर्शीबारे छलफल गर्नसमेत प्रस्ताव गरेका थिए । 

एक कूटनीतिज्ञले भने, "संयुक्त राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रले यसको समाधान र सीमा खोल्‍ने विषयमा गभ्मीरताका साथ छलफल गर्न चाहेनन् ।" 

Global Ime bank

यसअघिका प्रकोप इबोलाका समयमा सन् २०१४ मा यसको प्रभाव र समाधानका विषयमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्‍मा छलफल भएको थियो । साउदी अरेबियाको नेतृत्वमा बिहीबार भएको जी-२० राष्ट्र सम्मेलनमा पनि संयुक्त राष्ट्र संघमा यस विषयलाई उठाउने सम्बन्धमा कसैले पनि कुरा उठाएनन् । -हिन्दुस्तान टाइम्स 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC