site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 विश्वव्यापी अर्थतन्त्रका लागि ५० खर्ब अमेरिकी डलर योगदान गर्न जी-२० सहमत
Ghorahi CementGhorahi Cement

काठमाडौं । नोभेल कोरोना भाइरसविरुद्ध लडाइँका लागि जी-२० ले ५० खर्ब अमेरिकी डलर विश्वव्यापी अर्थतन्त्रमा योगदान गर्ने भएको छ ।

१९ राष्ट्र र युरोपियन युनियन सदस्य रहेको जी-२० को बिहीबार भएको भिडियो सम्मेलनमार्फत ५० खर्ब अमेरिकी डलर विश्वव्यापी अर्थतन्त्रमा योगदान गर्ने सहमति भएको हो ।

Agni Group

जी-२० भिडियो सम्मेलनका क्रममा विभिन्‍न राष्ट्र प्रमुखहरुले कोरोनाको महामारीले विश्वभर नयाँ अवधारण सिर्जना गर्ने अवसर दिएको बताएका थिए । 

जी-२० ले महामारीविरुद्ध लड्‍न विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, संयुक्त राष्ट्र संघसँग मिलेर मानिसहरुलाई संक्रमणको सिकार हुनबाट बचाउन, रोजगारीको सुरक्षा गर्न, आर्थिक स्थायित्व कायम गर्न, वृद्धदर बढाउन काम गर्ने सहमित गरेको थियो । 

Global Ime bank

नोभेल कोरोना भाइरसले अमेरिकालाई सबभन्दा बढी प्रभावित पारेको छ भने इटाली र स्पेनमा धेरै मानिसको मृत्यु भएको छ । डिसेम्बर, २०१९ मा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अमेरिका, बेलायत र युरोपियन मुलुकहरुलाई असर गर्न थालेपछि जी-२० सम्मेलन बोलाइएको थियो । 

यस भिडियो सम्मेलनको अध्यक्षता साउदी अरेबियाले गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १२:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC