site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकामा विश्‍वकै धेरै कोरोना संक्रमित, ट्रम्‍पले भने- ‘अधिक परीक्षण गर्‍यौं’
Sarbottam CementSarbottam Cement

एजेन्सी । संयुक्त राज्य अमेरिकामा विश्वमै धेरै नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ का संक्रमित फेला परेका छन् । चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसका संक्रमित अमेरिकामा धेरै फेला परेका हुन् । 

चीनमा हालसम्म ८१ हजार ७८२ कोरोना संक्रमित छन् भने अमेरिकामा ८५ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । त्यसैगरी इटालीमा ८० हजार ५८९ कोरोना संक्रमित फेला परेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकामा हालसम्म १३ सय कोरोना संक्रमितको मृत्यु भएको छ भने चीनमा तीन हजार २९१ संक्रमितको मृत्यु भएको छ भने इटालीमा ८ हजार २१५ को मृत्यु भएको छ । यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले चाँडै कोरोनाबाट मुक्त हुने काममा फर्किने बताएका थिए । 

तर, हाल विश्वकै धेरै कोरोना संक्रमित भेटिएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकामा कोरोना संक्रमितको संख्या धेरै हुनुको कारण 'टेस्टिङको नतिजा' भएको बताएका छन् । उनले पत्रकार सम्मेलनमा भने, "हामीले अधिक मात्रामा परीक्षण गरेका छौँ र धेरै संक्रमित भेटिएका हुन् ।"

Global Ime bank

उनले कोरोना भाइरसको उद्गमस्थल रहेको चीनले तथ्यांक लुकाएको आरोपसमेत लगाए । "चीनले कोरोनाको संक्रमणको जुन तथ्यांक बाहिर देखाएको छ, त्यो सत्य होइन । चीनमा संक्रमितको संख्या तथ्यांकमा देखाइएको भन्दा अधिक छ," उनले भने ।

अमेरिकी उपराष्ट्रपति माइक पिनेकले ५० राज्यमा कोरोनाको संक्रमण भेटिएका छन् भने ५ लाख ५२ हजारको कोरोना जाँच गरिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १४ हजार ९९५ जनामा नयाँ संक्रमण पुष्टि भएपछि अमेरिका विश्वमै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित हुने मुलुक बनेको हो ।

विश्वभर अहिलेसम्म ५ लाख २९ हजार १४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये २३ हजार ९६८ जनाको मृत्यु भएको छ । अहिलेसम्म एक लाख २३ हजार ३८० जना निको भएर घर फर्किएका छन् । - बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  ११:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC