site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
नेपाली फुटबलका पाँच फराकिला पराजय
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वकै सबैभन्दा लोकप्रिय खेल मध्यको एक हो फुटबल । नेपालमा पनि फुटबलको लोकप्रियता बढ्दो छ । तर, नेपाली फुटबलले खासै उपलब्धि हासिल गर्न भने सकेको छैन । 

नेपालले सन् १९७२ देखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको थियो । १३ अक्टोबर १९७२ मा चीनसँगको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल हो । उक्त खेलमा नेपाल चीनसँग ६–२ गोलले पराजित भएको थियो । 
नेपालले तिब्बतसँग तीन मैत्रिपूर्ण खेल खेल्दा तीनवटै खेल जितेको थियो ।

पहिलो खेल १९७२ मा चीनमा खेलेको थियो भने त्यसपछिका दुवै खेल दशरथ रंगशालामा सन् १९७९ मा खेलिएका थिए । त्यसपछि नेपालले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छ । जहाँ केही खेल सम्झन लायक छन् भने केही खेल नेपाली फुटबल इतिहासकै नमिठो घटना बनेका छन् । तिनै बिर्सनलायक पाँच क्षणको सम्झना यहाँ गर्न लागिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

५. ओमानविरुद्ध नेपाल (१९८४, एएफसी एसियन कप छनोट)

सन् १९८४ मा नेपाल र ओमानबीच दोस्रो पटक भेट भएको थियो । यसअघि १९८२ मा नेपालले ओमानसँग पाकिस्तानमा एक मैत्रिपूर्ण खेल खेलेको थियो । उक्त मैत्रिपूर्ण खेलमा नेपालल १–० गोलले पराजित हुन पुगेको थियो । पहिलो खेलमा सम्मान जनक हार ब्यहोरेको नेपालले दोस्रो खेलमा भने लज्जास्पद हार ब्यहोर्नु पर्यो । जुन हार नेपाली फुटबल इतिहासकै फराकिलो हार मध्येको एक हो । 

Global Ime bank

साउदीमा भएको एएफसी एसियन कप छनाटको समूह दुईमा रहेको नेपालले खेलेका चारवटै खेल गुमाएको थियो । जसमा समूहको अन्तिम खेल ओमानसँग खेल्दै घर फर्किएको थियो । अन्तिम खेलमा नेपाल ओमानसँग ८–० ले पराजित हुन पुग्यो ।

४. इराकविरुद्ध नेपाल (२००१, फिफा विश्वकप छनोट) 

फिफा विश्वकप छनोटको पहिलो चरण एसिया छनोट अन्तर्गत नेपाल समूह ६ मा रहेको थियो । समूहको पहिलो खेलमा ताजस्तिानसँग ६–० को हार ब्यहोरेको नेपालले दोस्रो खेलमा इराकसँग ९–१ गोलले पराजित हुन पुग्यो ।

नेपालका लागि एक गोल निराजन रायमाझीले फर्काएका थिए । खेलको छैटौं मिनेटमा पेनाल्टीबाट अग्रता बनाएको इराकले १५ औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो । २० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इराक ३–० ले अगाडि बढ्यो । २५ औं मिनेटमा नेपालका लागि निराजनले गोल गर्दै खेल ३–१ को स्थितिमा ल्याए । त्यसपछि इराकले नेपालीमाथि दबदवा कायमै राख्दा नेपालले भने थप गोल फर्काउन सकेन । जहाँ नेपाल इराकसँग ९–१ गोलले पराजति हुन पुग्यो ।

दोस्रो खेलमा भने नेपालले इराकसँग ४–२ को हार ब्यहोेरेको थियो । छनोटमा नेपालले मकाउसँग मात्र ४–१ र ६–१ को जित निकालेको थियो । मकाउलाई ६–१ ले पराजित गर्दा निराजनले ह्याट्रिक गरेका थिए । उनले खेलको ३८ औं, ४९ औं र ५६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । 

३. जोर्डनविरुद्ध नेपाल (२०११, फिफा विश्वकप छनोट तथा एफसी दोस्रो चरण छनोट) 

सन् २०११ मा नेपालले फिफा विश्वकप २०१४ को छनोट खेल जोर्डनसँग खेलेको थियो । जोर्डनको अम्मान अन्तर्राष्ट्रिय स्टेडियममा भएको अवे खेलमा नेपालले ९–० को लज्जास्पद हार ब्यहोरेको थियो । नेपाललाई फराकिलो हार दिलाउन जोर्डनका अब्देल फत्ताहले चार गोल गरेको थिए । 

खेलको सातौं मिनेटमा पछि परेको नेपालले पहिलो हाफमा चार गोल खाएको थियो । दोस्रो हाफमा थप ५ गोल खाँदै नेपाल ९–० ले पराजित भएको थियो । तर, दशरथ रंगशालामा भएको खेलमा भने नेपालले सम्झन लायक प्रदर्शन गरेको थियो । 
पहिलो लेगमा फराकिलो हार व्यहोरेको नेपालले दोस्रो लेगमा १–१ को बराबरी खलेको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा मुर्जनले गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए । तर, ८० औं मिनेटमा भरत खवासले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए ।

२. यूएईविरुद्ध नेपाल (१९८४, एएफसी एसियन कप छनोट)

सन् १९८४ मा भएको एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले युएईसँग भोगेको यो दोस्रो फराकिलो हार हो । साउदीमा भएको उक्त छनोटको समूह दुईमा रहेको नेपालले युएईसँग ११–० को फराकिलो हार ब्यहोरेको थियो ।
पहिलो खेलमा साउदी अरबसँग ७–० ले पराजित हुँदा दोस्रो खेलमा श्रीलंकासँग ४–० गोलले पराजित भएको थियो ।

सोही छनोटको अन्तिम खेलमा नेपाल ओमानसँग ८–० ले पराजित भएको थियो । यस समूहका चारै खेल गुमाएको नेपालले जम्मा ३० गोल खाँदा कुनै गोल फर्काउन सकेको थिएन ।

१. दक्षिण कोरियाविरुद्ध नेपाल (२००३, एएफसी एसियन कप छनोट)

सन् २००४ मा हुने एएफसी एसियन कप छनोट अन्तर्गत नेपाल प्रारम्भिक चरणको समूह ‘सी’मा रहेको थियो । समूहका दुई खेल मध्येबाट एकमा जित र एक खेलमा हारसहित गोल अन्तरका आधारमा समूह विजेता बन्दै नेपाल क्वालिफाइङ राउन्डमा पुगेको थियो । 

क्वालिफाइङ राउन्डको समूह ‘ई’ मा भने नेपालले ६ खेल खेल्दा सबै खेल गुमउन पुग्यो । पहिलो खेलमा ओमानसँग ७–० ले पराजित हुँदा भियतनामसँग ५–० ले हार्न पुग्यो । तर, तेस्रो खेलमा एसियाकै पावर हाउसको रूपमा चिनिने दक्षिण कोरियासँग १६–० को फराकिलो हार ब्याहोर्न पुग्यो । जुन नेपालको हालसम्मकै सबैभन्दा लज्जास्पद हार हो । 

खेलको १८ औं मिनेटमा पछि परेको नेपालले २१ औं, २२ औं, २८ औं र ३७ औं मिनेटमा गोल खाँदै पहिलो हाफमा ५–० ले पछि परेको थियो । तर, दोस्रो हाफमा भने झन् नेपालको गोलपोस्टमा गोलको वर्ष भए । जहाँ दक्षिण कोरियाका तीन खेलाडीले ह्याट्रिक समेत गरेका थिए । छनोटकै दोस्रो लेगमा पनि नेपाल ७–० ले पराजित भएको थियो । 

पार्क जिन–सुबले चार गोल गर्दा वू सुङ योङ र किम दो हूनले तीन–तीन गोल गरेका थिए । यो नै दक्षिण कोरियाको पनि हालसम्मकै सबै फराकिलो जित हो ।

त्यसअघि सन् १९८३ मा भएको पहिलो भेटमा नेपाल १–० ले पराजित भएको थियो ।

नेपालको हालसम्मकै फराकिलो जित भने भुटानसँग छ । नेपालले औठौं सागमा दशरथ रंगशालामा भएको खेलमा भुटानालाई ७–० को फराकिलो अन्तरले पराजित गरेको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC