site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 अमेरिकामा बेरोजगारी बढ्यो, संकटमा अर्थव्यवस्था 
Ghorahi CementGhorahi Cement

वाशिङ्टन । विश्वभरी कोरोना महामारी फैलिरहेको बेला अमेरिकामा एकाएक बेरोजगारी बढेको छ । अमेरिकामा पछिल्लो साता ३० लाखभन्दा बढी मानिसहरुले आफू बेरोजगारी भएको दाबी गर्दै बेरोजगारीको सूचीमा नाम दर्ता गराएका छन् । 

अमेरिकाको श्रम विभागमा यसअघि नागरिकले आफू बेरोजगारी भएको भन्दै बेरोजगार भत्ता अथवा अन्य लाभका लागि नाम दर्ता गराएका थिएनन् । यसअघस सन् १९८२ मा पनि बेरोजगारीको समस्या बढेको थियो । त्यस समयमा करिब ६ लाख ९५ हजार मानिसहरुले आफू बेरोजगार भएको भन्दै बेरोजगारको सूचीमा नाम दर्ता गराएका थिए । 

यद्पि अमेरिकाको संसदले बुधबार २० खर्ब अमेरिकी डलरको आर्थिक सहायता प्याकेजलाई पारित गरिएको छ । अमेरिकी इतिहासमा यो अहिलेसम्मकै सबभन्दा बढी आर्थिक सहायता प्याकेज घोषणा गरिएको हो । 

Agni Group

कोरोना महामारीका कारण अमेरकामा रेस्टुरेन्ट, बार, सिनेमा, होटल, जिम सेन्टरलगायत सबै बन्द गरिएका छन् । कार कम्पनीको उत्पादनमा रोक लगाइएको छ भने हवाई सेवा पनि सीमित गरिएको  छ। 

ट्रम्पको उत्साह डेढ महिना पनि टिकेन

Global Ime bank

४ फेब्रुअरी, २०२० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्बोधनका क्रममा भनेका थिए, "रोजगारीमा वृद्धि भइरहेको छ । गरिबी कम भएको छ । अमेरिकनहरुमा आत्मविश्वास बढिरहेको छ भने मुलुक समृद्धितर्फ अघि बढिरहेको छ ।" 

ट्रम्प अमेरिकाको २१.४४ ट्रिलियन अमेरिकी डलरको अर्थव्यवस्थालाई लिएर निकै उत्साहित देखिन्थे । हुन पनि १४.४ ट्रिलियनको चीन, २.८ ट्रिलियन र पाकिस्तानको ३२० बिलियनको जीडीपीलाई हेर्ने हो भने निश्चित रुपमा अमेरिकी अर्थव्यवस्था उत्साहप्रद नै हो । 

अमेरिकी राष्ट्रपतिले आफ्नो अर्थव्यवस्थालाई ब्याख्या गरिरहँदा चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५०० पुगेको थियो भने हजारौं संक्रमित भएका थिए । यसबेला अमेरिकाले यस संकटलाई खासै वास्ता गरेको थिएन र यसरी महामारीको फैलिन्छ भन्‍ने विषयमा अमिकाको गम्भीरता शून्यजस्तै थियो । 

अमेरिकी शेयर बजारले नयाँ उचाई हासिल गरेको धेरै समय बितेको छैन । बेरोजगारी दर ३.६ प्रतिशतसँगै ५० वर्षयताकै न्यूनतम स्तरमा पुगेको थियो । अमेरिकाले चीनसँग दुई सय अर्बको सम्झौता गरेको थियो भने आफ्नो सम्पदा कानुलाई बलियो बनाएको थियो । 

तर, अमेरिका आफ्नो तथ्यांकलाई लिएर उत्साहित भएको डेढ महिनामा नै अवस्था ठिक विपरीत बनेको छ । अमेरिकामा १०५० भन्दा बढी मानिसहरुको मृत्यु भएको छ भने करिब ७० हजार कोरोना संक्रमित भएका छन् । संक्रमित र मृत्यु हुनेको संख्या नियन्त्रण हुन सकेको छैन । विश्व स्वास्थ्य संगठनले अबको कोरोना संक्रमणको नयाँ इपिसेन्टर अमेरिका बन्‍ने चेतावनी दिएका छन् । 

अर्थव्यवस्थामा निकै संकट पर्ने 

व्यापार, स्कूल, खेलकुदलगायतका सबै गतिविधि बन्द गरिएका छन् । सम्पूर्ण आर्थिक गतिविधि ठप्प छन् । स्टक मार्केटको अवस्था निकै कमजोर छ । सडक सुनसान छन् । यातायात र हवाई उडानहरु रोकिएका छन् । 'अर्थव्यवस्थाको स्थिति भयानक' बन्‍न लागेको र 'धराशायी' हुनसक्ने टिप्पणीहरु भइरहेका छन् । 

आर्थिक मामिलाका जानकार निवेशक रे डेलियोले सीएनबीसी टेलिभिजसँगको अन्तर्वार्तामा भने, "अहिले जे भइरहेको छ । यस्तो हाम्रो जीवनमा कहिल्यै देखिएको थिएन । यो संकटको समय हो ।" 

रे डलियोलेले  कोरोना भाइरसका कारण अमेरिकाको कारण चार ट्रिलियन डलर बराबरको नोक्सान हुनसक्‍ने आकलन गरेका छन् । जब वेबसाइट करिअर बिल्डरको सन् २०१७ को सर्भे अनुसार ७८ प्रतिशत अमेरिकी कामदार आफ्नो कामका लागि हरेक महिना पे-चेकमा निर्भर हुने बताइएको थियो । हरेक चारमध्ये एक कामदारले हरेक महिना कुनै पनि किसिमको बचत नगर्ने सर्भेले जनाएको थियो । 

यस सर्भेअनुसार करिब चारमध्ये चीन कामदार ऋणमा चलिरहेको हुने र आधाभन्दा बढी आम्दानी आफ्नो आवश्यकताको सामग्री खरिदमा खर्च गर्ने गरेको थिए । जसका लागि मानिसहरु एकभन्दा बढी काम गर्ने गरेका थिए । 

हामी कुनै ठूला बैंक अथवा संस्थाहरुको तथ्यांकलाई हेर्ने हो भने आगामी दिनमा अमेरिकाको अर्थव्यवस्थामा निकै ठूलो असर पर्ने बताइएको छ । 

गोल्डम्यान सचका अर्थशास्त्रीले आगामी दिनमा हुने आर्थिक मन्दीको आकलन गरेका छन् । पहिलो तीन महिनाको जीडीपीमा ६ प्रतिशतको गिरावट आउने दोस्रो तीन महिनामा २४ प्रतिशतभन्दा बढी गिरावट आउने अनुमान गरिएको छ । 

बैंकर सेक्टरको एक कम्पनी जेपी मोर्गानका एक विश्लेषमा भनिएको छ,"पहिलो तीन महिनामा चार प्रतिशत र दोस्रो तीन महिनामा १४ प्रतिशतको गरिवाट आउने अनसमान गरिएको छ । तेस्रो तीन महिनामा ८ प्रतिशत र अन्तिम तीन महिनामा चार प्रतिशतले वृद्धि हुनसक्ने अनुमान गरिएको छ ।" 

जेपी मोर्गानका मुख्य अर्थशास्त्री माइकल फेरोलीका अनुसार आगामी साता अमेरिकामा जागिर नभएकाहरुको संख्या चार लाखभन्दा बढी हुने अनुमान छ ।

बैंक अफ अमेरिकाका अर्थशास्त्री मिसेल मेयरले लेखेका छन्, "हामी आधिकारिक रुपमा घोषणा गर्न सक्छौं कि अमेरिकी अर्थव्यवस्थामा मन्दीको सुरुआत भएको छ । हामी अन्य विश्वका मुलुकको जस्तै अर्थव्यवस्थामा पुगेका छौं । हामी गहिरो संकटमा पुगिसकेका छौं ।" 

उनले थप लेखेका छन्, "मानिसहरु जागिरविहीन हुनेछन्, पैसा हुनेछैन र निकै निराशाको स्थिति पैदा हुनेछ ।"

बैंक अफ अमेरिकाका अनुसार दोस्रो तीन महिनामा १२ प्रतिशत गिरावटसँगै अर्थव्यवस्था डुब्‍ने स्थितिमा पुग्‍नेछ । यो स्थिति कति लामो समय चल्‍नेछ भन्‍ने यतिकै भन्‍न सकिने स्थिति छैन । त्यसकारण अर्थव्यवस्था थप संकटमा पर्नेछ । 

स्विट्‌जरल्यान्डको लगानीकर्ता कम्पनी यूबीएसका अनुसार दोस्रो तीन महिनामा अमेरिकी अर्थव्यवस्थामा ठूलो गिरावट आउनेछ भने कोरोना भाइरसकै कारण पहिलो छ महिनामा गहिरो आर्थिक मन्दीको सामना गर्नुपर्नेछ । 

स्विस बैंक कम्पनी टाइटनका अनुसार अमेरिकी अर्थव्यवस्थाको वृद्धिदर पहिलो तीनमा महिनामा माइनस २.१ प्रतिशतसम्म गिरावट आउने र दोस्रो तीन महिनामा १० प्रतिशतले घट्‍ने भएको छ । 

यसरी अर्थव्यवस्थामा आएको गिरावटको सिधा असर जागिरमा पर्नेछ । बैंक अफ अमेरिकाका अनुसार बेरोजगारको संख्या दुई गुणा बढ्‍नेछ । हरेक महिना १० लाख जागिर आवश्यक पर्नेछ । यस अनुसार दोस्रो तीन महिनामा ३५ लाख जागिर आवश्यक पर्नेछ । 

एनालिसिस कम्पनी अक्सफोर्ड इकोनमिक्सले यातायात बन्द हुँदा ४८ लाख मानिसहरु बेरोजगार हुने अनुमान गरेको छ । "यस वर्ष यात्रामा खर्च हुने ३५५ अर्ब डलर रकम चल्‍नेछैन । अमेरिकी अर्थव्यवस्थामा यसका कारण ८०९ अमेरिकी डलर बराबरको नोक्सन हुनेछ । जुन सन् २०११ को सेप्टेम्बरमा भएको घटनाका कारण भएको घाटाभन्दा ६ गुणा बढी हो ।"

लेबर युनियन युनाइट हेयरले भनेको छ, "हाम्रा तीन लाख सदस्यमध्ये ८० देखि ९० प्रतिशत कोभिड-१९ कारण क्‍वारेन्टाइनमा छन् । जसका कारण लेबर मार्केट शून्यजस्तै बनेको छ ।" 

अमेरिकी इतिहासको सबभन्दा ठूलो राहत प्याकेज 

एयरलाइन्स उद्योगसँग सम्बन्धित ट्रेड युनियन एयरलाइन्स फर अमेरिकाले रिपब्लिकन र डेमोक्रेटलाई एक पत्र लेख्दै साढे सात लाखको रोजगारीको सुरक्षा गर्न संसदमा वित्तिय प्याकेज पारित गर्न आग्रह गरिएको थियो । 

अहिलेको संकटबाट गरिब, कम आय भएका र घरबार नभएकाहरु बढी प्रभावित हुनेछन् । सन् २०१८ मा गरिएको एक अध्ययन अनुसार २ करोड ७५ लाख अमेरिकन नागरिकहरुको स्वास्थ्य बिमा गरिएको थिएन । यो अमेरिकाको जनसंख्याको साढे ८ प्रतिशत हो । यसै कारण रंग, वर्ग, लिंगका आधारमा गरिने भेदभावबाट उनीहरु असुरक्षित हुँदै गएको उक्त अध्ययनले जनाएको थियो ।

ह्युमन राइट वाचको रिपोर्टका अनुसार अमेरिकामा गरिबीको रेखामुनि रहेका चार करोड ६० लाख मानिसहरु दैनिक उनीहरुको कमाइ भएन भने साँझबिहानको भोक टार्न पनि मुस्किल पर्छ । 

अमेरिकामा आम्दानी र सम्पदामा गरिने विभेदकारी व्यवहारका कारण करिब २१ प्रतिशत काला जातिका र १८ प्रतिशत हिस्प्यानिक मानिसहरु गिरिबीको रेखामुनी छन् ।  

राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई 'अदृश्य शत्रु' भनेका छन् । उनले इस्टरसम्म मुलुक संकटबाट पार लागिसक्‍ने आश्वासन दिएका छन् ।  अर्थव्यवस्थामा ठूलो संकट पर्ने भन्दै अर्थशास्त्रीहरुले प्रतिबन्धमा केही छुट दिन माग गरेका छन् भने जोखिम कम भएका जनशक्तिलाई काममा फर्काउनसमेत सरकारलाई आग्रह गरेका छन् । 

अमेरिकामा संक्रमण अहिले देखिएकोभन्दा भयानक रुप लिने अन्तर्राष्ट्रिय संस्थाहरुले चेतावनी दिएका छन् । - बीबीसी र एजेन्सीको सहयोगमा 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  ०९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC