site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
 मदुरोमाथि ‘लागू पदार्थ आतंकवाद’को आरोप
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोदस मदुरोमाथि अमेरिकी प्रशासनले बिहीवार विधिवत् लागू पदार्थ आतंकवाद (नार्को टेरोरिज्म) को अभियोग लगाएको छ । द वासिङटन पोस्टको अनलाइन संस्करणमा प्रकाशित समाचारअनुसार समाजवादी अधिनायक मदुरोलाई सत्ताबाट हटाउने अमेरिकी सरकारको प्रयास यसरी नाटकीय चरणमा प्रवेश गरेको हो ।  

अमेरिकी अधिकारीहरूले मदुरोमाथिको अभियोगको तयारी एक दशकदेखि भइरहेको बताएका छन् । राष्ट्रपति मदुरोलाई अपदस्थ गर्न भइरहेको जनआन्दोलन कोरोनाभाइरसको संक्रमणका कारण शिथिल हुँदै गएको बेला अमेरिकी सरकारको आरोप सार्वजनिक भएको हो । 

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति चुनिएदेखि नै मदुरोलाई हटाउने प्रयास तीव्र भएको छ । राष्ट्रपति मदुरो र उनको सरकारका अधिकारीहरू लक्षित प्रतिबन्धको अमेरिकाले घोषणा गरिसकेको छ । यसैगरी अमेरिकाले लगाएको आर्थिक प्रतिबन्धले भेनेजुएलाको अर्थतन्त्र तहसनहस भएको पोस्टको समाचारमा उल्लेख गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  २१:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC