site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना संक्रमण देखिएका दुवैजनाको स्वास्थ्य सामान्य
Sarbottam CementSarbottam Cement

काठमाडौ । कोरोना संक्रमण देखिएर उपचाररत दुईजनाकै स्वास्थ्य सामान्य रहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रोग अस्पताल जनाएको छ ।

अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले दुवैको स्वास्थ्य सामान्य रहेको बताए । “अहिले दुवैलाई अस्पतालको आइसोलेसनमा उपचार गरिरहेका छौं,” उनले भने “उहाँहरू दुवैको पुनः परीक्षण कहिले कति दिनमा गर्ने विषयमा भोलि छलफलबाट टुङ्गो लाग्छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

कोरोना संक्रमण देखिएको बिवरामीको पुनः एक सातामा दोस्रो कोरोना परिक्षण हुने गर्छ । यदि त्यो समयमा पनि कोरोना संक्रमण देखिएमा १४ दिन आइसोलेसनमै राखेर उपचार गरिने अस्पताल स्रोत बताउँछ । स्रोतका अनुसार ति युवतिको भर्ना भएको ७ दिनमा पुन कोरोना परिक्षण गर्ने तयारी छ । नेपालमा हालसम्म तीन जनामा कोरोना संक्रमण देखिएको छ । 

गत चैत ४ मा फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया नेपाली युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनी होम क्वारेन्टाइनमा बसेकी थिइन् । उनी चैत ७ गते शुक्रबार कोरोनाको आशंकामा टेकु अस्पताल चेकजाँचका लागि पुगेकी थिइन् । उनको नमुना संकलन गरेर अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो । उनको रिपोर्ट आइतबार बेलुका पोजेटिभ आएको थियो । तर सोमबार मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोजेटिभ रिर्पोट आएको सार्वजनिक गरेको थियो । उनीहाल टेकु अस्पतालको आइसोलेसनमा उपचाररत छिन् 

Global Ime bank

त्यसैगरी, गत चैत ६ गते एयर अरेबियाको उडानबाट युएईको सारजाँहबाट आएका ३२ वर्षीय नेपाली पुरुष थिए । तर उनी काठमाडौकै एक होटलमा बसेका थिए । कोरोना भाइरसका लक्ष्ण देखिएपछि गत चैत १० गते सोमबार टेकु सरुवा रोग अस्पताल पुगेका थिए । उनलाई अस्पतालले कोरोनाको आशंमा आइसोलेसनमा भर्ना गरेको थियो । अस्पतालले मंगलबार नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । सोही दिन बेलुकाको रिर्पोटमा कोरोना संक्रमण देखिएको थियो । तर ति पुरुषमा कोरोना संक्रमण देखिएको सुचना भने मन्त्रालयले बुधबार (हिजो) मात्र सार्वजनिक गरेको थियो ।

यसअघि चीनको बुहानबाट आएका एक ३२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको थियो उनी उपचारपछि निको भइसकेका मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले आजसम्ममा ७ सयको कोरोना परीक्षण गरिएकोमा ३ जनामा मात्र कोरोना पोजेटिभ देखिएको जानकारी दिए । उनले “सात सयमा ३ पोजेटिभ अरु सबै नेगेटिभ रिपोर्ट छन् ।”
फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC