site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हरेक परिवारलाई पाँच केजी चामल, एक केजी दाल 
Ghorahi CementGhorahi Cement

नयाँ दिल्ली । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) का अध्यक्ष जेपी नाडाले बिहीबार पाँच केजी चामल र एक केजी दाल उपलब्ध गराइने बताएका छन् । 

प्रधानमन्त्री गरिब कल्याण योजना अन्तर्गत हरेक परिवारलाई लकडाउका समयमा प्रति परिवार पाँच केजी चामल र गहुँ र एक केजी दाल निःशुल्क उपलब्ध गराइने बताएका हुन् ।

Agni Group

उनले ट्विटमार्फत् भनेका छन्, "हरेक परिवारलाई यसरी निःशुल्क दाल चामल उपलब्ध गराइने छ । गरिबको कल्याणका लागि सरकारले गरेको प्रतिबद्धता हो ।" 

उनले थप लेखेका छन्, "प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले संकटको घडीमा गरिबका लागि ठूलो राहत घोषणा गरेको छ । हामी कुनै व्यक्ति भोकै बस्‍नु नपरोस् भन्‍ने चाहन्छौं । सरकारले प्रधानमन्त्री गरिब कल्याण योजना अन्तर्गत लकडाउनबाट प्रभावित मजदुर तथा गरिब र विपन्‍नका लागि बिहीबार १७ खर्ब बराबरको राहत योजना घोषणा गरेको छ ।"

Global Ime bank

उक्त राहत कोषबाट गरिब, मजदुर र असहायलाई डीबीटीमार्फत उपलब्ध गराइने उनले जानकारी दिए । 

त्यसैगरी सरकारले चिकित्सकका लागि ५० लाख बिमा सुरक्षा घोषणा गरिएको र यसबाट २० लाख चिकित्सकलाई फाइदा पुग्‍ने बताइएको छ । - एएनआई

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC