site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इराकमा अप्रिल ११ सम्म देशव्यापी कर्फ्यु, इरानमा ८५ हजार कैदीबन्दी रिहा
Ghorahi CementGhorahi Cement

बगदाद । इराक सरकारले अप्रिल ११ सम्मका लागि देशव्यापी कर्फ्यु घोषणा गरेको छ ।

इराकी सरकारी सञ्‍चारमाध्यमले बुधबार इराक सरकारले कर्फ्युको दायरा बढाएको जनाएका थिए । यसअघि घोषणा गरिएको कर्फ्यु मार्च २८ सम्म सकिँदै छ । 

Agni Group

इराकले सुरुदेखि नै पूर्व सावधानी अपनाएका कारण संक्रमण निकै कम छ । इराकमा हालसम्म ३८२ कोरोना संक्रमित छन् भने ३६ जनाको मृत्यु भएको छ ।

त्यसैगरी इरानी राष्ट्रपति हसन रुहानीले सरकारी टेलिभिजनमार्फत् मंगलबार आगामी २५ दिनका लागि अर्थात् अप्रिल २८ सम्मका लागि कैदीहरुलाई रिहा गरिने घोषणा गरेका थिए ।

Global Ime bank

गत साता न्यायालयका प्रवक्ता घोलामहोसिन इस्माइलीले जेलमा कोरोना संक्रमणको त्रास बढ्‍नसक्ने भन्दै ८५ हजार कैदीहरुलाई अस्थायी रुपमा घर पठाइने घोषणा गरेका थिए । 

यससँगै करिब २५ लाख इरानी कर्मचारी गत महिनादेखि कार्यालय नगएको बताइएको छ । 

इरानमा बुधबार ३४६ कोरोना संक्रमति थपिएको र २९ जनाको मृत्यु भएको इरानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

हालसम्म इरानमा २९ हजार ४०६ संक्रमित छन् भने करिब दुई हजारको मृत्यु भइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC