site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इटलीमा कमजोर बन्दै कोरोना
Sarbottam CementSarbottam Cement

रोम । इटलीमा डर लाग्दो ढङ्गमा बढिरहेको कोरोना सङ्क्रमणका बीच मृत्युदरमा आएको गिरावटले भने राहत दिलाएको छ । बुधबारसम्ममा यो भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ७५०३ पुगेको थियो । सो दिन ६८३ जनाको यो घातक भाइरसका कारण मृत्यु भएको थियो, जबकि मङ्गलबार ७४३ जनाले ज्यान गुमाएका थिए । इटलीमा सुधारको सङ्केत आइतबारदेखि देखिन थालेको हो ।

आइतबार ६५० टेकेकोमा सोमबार त्यो केही घटेर ६०२ जनामा सीमित हुन पुगेको थियो । इटलीमा सङ्क्रमितको सङ्ख्या विस्तारै चीनमा जत्ति नै पुगेकोछ । अहिले त्यहाँ सङ्क्रमितको सङ्ख्या ७४३८६ पुगेको छ । अहिले दैनिक रुपमा नयाँ केसको सङ्ख्यामा पनि कमी आउन थालेको छ । कोरोनाको केन्द्र मानिएको चीनमा भने स्थितिमा उल्लेखनीय सुधार आइसकेको छ । तीन महिनापछि चीनको वुहानमा बस सेवा सुचारु भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्ला दिनमा इटलीमा सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्यामा कमी आएपछि त्यहाँका स्वास्थ्य अधिकारीहरु केही खुसी देखिएका छन् । त्यहाँ ९३६२ जना सङ्क्रमितलाई उपचारपछि पूर्ण रुपमा ठीक भएको छ । सबैभन्दा प्रभावित क्षेत्र लाम्बाडी रिजनमा पनि नयाँ विरामी र मृत्यु हुनेको सङ्ख्यामा कमी आएको छ । 

इटलीमा सकारात्मक ट्रेन्ड तबदेखि देखिन थाल्यो जब कोरोना सङ्क्रमित एक नर्सले आत्महत्या गरिन् । ती नर्स लाम्बार्डी अस्पतालमा कार्यरत थिइन्, उनी आफ्नो कारण अरुलाई कोराना नसरोस् भन्ने चाहन्थिन् । यसै चिन्तामा रहेकी डेनिएला टे«जी नामका ती नर्सले आत्महत्या गरेकी थिइन् । उनलाई सङ्क्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा राखिएको थियो । (एजेन्सी)

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC