site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चीनको वुहानमा कोरोनाभाइरसको संक्रमण सुरु हुनेबित्तिकै जनस्वास्थ्य विशेषज्ञहरू नेपालमा संकटको सम्भावना औँल्याएका थिए । अधिकांश सञ्चार माध्यमले जनस्वास्थ्य र संक्रामक रोगका विज्ञहरूका भनाइ सार्वजनिक पनि गरेका थिए । सरकारका मन्त्रीहरू विज्ञहरू र जनताको आवाज मुखरित गर्ने सञ्चारकर्मीलाई होच्याउँदै नेपाल कोरोना मुक्त देश भएको प्रचारमा लागे । अहिले सामान्यतः देखिएको वा सुनिएको भन्दा अवस्था निकै गम्भीर भएको छ । सुरक्षा उपकरण, चिकित्सा सामग्री तथा औषधिलगायत अत्यावश्यक वस्तुका अभावमा अहिले स्वास्थ्यकर्मीहरू सबैभन्दा बढी संक्रमणको जोखिममा परेका छन् । दुर्भाग्य, अझै पनि देशका स्वास्थ्यमन्त्रीको आँखा खुलेको रहेनछ । संक्रमणको रोकथामका लागि खटिने चिकित्साकर्मीलाई वैयक्तिक सुरक्षा कवच (पीपीई) उपलब्ध हुनुपर्ने अनिवार्य प्रावधानलाई समेत स्वास्थ्यमन्त्रीले बेवास्ता गरेका सबैले सुने । सुन्नेहरू अधिकांशले मन्त्रीलाई धिक्कारे पनि ।

हुनत, आफ्नै ज्यान जोखिममा पर्ने जान्दाजान्दै पनि संक्रमणको पहिचान, रोकथाम र उपचारका लागि चिकित्साकर्मीहरू खटिएकै छन् । समाजले यिनलाई स्याबास भनेको छ । भन्नै पर्छ । तर, यिनको सुरक्षामा हेलचेक्य्राइँ हुँदा चिकित्साकर्मीहरूमात्रै जोखिममा पर्दैनन् उनीहरूको सम्पर्कमा आउने अरू बिरामी र तिनको परिवारजनसमेत संक्रमणको जोखिममा पर्छन् । सामान्य विवेक भएको कुनै व्यक्तिले पनि चिकित्सकहरूको वैयक्तिक सुरक्षाको विषयलाई उपेक्षा गर्न सक्तैन । यसैले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको कथन दुःखदमात्र हैन आपत्तिजनक पनि हो । जनताप्रति उत्तरदायी हुनुपर्छ भन्ने संस्कार शासकमा जन्मेको भए यस्तो गम्भीर अवस्थामा संवेदनहीन अभिव्यक्ति दिने व्यक्ति पदबाट मुक्त भइसक्थ्यो । शासकको कृपापात्रलाई पदमा रहन जिम्मेवार हुनु नपर्ने संस्कार राणाकालभन्दा पनि पुरानो हो । नेपालीको नियतिमा सायद यस्तैको शासन लेखेको छ ।

सरकारमा भएका सबैजना भानुभक्त ढकाल प्रवृत्तिका पक्कै छैनन् होला । प्रधानमन्त्री केपी ओलीले आफ्नो स्वास्थ्यको समेत ख्याल नराखी बैठकहरू चलाएका छन् र देशका लागि आवश्यक निर्णयहरू लिएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वको समितिले ढिलै भए पनि अत्यावश्यक बन्दाबन्दीको निर्णय लियो । बिस्तारै जनताले त्यसलाई स्वीकार गर्दैछन् । यसैले पीपीईलगायतका चिकित्सा सामग्रीको आपूर्तिमा स्वास्थ्यमन्त्री ढकालजसरी सरकारको सबै निकाय गैरजिम्मेवार बन्नेछैन भन्ने अपेक्षा गरिएको हो । कच्चा पदार्थ भएमा देशभित्रैको जनशक्ति र सीप प्रयोग गरेर वैयक्तिक सुरक्षा कवच उत्पादन गर्न सकिने देखिएको छ । यस्तै, पशुपंक्षीको सरुवा रोग परीक्षणका लागि तयार गरिएको प्रयोगशालामा सामान्य सुधार गरेर पनि प्रयोग गर्न सकिने जानकारी सार्वजनिक भएको छ । प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री पोखरेलको ध्यान भानुभक्तहरूको अकर्मण्य र गैरजिम्मेवार प्रवृत्तितर्फ हैन संकटका बेला सहयोग गर्न अग्रसर विज्ञ र उद्यमीहरूको कुरा सुन्नेतर्फ जानुपर्छ । कोरोनाभाइरसविरुद्धको युद्ध गैरजिम्मेवार र अकर्मण्य व्यक्तिहरूबाट जित्न सकिँदैन । बेलैमा चेतौँ ।     
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC