site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अभिनेत्री निम्मीलाई ऋषि कपुरको भावपूर्ण श्रद्धाञ्जलि
Ghorahi CementGhorahi Cement

चर्चित अभिनेत्री निम्मीको बुधबार मुम्बाइस्थित एक अस्पतालमा निधन भएको छ । भारतीय मिडियाका अनुसार ८७ वर्षीया अभिनेत्री पछिल्लो केही समयदेखि बिरामी थिइन् । 

आरके परिवारसँग नजिक निम्मीलाई ऋषि कपुरले ट्विटरमार्फत् श्रद्धाञ्जलि अर्पण गरेका छन् । कपुरले उनको फोटोसँगै लेखेका छन्, “‘बोबी’ को प्रिमियर रिलिजको समयमा दिनुभएको माया र आशीर्वादका लागि धन्यवाद निम्मी आन्टी । तपाई आरके परिवारको हिस्सा हुनुहन्थ्यो । ‘बरसात’ तपाईको पहिलो चलचित्र थियो । अल्लाहले तपाईलाई स्वर्गमा बास दिउन् । आमिन ।”

Agni Group

निम्मीलाई राज कपुरले चलचित्र ‘बरसात’ बाट देब्युको मौका दिएका थिए । पहिलो चलचित्र हिट भएसँगै उनले पछाडि फर्केर हेर्नु परेन ।

‘बरसात’ सँगै ‘उठन खटोला’, ‘आन’, ‘भाइ–भाइ’, ‘मेरे महबूब’ र ‘पूजा के फूल’ मा उनले निभाएको भूमिकाका कारण उनले निकै चर्चा पाएकी थिइन् ।

Global Ime bank

उनको अत्येष्टि बिहीबार गरिँदैछ । उनी ५०–६० दशककी चर्चित अभिनेत्री थिइन् । (नवभारत टाइम्स)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC