site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
चीनले पठायो चिकित्सकको तेस्रो टोली इटाली
Sarbottam CementSarbottam Cement

फुजहोउ । १४ जनाको चिकित्सा विज्ञको टोली बुधबार चीनको फुजियान प्रान्तबाट चार्टड विमानमार्फत् युरोपियन राष्ट्र इटालीका लागि उडेको छ । कोरोना भाइरसले सबभन्दा बढी प्रभावित मुलुक इटालीमा सहयोगका लागि उडेको यो तेस्रो चिनियाँ टोली हो । 

उक्त टोलीमा विभिन्‍न अस्पतालका चिकित्सकहरु र चीनक रोग नियन्त्रण, उपचार केन्द्र फुजियानका प्रतिनिधि, राष्ट्रिय रोग नियन्त्रण केन्द्रका इपिडिमियोलोजिस्ट र अन्हुइ प्रान्तका पल्मोनोलोजिस्ट रहेको पिपुल्स डेली चाइनाले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

टोलीमा गएकाहरु श्वासप्रश्वास, आईसीयू, संक्रामक रोग, अस्पताल संक्रमण नियन्त्रण, परम्परागत चिनियाँ औषधी र नर्सिङ क्षेत्रका विज्ञहरु रहेको बताइएको छ । उनीहरुको मिसन कोभिड-१९ को नियन्त्रण, रोकथाम र उपचारमा आफ्नो अनुभव त्यहाँका स्थानीय अस्पताल र विज्ञहरुलाई बाँड्‍नु रहेको छ । 

इटालीको टुस्क्यानी क्षेत्रमा खटिने उनीहरुले आवश्यक सुरक्षा सामग्रीसमेत उपलब्ध गराइने जनाइएको छ । उनीहरुले साथमा ८ टन बराबरको मेडिकल उपकरणहरु पनि साथमा लगेका छन् । 

Global Ime bank

यसअघि चीनले २२ जनाको दुई टोली र २० टन मेडिकल सामग्री इटाली पठाएको थियो । इटालीमा कोरोनाबाट हालसम्म ७ हजार ५०३ जनाको मृत्यु भएको छ भने ७४ हजारभन्दा बढी संक्रमित भएका छन् । - पिपुल्स डेली चाइना

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  ११:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC