site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
कोरोना संक्रमितसँगै कतारबाट नेपाल आएका सुनारलाई अस्पताल लगिँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एयरवेजको विमानबाट नेपाल आएका कञ्चनपुरको महाकाली नगरपालिका १० का ४०/४२ बर्षीय बब्लु सुनारलाई उपचारका लागि महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पताल लगिँदै छ । 

महाकाली नगरपालिकाका प्रवक्ता समेत रहेका वडा ६ का अध्यक्ष दिलबहादुर सिँजापतीले सुनारलाई अस्पताल लैजान एम्बुलेन्स बोलाइसकेको बाह्रखरीलाई जानकारी दिए । ‘‘सायद एक घण्टाभित्र बब्लुलाई अस्पताल पुर्‍याउन सकिन्छ होला अहिले उनलाई लिनका लागि एम्बुलेन्स पठाएका छौं,’’ वडाध्यक्ष सिँजापतिले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार सुनार विदेशबाट फर्किएपछि होम क्‍वारेन्टाइनमा बसेका थिए । उनलाई अहिलेसम्म ज्वरो, खोकी आएको छैन । 

यसअघि हिजो पनि उनलाई अस्पताल ल्याउन गएको एम्बुलेन्स रित्तै फर्किएको थियो । सुनारले आफू क्‍वारेन्टाइनमा बसेको र कोरोनाको लक्षण नदेखिएको भनेपछि उनलाई घरमै बस्‍ने अनुमति दिइएको हुँदा अस्पताल नल्याएको बताइको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  ११:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC