site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कोरोना नियन्त्रणमा आवश्यक औषधि र उपकरण ल्याउन एक लाख डलरसम्मको ड्राफ्ट सुविधा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने मेडिकल सामग्री आयात गर्दा दिने ड्राफ्ट/टीटीको दायरा बढाएको छ ।

बुधबार बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णयअनुसार राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले कोरोना नियन्त्रणका लागि आवश्यक पर्ने मेडिकल सामग्री आयात गर्दा १ लाख अमेरिकी डलरसम्मको ड्राफ्ट/टीटीको माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्र बैंकको परिपत्रअनुसार स्वास्थ्य सेवा विभागको सिफरिसमा गरिने कोभिड १९ सँग सम्बन्धित औषधि सामग्रीहरू तथा स्वास्थ्य उपकरणको आयातको हकमा एउटै विजकबाट एक लाख अमेरिकी डलरसम्मको ड्राफ्ट÷टीटी भुक्तानी गर्न सकिने उल्लेख छ । एक लाख डलरभन्दा बढीको सटही सुविधा आवाश्यक परे स्वास्थ्य सेवा विभागको सिफारिससहित राष्ट्र बैंकमा निवेदन दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ । 

यस्तै व्यापारिक फर्मले स्वास्थ्य सेवा विभागले सिफरिस गरेको कोभिड १९ संक्रमणसँग सम्बन्धित सामग्री तथा स्वास्थ्ग्य उपकरणहरूको प्रतितपत्रमार्फत पैठारी गर्दा धरौटी आवाश्यक नपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । सामान्य अवस्थामा प्रतितपत्रको १० प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था छ । 

Global Ime bank

सामान्य अवस्थामा टीटीमार्फत २५ हजारभन्दा बढी डलर उपलब्ध गराउँदा लाभग्रीको व्यावसायिक विश्वसनीयता जानकारी लिनुपर्ने हुन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  २२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC