site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
क्यान्सर अस्पताललाई आइसोलेसन कक्षका रुपमा प्रयोग गरिने
Ghorahi CementGhorahi Cement

बाँके । बाँकेमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि खजुरास्थित क्यान्सर अस्पताललाई पनि आइसोलेसनका रूपमा प्रयोग गरिने भएको छ । 

स्थानीयस्तरबाट नेपालगञ्जस्थित भेरी अस्पताल, लायन्स डेण्टल अस्पताल र नेपालगञ्ज शिक्षण अस्पतालमा आइसोलेशन कक्ष स्थापना गरिएकोमा प्रदेश ५ सरकारको निर्देशनमा खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई पनि आइसोलेसन बनाउने प्रक्रिया अघि बढेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । 

Agni Group

उनका अनुसार प्रदेश नं. ५ सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी नेतृत्वको टोलीले मङ्गलबार अस्पतालको अवलोकन तथा बैठक गरी कोरोना भाइरस सङ्क्रमितहरुको उपचारका लागि आइसोलेसन अस्पतालको स्थापना, सञ्चालन र व्यवस्थापन गर्ने गरी विभिन्न निर्णय भएपछि क्यान्सर अस्पताललाई पनि अब आइसोलेसनका रूपमा प्रयोग गर्न सकिने भएको छ । 

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरास्थित क्यान्सर अस्पताललाई आइसोलेसन अस्पतालका रुपमा व्यवस्था मिलाउने गरी भेरी अस्पतालका प्रमुख डा. प्रकाशबहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय उपसमिति समेत गठन गरेको छ ।

Global Ime bank

कोरोना भाइरस नियन्त्रणका लागि बाँके जिल्लामा रहेका सरकारी, निजी तथा मेडिकल कलेज, नेपाली सेना र प्रहरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका साथै थप आवश्यक भए करार सेवा लिन छोटो प्रक्रिया अपनाएर खटाउनका लागि बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा ८ सदस्यीय उपसमिति समेत गठन गरिएको बताए । 

कोरोना भाइरस सङ्क्रमित बिरामीलाई उपचारका लागि लायन्स डेण्टल अस्पतालमा ४०, भेरी अस्पतालमा ६ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा करिब ५ शय्याको आइसोलेसन कक्ष तयारी अवस्थामा छ । यस्तै महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइन स्थापना गरिएको छ ।

बाँकेमा सङ्क्रमण फैलिन नदिन शङ्कास्पद बिरामीको लागि क्वारेन्टाइन, आइसोलेसन चिकित्सक तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिए । उनका अनुसार भेरी अस्पताल र लायन्स डेण्टल अस्पतालमा स्थापना गरिएको क्वारेन्टाइन सञ्चालनमा आइसकेको छ । महेन्द्र बहुमुखी क्याम्पसमा स्थापना गरिएको अस्थायी क्वारेन्टाइनका लागि चिकित्सक, स्वास्थ्यकर्मी लगायत आवश्यक सबै व्यवस्था मिलाइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  ०१:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC