site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
क्वारेन्टाइनको मृत्युले शोक मनाउने ठाउँ पनि दिएन !
Sarbottam CementSarbottam Cement

एजेन्सी । ८३ वर्षको लामो जीवनपछि एल्फ्रेडो भिसिओको कोरोनाका कारण मृत्यु भयो । यसबारे उनकी नातिनी मार्ता मनफ्रेडीले दुःखी हुँदै भनिन्, “उनीहरुले हजुरबुवाको शव प्रियजन र आफन्तहरु बिना नै यत्तिकै गाडे ।” मार्ता आफैँ पनि सो अन्त्येष्टिमा सहभागी हुन पाइनन् र घरभित्र थुनिएकी थिइन् । त्यसैले सबै ठीक भइसकेपछि आफूहरुले उनलाई पुनः राम्ररी बिदा गर्ने मार्ताले बताएकी हुन् । 

कोरोनाको संक्रमण धर्म, संस्कृति केही नहेरि विश्वव्यापी रुपमा फैलिरहेको छ । यस्तोमा मानिसहरुले आफ्ना मृत प्रियजनहरुलाई परम्परागत रुपमा दाह संस्कार गर्न पाइरहेका छैनन् । कतिको अन्त्येष्टि कार्यक्रम भाइरस फैलन डरले रद्द गरिएको छ भने कतिले केबल धार्मिक गुरुको उपस्थितिमा समारोह सम्पन्न गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

विश्वभर झन्डै १० हजारको मृत्यु गराइसकेको यो भाइरसको जोखिम कम गर्नकै लागि आयरल्यान्डका स्वास्थ्यकर्मीहरुले चिहानमा काम गर्नेहरुलाई , शवको मुखमा समेत मास्क लगाउन सुझाव दिइरहेका छन् । उता इटलीको एक अन्त्येष्टि कम्पनीले भने भिडियो मार्फत क्वारेन्टाइनमा रहेका परिवारलाई दाह संस्कार प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइदिएको छ । यसरी अति नराम्ररी प्रभावित शहरहरुमा अरुबेलाको भन्दा ६ गुणा बढी सङ्ख्यामा मृत्यु भइरहेको हुँदा अन्त्येष्टिको कामलाई अझ कठिन बनाइदिएको छ । 

त्यस्तै इरानमा पनि अस्पताल र अन्त्येष्टिका कामदारहरु ठूलो सङ्ख्यामा भएका मृत्यु सम्हाल्न ठूलो संघर्ष गरिरहेका छन् । चिहानका एक कामदारले भनेका हुन्, “मैले आजसम्म यत्तिको दुःखद् अवस्था कहिल्यै देखेको थिइनँ । यहाँ शवहरु सिधै गाड्ने काम मात्र भइरहेको छ र कुनै पूजा वा दाह संस्कारको काम गरिएको छैन ।”
इरानको कशन शहरमा एक स्वास्थ्यकर्मीले बताएअनुसार त्यहाँ अहिले कोरोनाबाट भएका मृत्युहरुलाई ह्दयघात र फोक्सोको संक्रमणका  भनेर वास्तविकता लुकाउने प्रयास भइरहेको छ । उनले भने, “सरकारी अधिकारीहरुले मृत्युको तथ्याङ्क लुकाइरहेका छन् । मैले पछिल्ला केही दिनहरुमा दर्जनौँ शव देखेको छु तर यसबारे उनीहरुले हामीलाई कुनै कुरा नगर्न भनेका छन् । ” 

Global Ime bank

अर्कोतर्फ इरानी अधिकारीहरुले चाहिँ कुनै डाटा नलुकाइएको दाबी गरिरहेका छन् भने राष्ट्रपति हसन रोहानीले पनि मार्च १८ को वक्तव्यमा सरकार आफ्नो देशप्रति इमान्दार र स्पष्ट रहेको बताएका हुन् । 

दक्षिण कोरिया, चीन लगायत ९० भन्दा धेरै मृत्यु भएका राष्ट्रहरुमा सरकारले अहिले कुनै दाह संस्कारको कार्यक्रम नराख्न र केबल शव व्यवस्थित गर्नमा मात्र केन्द्रित रहन निर्देशन दिएको छ । त्यसैले मृतकका आफन्तहरुसँग अहिले शोक मनाउने ठाउँ पनि नभएको बताइएको हो । यो संकटको घडीमा पूरै विश्व अदृश्य शत्रुसँगको युद्ध लडिरहेको जस्तो महसुस गरिरहेको इटलीमा चिहानका एक कर्मचारीले बताएका हुन् । रोयटर्स बाट
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  ०३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC