site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पाकिस्तानमा तीन पत्रकारलाई कोरोना संक्रमण
Sarbottam CementSarbottam Cement

इस्लामाबाद । पाकिस्तानमा तीनजना पत्रकारलाई नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमण भएको छ ।

पाकिस्तानका दुई निजी सञ्‍चारमाध्यमका तीनजना पत्रकारलाई कोरोना संक्रमण भएको पाकिस्तान टुडेले जनाएको छ । उनीहरुको नाम भने गोप्य राखिएको जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरु पाकिस्तानको लाहोरमा रहेर काम गर्थे । 

टीभी च्यानलका कार्यकारी निर्देशक मोहसिन नाकभीले भनेका छन्, "हामीले थप अरु पत्रकारहरुलाई अनुसन्धान गरिहरेका छौं । उनीहरुलाई पनि व्‍यक्तिगत रुपमा परीक्षण गरी क्वारेन्टाइनमा पठाइसकेका छौं । हामी यसबारेमा तयारीका साथ लागेका छौ ।"

Global Ime bank

यसका साथै उनले पत्रकारहरुको लागि आवश्यक स्वास्थ्य सुरक्षाका सामग्रीहरु अभाव रहेको बताएका छन् ।

यस्तै पाकिस्तान पत्रकार महासंघका अध्‍यक्ष सिद्धिकी अन्जरले भनेका छन्, "प्राय: अधिकांश संवाददाताहरु अस्पतालबाट बिना सेफ्टी किट नै समाचारहरु सम्प्रेषण गरिरहेका छन् । हामीले सरकारसँग उनीहरुको उपचारको जिम्‍मेवारी लिन आग्रह गरेका छौं ।"
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  २१:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC