site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बिस्तारै बाहिर निस्कदै छन् बेइजिङवासी
Ghorahi CementGhorahi Cement

बीबीसी । “यसअघि अवस्था निकै गम्भीर थियो त्यसैले हामी घर बाहिर निस्कन डराएका थियौँ । तर अहिले संक्रमितहरुको संङ्ख्या कम भएको छ र केबल बाहिरबाट मात्र आउनेमा मात्र भेटिएको छ,” बेइजिङस्थित बाहिर घुम्न निस्किएकी एक महिला नागरिक भन्छिन् । 

उनलाई तपाईँले कति समयपछि पार्कमा हिँडडुल गर्नभएको भनेर प्रश्न गर्दा, उनले घर भित्र बसेको दुई महिना भएको बताएकी हुन् । 

Agni Group

यसरी कोरोना विरुद्ध महिनौँको लडाईँपछि अन्त्यमा चिनियाँहरु बाहिर निस्कन सक्ने अवस्थामा पुगेका हुन् । तर अझैपनि पार्कमा प्रवेश गर्न अनिवार्य रपमा मास्क लगाउनैपर्ने हुन्छ । 

उता विश्वका अन्य क्षेत्रहरु अहिले मात्र कोरोना भाइरसलाई लिएर आपत्कालीन अवस्था अपनाइरहँदा चीन भने दुई महिनादेखि भित्रै बसेर यससँगको लडाईँ पार गरेको हो । यस्तोमा मौसम पनि राम्रो हुँदै जानुले उनीहरुलाई अवस्थामा थप सुधार आउँदै जाने आशा जागेको चीनमा रहेका बीबीसीका संचारकर्मी स्टेफेन मेकडोनेल बताउँछन् । जनताहरु अहिले सबै नियन्त्रणमा छ भन्नेमा ढुक्क भएकै कारण दिनदिनै धेरै सङ्ख्यामा बाहिर निस्किरहेका छन् । सबैले अहिले बाहिर पनि सुरक्षित महसुस गर्न थालिसकेका छन् । 

Global Ime bank

घुम्न निस्किएका एक परिवारलाई उनले अहिलेको अवस्था ठी लागिरहेको छ कि डरलाग्दै छ भनेर प्रश्न गरेका हुन् । जसको जवाफमा उनीहरुले अवस्था नियन्त्रणमा रहेकाले नै आफूहरु बाहिर निस्कन सकेको बताएका हुन् । लामो समयपछि बाहिर आउँदा हावा पनि स्वच्छ र ताजा जस्तो महसुस भएको अर्का एक नागरिकले बताए । बाहिर निस्कनुले घरमा भन्दा पक्कै पनि राम्रो महसुस गराउने उनले बताइन् । तर अझैपनि सबै सचेत रहेर सावधानी अपनाउन छाड्न नहुने उनीहरुले बताएका छन् । 

यसरी सुरुवातमा धेरैमा सरकारले रोग सम्बन्धी र वास्तविक तथ्याङ्क नखुलाएको शंका रहेपनि अहिले भने सबैमा यो संकटको घडीबाट केबल सरकारले नै पार लगाउन सक्ने विश्वास जागेको उी बताउँछन् ।  

छोरासँग घुम्न निस्किएका अर्का एक व्यक्तिले भनेका छन्, “मलाई अत्यन्तै सकारात्मक महसुस भइरहेको छ । किनकी चीनले यसलाई वास्तवमै नियन्त्रणमा लिइसकेको छ । ” एक साना बालकले पनि आफूलाई घरभित्र भन्दा बाहिर रमाइलो लाग्ने गरेको बताएका हुन् । बेइजिङले महामारी भरि कठोर नीति अपनाएकाले नै अहिले सबै जनता कोरोनाको प्रकोप चाँडै अन्त्य  हुन सक्नेमा विश्वस्त छन् । यसरी चीनका १.३ अर्ब जनता सबै ठीक हुनेछ भन्ने आशा गरिरहेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  ०५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC