अर्थ व्यवसाय
काठमाडौं । नेपाल आयल निगम प्रदेश २ कार्यालयले ग्यास बुलेट चालक तथा सहचालकलाई खानाको प्रबन्ध मिलाएको छ । रक्सौल भन्सारदेखि काठमाडौंलगायत विभिन्न क्षेत्रमा ग्यास ढुवानी गर्ने बुलेट कर्मचारीलाई निगमले यस्तो व्यवस्था मिलाएको हो ।
राजमार्गमा भोजनालय तथा होटल बन्द भएपछि बुुलेट कर्मचारीले खाना खानै नपाएपछि प्रादेशिक कार्यालयले यस्तो व्यवस्था गरेको अमलेखगन्जस्थित निगम प्रादेशिक कार्यालय प्रमुख भरत रेग्मीले जानकारी दिए ।
बुलेट कर्मचारीका लागि अमलेखगन्जमा खानाको व्यवस्था छ । कार्यालयले बुलेट कर्मचारीलाई उप–प्रबन्धक रामकृष्ण श्रेष्ठलाई सम्पर्क आग्रह गरेको छ ।
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६ २०:४६
प्रतिक्रिया दिनुहोस्