नेपाल चेम्बर अफ कमर्सद्वारा ५० हजार मास्क प्रदान

नेपाल चेम्बर अफ कमर्सद्वारा ५० हजार मास्क प्रदान

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ५० हजार थान मास्क प्रदान गरेको छ । 

चेम्बर उपाध्यक्ष दीपक मल्होत्रासहितको टिमले बुधबार स्वास्थ्य सेवा विभागलाई ५० हजार थान मास्क उपलब्ध गराएको हो । चेम्बरले भोलि देशका विभिन्न अस्पताललाई दिन एक लाख मास्क विभिन्न जिल्लामा पठाउने जनाएको छ । 

चेम्बरको अगुवाइमा व्यवसायी मल्होत्राले नेपालमै मास्क उत्पादन गरिरहेका छन् । 

प्रतिकृया दिनुहोस
ad