site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
काबुल गुरूद्वारामा भएको हमलामा २५ जनाको मृत्यु 
Sarbottam CementSarbottam Cement

काबुल । काबुलको गुरुद्वारामा बुधबार भएको आक्रमणमा २५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । बन्धुकधारीहरुले मानिसहरु पूजा गर्ने समयमा अन्धाधुन्द आक्रमण गरेका थिए । 

अफगानी सुरक्षा फौजले गरेको जवाफी आक्रमणमा बन्दुधारधीको मृत्यु भएको छ । बन्दुकधारी र अफगानी सुरक्षा फौजबीच करिब एक घण्टा लामो गोली हानाहान भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

आक्रमणको जिम्मा आईएसआईएल विद्रोही समूहले लिएको छ । यसअघि तालिबानी लडाकु समूहले आक्रमणमा आफ्नो कुनै संलग्‍नता नभएको बताएको थियो । 

बुधबार साँझ अफगानी गृहमन्त्रालयका प्रवक्ता तारिक एरिअनले पत्रकारसँग भने, "अफगानी सुरक्षा फौजले स्थिति नियन्त्रणमा लिइसकेको छ भने सबै आक्रमणकारीहरु मारिएका छन् ।" 

Global Ime bank

सुरक्षा फौजले अहिले यस क्षेत्रमा घेरा हालेको छ । आक्रमणमा मारिनेहरुको शव काबुल अस्पतालमा ल्याएको छ । - अलजजिरा

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC