site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
अमेरिकी अर्थव्यवस्थालाई संकटबाट जोगाउन दुई खर्बबराबरको राहत प्याकेजमा सहमति
Sarbottam CementSarbottam Cement

वासिङ्‌टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सिनेटबीच एक खर्ब ८० अर्ब अमेरिकी डलर बराबरको ठूलो आर्थिक राहत प्याकेजमा सहमति भएको छ । राहत प्याकेजमार्फत कोरोना भाइरसको संकटबाट प्रभावित भएका उद्योगहरुलाई जमानत स्वरुप रकम उपलब्ध गराइने भएको छ ।

रिपब्लिकन बहुमत भएको माथिल्लो सदनमा नेता मिच म्याकोनेलले यस राहत प्याकेजलाई 'युद्धको समयमा गरिने जति लगानी' का रुपमा व्याख्या गरेका छन् । उक्त राहत प्याकेजमा सम्झौता हुने अपेक्षासहित मंगलबार अमेरिकी बजार उकालो लागेको थियो । यसको प्रभाव बुधबार युरोपियन एसियन सेयरमा समेत देखिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

वाल स्ट्रिटमा डो जोन्समा मंगलबार ११ दशमलव ४ प्रतिशतले वृद्धि भएको थियो । अमेरिकामा आपतकाल घोषणापछि एकदिनमा भएको वृद्धिको यो ठूलो उपलब्धि हो । 

सम्झौताको पूर्ण पाठ भने अहिले सार्वजनिक गरिएको छैन । यद्पि, भाइरसका कारण विभिन्‍न बिलहरु तिर्न बाँकी रहेकाहरुलाई सहयोग उपलब्ध गराइने, बेरोजगारहरुलाई २५० बिलियन अमेरिकी डलर बराबरको सहायता गर्ने र साना व्यवसायीहरुलाई २३० बिलियन बराबरको आपतकालीन ऋण उपलब्ध गराइने अपेक्षा गरिएको छ । 

Global Ime bank

म्याकोनेलले औधोगिक क्षेत्रहरुको स्थायित्व गर्ने र अस्पता तथा अन्य स्वास्थ्य सेवा प्रदायकहरुलाई रकम उपलब्ध गराइने बताएका छन् । उनले उक्त विधेयक आजै संसदबाट पारित गर्नेसमेत बताइएको छ ।

डेमोक्रेटिक नेता चुक चुम्बरले 'अमेरिकी इतिहासकै सबभन्दा ठूलो राहत प्याकेज' भएको बताएका छन् । यो अस्पतालहरुका लागि 'मार्शल प्लान' भएको बताउँदै भने, "सहयोगको बाटो खुल्यो, ठूलो सहयोग र तत्काल गरिने सहयोग ।" - बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC