site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
अमेरिकालाई दक्षिण कोरियाले 'टेस्ट किट' सहयोग गर्ने
Sarbottam CementSarbottam Cement

सिओल । दक्षिण कोरियाले अमेरिकालाई कोरोना 'टेस्ट किट' सहयोग गर्ने भएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ-इनले अमेरिकाले टेस्ट किट सहयोग गर्न आग्रह गरेको बताएका छन् ।

कोभिड-१९ टेस्ट किट सप्लायर भएको ठाउँमा अवलोकन गर्दै राष्ट्रपति मुनले भने, "अमेरिकाले टेस्ट किट सहयोगका लागि आग्रह गरेको छ ।" 

Prabhu Bank
Agni Group
NIC Asia

उनले विश्वभर आवश्यक परेका ठाउँमा टेस्ट किट निर्यात गर्न तयार भएको बताए । उनले भने, "हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल टेस्ट किट उपलब्ध गराउने प्रबन्ध मिलाउन र क्‍वारेन्टाइनका सामग्री पठाइदिन आग्रह गर्नुभएको छ ।" 
राष्ट्रपति कार्यालयले दक्षिण कोरियाली नेता अमेरिकालाई आवश्यक सामग्री पठाउन तयार भएको प्रतिक्रिया दिएको विज्ञप्तमार्फत् जनाएको छ । 

अमेरिकामा हाल संक्रमणको दर निकै तीव्ररुपमा वृद्धि भइरकेको छ । मंगलबारमात्रै अमेरिकामा कोरोना नौ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् भने करिब ८०० को मृत्यु भएको छ । हाल अमेरिकामा कोरोना संक्रमितको संख्या ५५ हजारभन्दा बढी पुगेको छ । 

Global Ime bank

दक्षिण कोरियामा पनि फेब्रुअरी सुरुआतमा निकै तीव्र बढे पनि प्रविधि र उच्च पूर्वासावधानीका कारण संक्रमणको फैलावटलाई नियन्त्रणमा ल्याएको छ । हाल दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या करिब १० हजार पुगेको छ भने १२६ जनाको मृत्यु भएको  छ। - बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १४:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC