Skip Advt.

‘अब रिङ ब्याक टोनमा लकडाउनको सूचना राखौं’

‘अब रिङ ब्याक टोनमा लकडाउनको सूचना राखौं’

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाल टेलिकम र एनसेलको रिङ ब्याक टोनको सूचना बदल्नुपर्ने बताएका छन् ।

जनचेतनाका लागि अत्यन्त प्रभावकारी मानिएको रिङ ब्याक टोन अब बदल्नुपर्ने बेला आएको उनले ट्‍विटरमा लेखेका छन् ।

सरकारले लागु गरेको लकडाउन पूर्ण रुपमा कार्यान्वयन भएको छैन,संक्रमण नियन्त्रण गर्न  योजस्तो प्रभावकारी अर्को उपाय छैन यसबारे टेलिकमलगायत एफएम, टेलिभिजन, अनलाइन मिडिया, पत्रपत्रिकामार्फत् सबैलाई सूचना प्रवाह गर्न लगाउनु उत्तम हुने पौडेलले बताएका हुन् ।

उनले लकडाउनमा के गर्न पाइन्छ के पाइँदैन त्यो पनि सूचना गर्नुपर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस
ad