site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
चेम्बरले एक लाख ५० हजार मास्क दिँदै, मेडिकल इक्युपमेन्ट चीनबाट ल्याउने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सरकार एवं विभिन्न अस्पताललाई १ लाख ५० हजार मास्क दिने भएको छ । चेम्बरको अगुवाइमा व्यवसायी दीपक मल्होत्राले नेपालमै मास्क उत्पादन गरिरहेका छन् । चेम्बरले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५० हजार मास्क दिँदै छ । 

यस्तै देशभरका विभिन्न अस्पताललाई एक लाख मास्क वितरण गर्न लागेको चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । “मन्त्रालयलाई आज ५० हजार मास्क दिन्छौं,” उनले भने, “जिल्लाका विभिन्न अस्पताललाई पनि मास्क दिन हाम्रा सदस्य संस्थाहरूलाई पनि एक लाख मास्क पठाउँदै छौं ।” चेम्बरले आफ्ना जिल्ला शाखाहरूबाट तत्तत् जिल्ला अस्पताललाई मास्क वितरण गर्ने उनले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

चीनबाट मेडिकल इक्युपमेन्ट र खाद्यान्न ल्याइँदै 
चीनबाट मेडिकल इक्युपमेन्ट र खाद्यान्न कार्गो गरेर ल्याउने तयारी पनि चेम्बरले गरेको छ । अध्यक्ष श्रेष्ठले चीनको ग्वान्जाओबाट चिकित्कसका लागि आवश्यक गाउन, गनलगायत मेडिकल इक्युपपेन्ट खरिद प्रक्रिया सुरु गरिसकेको बताए । 

उनले ल्हासाबाट खाद्यान्नलगायत अत्यावश्यक सामग्री ल्याउन दिन केरुड नाका खोल्ने व्यवस्थाका लागि सरकारसँग कुरा भएको पनि बताए । “चीनबाट कार्गो गरेर खाद्यान्न एवं कोरोना उपचारका लागि प्रयोग हुने सामग्री ल्याउने तयारी चेम्बरले गरेको छ,” उनले भने, “यसका लागि सरकारसँग छलफल भइसकेको छ र सामान खरिद प्रक्रिया पनि अगाडि बढिसकेको छ ।”

Global Ime bank

चेम्बरले अत्यावश्यक सामान, खाद्यान्न, मेडिकल इक्युपमेन्ट ल्याउन मात्रा केरुड नाका खोल्न सरकारसँग आग्रह गरेको जनाएको छ । अध्यक्षले श्रेष्ठले खाद्यान्नलगायत अत्यावश्यक वस्तु भारत र चीनको नाकाबाट पनि ल्याउने गरी नाका खोल्न सरकारलाई आग्रह गरेको बताए । “सरकारसँगको छलफलपछि हामीले सामान खरिद प्रक्रियामा पनि सुरु गरिसकेका छौं,” उनले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC